अमेरिकाका एघारौँ राष्ट्रपतिको नाउँ हो— जेम्स नक्स पोल्क
। तिनले ख्रीष्टाब्द १८४५–१८४९ सम्म
राष्ट्रपतिको रूपमा रहेर सेवा गरे । तिनी आफ्नो जीवनको आखिरी घडीसम्म
उक्त पदमा थिए । ३ मार्च १८४९ को रात थियो जुन बेला तिनी अफिसबाहिर थिए । भोलीपल्ट
तिनका उत्तराधिकारी जकरी टेलरलाई राष्ट्रपतिमा नियुक्त गर्ने तालिका रहेको थियो तर
त्यो दिन आइतबार अर्थात् मण्डली जाने दिन परेकोले जकरीले शपथ लिन मानेनन् । तिनले
भने, “मण्डली जानु संयुक्त
राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो ।” तिनको नियुक्तीलाई सोमबार अर्थात् मार्च ५ सम्म
स्थगित गरियो । त्यसैले, एक दिनको लागि
डेभिड राइसलाई कार्यकारी राष्ट्रपति बनाइयो ।
अमेरिकाका बार्हौँ राष्ट्रपति जकरी टेलर
ख्रीष्टाब्द १८४९ देखि १९५० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म राष्ट्रपति पदमा रहे
।
के अमेरिकाको राष्ट्रपति
हुनुभन्दा अर्को कुनै प्राथमिक कुरो छ होला र ?
जकरीको लागि थियो— सङ्गतीको लागि
मण्डलीमा जानु ।