menu bar

Monday, August 29, 2016

यो एउटा असाधारण बाइबलको विषयमा भएको एउटा असाधारण कथा हो



लाइब्रेरी अफ कङ्ग्रेस अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित एउटा पुस्तकालय हो, जसमा लाखौँ पुस्तक छन् । तर त्यहाँ भएका पुस्तकहरूमध्ये सबैभन्दा सुन्दर पुस्तक १६ औँ शताब्दीमा एक जना सन्यासीले प्रतिलिपि गरेको बाइबल हो । अमेरिका वा युरोपमा भएको सबैभन्दा उत्तम किताब छाप्ने मेसिनले पनि यसको अतुलनीय सिद्धतालाई जित्न सक्दैन ।

,००० पृष्ठको यस बाइबललाई जर्मन भाषामा कालो मसीले लेखिएको छ । हरेक अक्षर सिद्ध छ, कतै पनि धब्बा वा केरमेट छैन । प्रत्येक पृष्ठमा दुई ओटा स्तम्भ छन् । यति होसियार र सतर्कतासाथ ती अक्षर र हरफहरू बिचको खाली ठाउँको रचना गरिएका छन्, कि ठुलो पार्ने उपकरणले हेर्दा पनि सानोभन्दा सानो अनियमितालाई पनि पत्ता लगाउन सकिँदैन । प्रत्येक अध्यायको सुरुआतमा पहिलो अक्षर निकै ठुलो छ, अर्थात् दुईदेखि तिन इन्चसम्म लामो । यसलाई रातो र कालो मसीले चम्किलो पारेको छ । त्यसपछि त्यस अध्यायमा वर्णित कुनै सन्त वा घटनालाई उक्त अक्षरभित्रका खाली ठाउँहरूमा चित्रमा उतारिएको छ ।

किँवदन्तीअनुसार घोर अपराध गर्ने एक जना जवान मानिस सन्यासी बने, अनि तिनले धर्मशास्त्रको प्रतिलिपि गर्ने निधो गरे, ताकि ईश्वरीय आज्ञाहरूका प्रत्येक अक्षरहरूलाई तिनले जान्न सकून् । कैयौँ वर्षसम्म यस गहन अनुशासनभित्र तिनले आफैलाई होमे, अनि हरेक अक्षरलाई प्रेम र आदरसहित लेखे । जब तिनले आखिरी अक्षरलाई लेखी सिद्धयाए (जति बेलासम्म तिनी वृद्ध भइसकेका थिए) तब त्यस पृष्ठलाई चुम्बन गरी तिनले आफ्नो काम फत्ते गरे ।

(नोट: यो रोचक प्रसङ्ग कमल अधिकारीको प्रेरक प्रसङ्गहरू नामक तेस्रो कृतिबाट साभार गरिएको हो ।)




Leave Your Comments Here.


Thursday, August 25, 2016

बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफैँ नै ख्रीष्टको चेला बने



ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रीष्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।

ओलसेन प्रतिभावान् डाक्टर थिए जसको जीवन विज्ञानमा ओतप्रोत भएको थियो । सृष्टिकर्ताको अस्तित्वको लागि कुनै स्वतन्त्र साक्षी छैन भन्ने तिनको ठम्याइ रहेको थियो ।  

ओलसेनकी पत्नीको नाउँ थियो, जोआन । पत्नी पनि सन्देहवादी नै थिइन् । तर जोआनका बुबा आमा भने भक्त ख्रीष्टियानहरू थिए । एक पटक ओलसेन आफ्नी पत्नीसँगै सासु ससुरालाई भेट्न गए । ओलसेनले चाहिँदो मात्रामा धार्मिक जानकारी पाए । एक रात निराश हुँदै तिनले ख्रीष्टियमतलाई जाँच्ने सहमति जनाए, “मेरो आशय पटक्कै वस्तुगत अध्ययन गर्नु थिएन । जसरी डाक्टरले सतहमा काट्छ, त्यसै गरी हामीले बाइबललाई काटी यसका लज्जित तुल्याउने वैज्ञानिक त्रुटिहरूलाई चिरफार गर्नु थियो ।

पति र पत्नी दुवैले बाइबलमा वैज्ञानिक भुलहरू खोज्न थाले, तर पाएनन्  । त्यसपछि एक जना विद्यार्थीले ओलसेनलाई मोर्डन साइन्स एन्ड क्रिस्चियन फेथ नामक पुस्तक दियो । उक्त पुस्तकमा परेश्वरलाई औँल्याउने साक्षीहरू पेस गरिएका थिए । पुस्तक पढेपछि ख्रीष्टियान विश्वासको लागि साक्षी रहेछ भनी पहिलो पटक पति पत्नीले महसुस गरे । तिनीहरूले त्यस पुस्तकलाई सबिस्तार ढङ्गमा पढे र तिनीहरू सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निष्कर्षमा आइपुगे ।

