menu bar

Saturday, October 3, 2015

के येशू कहिल्यै पुनरुत्थानपश्चात् १२ जनाकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:५) ?



१ कोरिन्थी १५:५–८ मा प्रेरित पावलले पुनरुत्थानपश्चात् विभिन्न मानिसहरूकहाँ येशूका प्रकटीकरणहरूलाई उल्लेख गर्ने क्रममा पद ५ मा तिनी लेख्छन् कि येशू पुनरुत्थान हुनुभएपछि “बार्‍है जनाकहाँ देखा पर्नुभयो ।” तर हामीलाई प्रस्ट रूपमा थाहा छ कि येशूका १२ जना चेलामध्ये यहूदा इस्करियोतले येशूको क्रूसारोहणअगि नै झुण्डेर आत्महत्या गर्‍यो (मत्ती २७:५) । यो पनि सुस्पष्ट छ कि यहूदा इस्करियोतको सट्टामा मतियासको नियुक्ति येशूको स्वर्गारोहणपश्चात् मात्र भएको थियो (प्रेरित १:२६) । येशूको क्रूसारोहण र स्वर्गारोहणबिच भएको ४० दिनको अवधिमा केवल ११ जना चेलाहरू थिए, १२ जना होइन । तब कसरी येशू “बार्‍है जना” कहाँ देखा पर्न सक्नुहुन्छ ?

आफ्नो लेखाइमा पावलले भुल गरे भन्ने अवधारणा पूर्णत: वाहियात छ । त्यसो भए, पुनरुत्थानपश्चात् येशू “बार्‍है जनाकहाँ देखा पर्नुभयो” भन्ने भनाइको अर्थ के त ? यस समस्याको सामान्य समाधान यही हो कि पावलद्वारा अभिलिखित शब्द “बार्‍है” ले अक्षरश: सङ्ख्या १२ लाई उल्लेख नगरी यसले चेलाहरूको सेवाको ओहोदालाई उल्लेख गर्दछ । यो चेलाहरूको समाजलाई उल्लेख गर्ने शब्द थियो । तिनीहरू सङ्ख्यामा जम्माजम्मी ११ जना भए तापनि १२ तिनीहरूको ओहोदा भएकोले एक जनाको अनुपस्थिति हुँदा पनि तिनीहरूको जमातलाई “बार्‍है” भनिएको हो । नयाँ करार (यूहन्ना ६:६७,७०; प्रेरित ६:२) साथै आदि ख्रीष्टियान रचनाहरूमा प्रेरितहरूलाई प्रायश: “बार्‍है” भनी उल्लेख गरिएको पाइन्छ ।              

Leave Your Comments Here.