menu bar

Monday, February 9, 2015

रक्षाशास्त्र [अपोलोजेटिक्स] को विषयमा १० ओटा भनाइहरू (भाग १)



आफ्नो मालिकमाथि आक्रमण हुँदा कुकुर भुक्छ । परमेश्वरको सत्यतामाथि आक्रमण हुँदा पनि म मौन रहन्छु भने म डरपोक हुनेछु ।
जोन काल्भिन, प्रभावशाली ईश्वरशास्त्रीसाथै पास्टर

यदि ख्रीष्टियमत झुटो छ भने यसको कुनै महत्त्व छैन र यो साँचो छ भने यो असीमित रूपमा महत्त्वपूर्ण छ । यो अलि–अलि महत्त्वको भने हुन सक्दैन ।
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

ख्रीष्टियानहरूले जे विश्वास गर्छन् त्यसको लागि मजबुत साक्षी उपलब्ध गराउन र गैरविश्वासीहरूका प्रश्नसाथै अवरोधहरूका लागि असल उत्तरहरू उपलब्ध गराउनलाई ख्रीष्टियानहरूलाई तालिम दिइने हो भने तिनीहरूको पहिचान बिस्तारै परिवर्तन हुनेथियो । ख्रीष्टियानहरूलाई भावनात्मक धर्मान्ध या जोकरहरूको रूपमा हेरिनुको साटो गम्भीर रूपमा विचार गरिनुपर्ने चिन्तनशील मानिसहरूको रूपमा लिइन्थ्यो । सुसमाचार मानिसहरूले अङ्गाल्नुपर्ने वास्तविक विकल्प हुनेथियो ।
विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक
  
यदि बाइबल परमेश्वरको प्रेरणा पाएको वचन होइन भने सारा ख्रीष्टियान जगत् १,८०० वर्षसम्म विशाल भ्रममा छ; आधा मानव–जाति ठगिएका छन् र मण्डलीहरू मूर्खताका स्मारकहरू हुन् । यदि बाइबल परमेश्वरको प्रेरणा पाएको वचन हो भने यसलाई विश्वास गर्न इन्कार गर्नेहरू सबै नै डरलाग्दो खतरामा छन्; तिनीहरू अनन्त दुर्दशाको तटमा जिउँदै छन् । यो पुरै विषयको लागि ज्यादै गम्भीर ध्यानको खाँचो पर्छ भनी देख्नबाट कुनै पनि शिष्ट व्यक्ति चुक्न सक्दैन ।
जे. सी. राएल, बिशपसाथै लेखक

सत्यता यो हो कि विश्वासको लागि रक्षाशास्त्र [अपोलोजेटिक्स] को खाँचो पर्छ । एकातिर यसले पुनरुत्थानको विरुद्धमा भएका नकारात्मक तर्कहरूको उत्तर दिनुपर्छ भने अर्कोतिर यसको पक्षमा सकारात्मक तर्कहरूको निर्माण गर्नुपर्छ । रक्षाशास्त्रले विश्वासको निर्माण गर्दैन तर सायद केहीलाई यसले पुनरुत्थानको लागि मार्ग प्रशस्त गर्छ । मेरो विचारमा विशुद्ध ख्रीष्टियान विश्वासको विनाशपूर्ण कुरो रक्षाशास्त्र होइन तर आधारहीन विश्वास र अपुष्ट प्रतिबद्धताहरू हुन् । कमजोर तर्कहरू विश्वाससका अबौद्धिक छलाङहरू हुन् । त्यस्ता कुराहरूको थुप्रोबाट ख्रीष्टियान विश्वासलाई जोगाउनु नै रक्षाशास्त्रको लक्ष्य हो ।
स्टिफेन टी. डेभिस

रक्षाशास्त्रले कसैलाई उद्धार दिलाउँछ भनी रक्षाशास्त्रीहरू विश्वास गर्दैनन् । यसले केवल साक्षीलाई उपलब्ध गराउने काम गर्छ जसको प्रकाशमा मानिसहरूले तर्कसङ्गत निर्णयहरू लिन सक्छन् । यसले ख्रीष्टियमत साँचो हो भन्ने साक्षीलाई मात्र उपलब्ध गराउँछ । उद्धार पाउनका लागि अझै पनि एउटा व्यक्तिले आफ्नो विश्वास ख्रीष्टमाथि राख्नैपर्छ । रक्षाशास्त्रले “घोडा” लाई केवल पानी भएको ठाउँमा डोर्‍याउँछ । केवल पवित्र आत्माले उसलाई पिउनको लागि विश्वस्त पार्न सक्नुहुन्छ ।
नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री

