menu bar

Wednesday, September 30, 2015

अल्बानियाको कम्युनिस्ट संसद् भवनमा येशूको फिल्म देखाइयो



युरोपको दक्षिण पूर्वमा पर्ने एउटा राष्ट्रको नाउँ हो, अल्बानिया । ख्रीष्टाब्द १९२० मा तिराना यस मुलुकको राजधानी बनेको थियो । हालसम्म राजधानीकै रूपमा चिनिएको यो सहर मुलुककै सर्वाधिक ठुलो सहर हो । राजधानीमा भएको संसद् भवन कम्युनिस्ट शासनकालको अन्त्यतिर निर्माण गरिएको थियो । नास्तिकवादी साम्यवादको लागि यो एउटा श्रद्धापूर्ण भवन थियो ।

तर बिसौँ शताब्दीको अन्त्यतिर यस भवनभित्र जुन दृश्य देखा पर्‍यो त्यसले पक्कै पनि कैयौँको ध्यान खिचेको हुनुपर्छ । त्यहाँ येशूको फिल्म देखाइएको थियो । येशूको फिल्म प्रोजेक्ट एउटा इभान्जलिकल संस्था हो जसलाई क्याम्पस क्रुसेड फर क्राइस्ट नामक अन्तर्राष्ट्रिय संस्थाले ख्रीष्टाब्द १९८१ मा स्थापना गरेको थियो ।

अनुमानित २,००० मानिसहरूको भिडमा सरकारका उच्च ओहोदाका अधिकारीहरू पनि दर्शक बनेर आएका थिए, येशूको फिल्म हेर्न । त्यो प्रदर्शन यति शक्तिशाली साबित हुन पुग्यो कि ७०० भन्दा बेसी मानिसहरूले प्रभु येशूमाथि विश्वास गरेको सङ्केत दिए । फिल्म सकिएपछि सरकारद्वारा नियन्त्रित अल्बानियाको फिल्म इन्डस्ट्रिका प्रमुखले प्रतिक्रिय दिए, “यो एक पटक साम्यवादको मन्दिर थियो तर यसलाई अहिले पवित्र परमेश्वरको मन्दिरको रूपमा प्रयोग गरिँदै छ ।”    

Leave Your Comments Here.