तपाईंको नाउँ ?
कमल अधिकारी ।
यो अन्तर्वार्ता
तपाईंको पढ्ने आदतसित सम्बन्धित छ भन्नेबारे के तपाईं सचेत हुनुहुन्छ ?
हजुर ।
दैनिक पढ्ने
आदतलाई कहिलेदेखि सुरु गर्नुभयो ?
सेप्टेम्बर ३,
२०१५ बाट ।
यसको अर्थ,
आज एक वर्ष पुरा गरी
दोस्रो वर्षमा प्रवेश गर्नुभयो ?
हो ।
के तपाईंले एक
दिन पनि नबिराई ३६५ दिन नै पढ्नुभयो ?
हजुर, एक दिन पनि बिराइनँ ।
एक वर्षमा
जम्माजम्मी कति ओटा किताब पढ्नुभयो ?
मैले एक वर्षमा
२७ ओटा किताब पढेछु ।
तीमध्ये कुनै
एउटालाई सर्वोत्तम भनेर छान्नुपर्यो भने कुनलाई छान्नुहुन्छ ?
Norman L. Geisler and Frank Turek
द्वारा लिखित
पुस्तक I
Don't Have Enough Faith to Be an Atheist
तपाईंको नियमित
पढाइको लागि दिनमा कति समय खर्चनुहुन्थ्यो ?
लगभग आधा घन्टा ।
यसको अर्थ,
वर्षमा तपाईंले लगभग १८२
घन्टा पढाइको लागि खर्चनुभयो, हो ?
लगभग त्यस्तै हुन
आउँछ ।
किन पढ्नुहुन्छ ?
सिक्न र सिकाउन ।
यस आदतबाट के
सिक्नुभयो जस्तो लाग्छ ?
पढ्नको लागि
दैनिक ३० मिनेट छुट्टयाउनुभयो भने मलाई लाग्छ, कि तपाईं आफूले पढ्नुभएको विषयमा दक्ष बन्नुहुनेछ ।
पढ्ने आदत भएका
मानिसहरूलाई के सल्लाह दिनुहुन्छ ?
त्यसलाई
निरन्तरता दिनुस् ।
नपढ्ने आदत भएका
मानिसहरूलाई के सल्लाह दिनुहुन्छ ?
पढ्ने आदत
बसाल्नुस् ।