जब हामीले रक्षाशास्त्रको काम गर्दछौँ हामीले येशूको चेलाको रूपमा यो काम गर्दछौँ र उहाँले गर्ने तरिकाअनुसार गर्दछौँ हामी । यसको अर्थ हुन्छ कि सर्वप्रथम त हामी मानिसहरूलाई मद्दत गर्न यो काम गर्दछौँ, खास गरी मद्दतको चाहना गर्नेहरूका लागि । रक्षाशास्त्र मद्दत गर्ने सेवा–कार्य हो ।
दल्लास विलार्ड, दार्शनिकसाथै लेखक

मान्छे जेसुकै भए तापनि ऊ अपवाद हो । यदि ऊ परमेश्वरको स्वरूप होइन भने ऊ धुलोको रोग हो । यदि ईश्वरीय प्राणीको पतन भएको होइन भने हामी यति मात्र भन्न सक्छौँ कि कुनै एउटा जनावर पूर्णत: बौलाएछ ।
जी. के. खेस्टर्टोन, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री  

चाहे त्यो सामान्य होस् या विशेष, सम्पूर्ण सत्यता प्रकाशद्वारा दिइएको छ र यसलाई कारणद्वारा स्वीकार गरिनुपर्छ । परमेश्वरले उहाँको संसार र उहाँको वचनमा उदाङ्गो पार्नुभएको सत्यतालाई पत्ता लगाउनका लागि परमेश्वरले दिनुभएको माध्यम हो, कारण । परमेश्वर सत्यतासहित ह्दयमा पुग्न चाहनुहुन्छ तर उहाँले समझलाई पाखा लगाउन भने चाहनुहुन्न ।
जोनाथन एडवार्डस्, प्रचारक, ईश्वरशास्त्रीसाथै दार्शनिक 

तपाईंको देशको बारेमा मानिसहरूले सोध्ने सामान्य प्रश्नहरूको लागि आफैलाई तयार पार्न बेवास्ता गरी के तपाईं आफ्नो देशको राजदूत भएको कल्पना गर्न सक्नुहुन्छ ? त्यो गैरजिम्मेवार हुनेछ । चाँडै नै तपाईंले आफ्नो जागिर गुमाउनुहुनेछ । हामी उहाँका राजदूतहरू हौँ भनी परमेश्वर भन्नुहुन्छ (२ कोरिन्थी ५:२०) । यस्तो हुनेछ भन्ने देखेकोले मेरो विचारमा हरेक ख्रीष्टियानले यस प्रश्नलाई मनन गर्नु महत्त्वपूर्ण हुन्छ: मानिसहरूले परमेश्वरको विषयमा सोध्ने सामान्य प्रश्नहरूको जवाफ दिन के म तयार छु ? बाइबल भरोसायोग्य छ भनेर म किन विश्वास गर्दछु भनी कसैलाई व्याख्या गर्न के म तयार छु ? हाम्रो विश्वासको रक्षा गर्न हामी तयार हुनुपर्छ भनी १ पत्रुस ३:१५ ले भन्छ । के तपाईं तयार हुनुहुन्छ ? दु:खसाथ भन्नुपर्छ कि धेरै ख्रीष्टियानहरूले परमेश्वर र बाइबलको सम्बन्धमा भएका प्रश्नहरूको जवाफ दिनका लागि आफैलाई तयार पार्न वर्षभरिमा तिनीहरूले बिताउने समयभन्दा तिनीहरूले हप्तामा टी. भी. हेर्न बढी समय बिताउँछन् । विश्वासको रक्षा गर्ने काम पास्टरको हातमा नछाड्नुस् । मण्डलीलाई सन्तहरूको सेनाको खाँचो छ जसले सत्यतालाई चित्त बुझाउने गरी र अनुग्रहपूर्वक स्पष्टसँग व्यक्त गर्न सक्छन् । हामीलाई विश्वासको रक्षा गर्न बोलाइएको छ (यहूदा ३) ।

चार्ली क्याम्पबेल

Leave Your Comments Here.