menu bar

Monday, September 14, 2015

येशूको मृत्युबारे १२ ओटा भनाइहरू (भाग २)



ख्रीष्ट स्वैच्छापूर्वक क्रूसमा जानुभयो तर हाम्रा पापले उहाँलाई त्यहाँ लगेका थिए ।
फ्रान्कलिन ग्राहाम, सुसमाचार प्रचारकसाथै मिसनरी 

ख्रीष्टियान समुदाय क्रूसको समुदाय हो किनकि क्रूसद्वारा नै यसलाई अस्तित्वमा ल्याइएको छ र यसको आराधनाको केन्द्रबिन्दु एक पटक मारिनुभएका थुमा हुनुहुन्छ जो अहिले महिमित हुनुहुन्छ ।
जोन स्टट, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक 

हामी शक्तिविहीन हुँदा हामीले केवल ख्रीष्टको क्रूसमा शक्ति पाउँछौँ । हामी कमजोर हुँदा हामीले सामथ्र्य पाउँछौँ । हाम्रो अवस्था आशाविहीन हुँदा हामीले आशाको अनुभव गर्छौं । हाम्रा बेचैन ह्दयका लागि केवल क्रूसमा शान्ति पाइन्छ ।
मिखाएल योसेफ 

यदि हामी हामीप्रति भएको परमेश्वरको प्रेमको प्रमाण चाहन्छौँ भने हामीले पहिले क्रूसमा हेर्नुपर्छ जहाँ परमेश्वरले हाम्रा पापका निम्ति आफ्ना पुत्रलाई बलिदानको रूपमा अर्पण गर्नुभयो । कलवरी हाम्रा निम्ति परमेश्वरको प्रेमको वास्तविक, पूर्ण, अखण्डनीय प्रमाण हो ।
जेरी ब्रिज, ख्रीष्टियान लेखकसाथै वक्ता   

“हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” भन्ने क्रूसमा व्यक्त उहाँको शोकाकुल वेदनाले पापीहरूप्रति भएको परमेश्वरको ह्दयलाई झल्काउँछ ।
जोन आर. राइस, सुसमाचार प्रचारक, पास्टरसाथै सम्पादक 

क्रूस संसारको इतिहासको केन्द्रबिन्दु हो । ख्रीष्टको अवतार र हाम्रा प्रभुको क्रूसारोहण यस्ता वृत्ताकार धुरी हुन् जसका वरिपरि सबै युगका घटनाहरू घुम्छन् । ख्रीष्टको गवाही अगमवाणीको आत्मा थियो र येशूको बढ्दो शक्ति इतिहासको आत्मा हो ।
अलेक्ज्यान्डर म्याकफर्लेन, ख्रीष्टियान सेवक 

परमेश्वरले आफ्नो प्रेम क्रूसमा प्रमाणित गर्नुभयो । ख्रीष्ट झुण्ड्याइनुहुँदा, उहाँले रगत बगाउनुहुँदा र उहाँ मर्नुहुँदा उहाँले संसारलाई भन्दै हुनुहुन्थ्यो, “म तिमीलाई माया गर्दछु ।”
बिल्ली ग्राहाम, सर्वश्रेष्ठ प्रचारक

मैले ठुला–ठुला भिडहरूलाई प्रचार गरेकोले वा धेरै पटक बाइबल पढेकोले म स्वर्ग जाँदिनँ । क्रूसमा आखिरी घडीमा “हे येशू, ... मलाई सम्झनुहोस्” भन्ने डाँकुजस्तै गरी म स्वर्ग जाँदै छु ।
बिल्ली ग्राहाम, सर्वश्रेष्ठ प्रचारक

हामी साहसपूर्वक परमेश्वरको सिंहासनमा जान सक्छौँ किनकि क्रूसमा येशूले हाम्रो निम्ति जे गर्नुभयो त्यसको शक्तिमा हामी निर्धक्क छौँ ।
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 

क्रूसलाई सहनु दुर्भाग्य होइन; यो त्यो दु:खकष्ट हो जुन येशू ख्रीष्टप्रतिको एक मात्र बफादारीको फल हो ।
डाइट्रिच बोनहफर, पास्टरसाथै ईश्वरशास्त्री

क्रूसमा परमेश्वरले संसारका पापका निम्ति येशूलाई दण्ड दिँदै हुनुहुन्थ्यो । परमेश्वरको न्यायको लागि पापीहरूलाई दण्ड दिनु आवश्यक थियो र उहाँको अवर्णनीय प्रेममा उहाँ आफैले क्रूसारोहण हुनुभएका उहाँका पुत्रमा मूल्य चुकाउनुभयो ।
लेविस बी. स्मेडेस, लेखक, नीतिज्ञसाथै ईश्वरशास्त्री

हामीले प्रशस्तताको जीवन पाउन सकौँ भनेर येशूले हाम्रा लागि उत्कृष्ट मूल्य चुकाउनुभयो । उहाँले हाम्रा सबै पाप स्वैच्छापूर्वक आफैमा लिनुभयो र क्रूसमा आफ्नो जीवन अर्पण गर्नुभयो ताकि हामीलाई क्षमा मिल्न सकोस् र हामीले उहाँमा नयाँ जीवन पाउन सकौँ ।
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता 






Leave Your Comments Here.