येशूको बारेमा जानेपछि तिनीहरूले आफ्ना जीवन उहाँमा अर्पण गरे । दुवै जना बङ्गलादेशमा सुसमाचार लिएर गए जहाँ तिनीहरूले ३३ वर्ष बिताए । ओलसेनले केही पुस्तकहरू पनि लेखेका छन् जसमध्ये एउटा (द एग्नस्टिक हु  डेएर्ड टु सर्च) मा तिनले आफ्नो आत्मिक यात्रालाई बयान गरेका छन् । 

यसरी, एक जना डाक्टर र तिनकी पत्नीले ख्रीष्टियमतलाई जाँच गरेपछि सत्यतालाई भेट्टाए र तिनीहरू उही सत्यताको प्रचारको लागि बङ्गलादेश आए ।   

  

Leave Your Comments Here.


Monday, August 22, 2016

परमेश्वरले हामीलाई कहिल्यै त्याग्नुहुन्न



सर्वश्रेष्ठ सुसमाचार प्रचारक हुन्, बिल्ली ग्राहम । ९८ वर्षका ग्राहमले एकातिर आफ्नी पत्नी गुमाइसकेका छन् भने, अर्कोतिर तिनी एउटा रोगले ग्रस्त छन् जसको कारणले तिनी आफ्नो क्रुसेडलाई निरन्तरता दिन सक्दैनन् । तरै पनि ख्रीष्टले हामीलाई प्रदान गर्नुहुने आशाको बारेमा तिनले केही वर्षअगि यसरी लेखे:

मेरो ह्दयले तपाईंहरूको तिर्सना गरेको छ । जीवन सधैँ राम्रो वा सजिलो हुँदैन । कहाँ जाने होला भनी तपाईंहरूलाई थाहै नभएको महसुस गर्नुहोला तपाईंहरूले । तर बाइबलको एउटा महानतम सत्यता यही हो कि जीवन कठिन बन्दा परमेश्वरले हामीलाई कहिल्यै त्याग्नुहुन्न । परिस्थितिहरू बेठिक भएको देख्दा पनि उहाँ सधैँ हामीसितै हुनुहुन्छ र उहाँले सधैँ हाम्रो मदत गर्न चाहनुहुन्छ । उहाँले हरेक दुर्भाग्यलाई उल्टयाउने निश्चयता नगर्नुभए तापनि यदि ख्रीष्ट हाम्रा ह्दयमा बास गर्नुहुन्छ भने हामीसित उहाँको प्रतिज्ञा छ, ‘सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन’ (रोमी ८:३९) । कस्तो निश्चयता ! भविष्यबारे भयभीत हुनुको साटो यस इस्टरमा हामी भरोसा गर्न सक्छौँ र परमेश्वरले हाम्रा जीवनमा उद्देश्यसाथ काम गरिरहनुभएको छ भनी हामी उहाँमाथि भरोसा गर्न सक्छौँ । हामीमा आशा छ ।      



Leave Your Comments Here.


Sunday, August 21, 2016

च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको ह्दयलाई छोयो



भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो ।

यो नै यस कथाको अन्त्यजस्तो देखियो । तर परमेश्वरको योजना अर्कै थियो । एक जना मान्छे उत्सुकतापूर्वक त्यही दिन त्यो बाटो भएर सत्यताको खोजीमा भौतारिँदै थियो । बाटोमा पडिरहेको कागजको टुक्रालाई उसले हातमा लियो अनि उसको आफ्नै भाषामा लेखिएका यी वचनहरू उसले पढयो, “जीवनको रोटी ।

यसको अर्थ के थियो भनी उसलाई थाहा थिएन । तर उसले आफ्ना मित्रहरूसँग सोधपुछ गर्‍यो र एक जना साथीले उसलाई भन्यो, “म तिमीलाई भन्न सक्छु । यो ख्रीष्टियान किताबको वचन हो । तिमीले त्यसलाई पढ्नुहुँदैन नत्रभने तिमी अशुद्ध हुनेछौ ।केही क्षण विचार गरिसकेपछि उसले भन्यो, “यो सुन्दर वाक्यांश समावेश भएको त्यो पुस्तकलाई म पढ्न चाहन्छु ।”  अनि उसले एउटा नयाँ करार किन्यो । त्यो वाक्यांश कहाँ थियो भनी उसलाई देखाइयो । यी प्रभु येशूका सुन्दर वचनहरू हुन्, “म जीवनको रोटी हुँ ।जब उसले त्यस सुसमाचारलाई अध्ययन गर्न थाल्यो तब सत्यताको ज्योति उसको ह्दयभित्र प्रवेश गर्‍यो । उसले येशू ख्रीष्टलाई स्वीकार गर्‍यो अनि ऊ सुसमाचारको प्रचारक बन्यो ।

सुसमाचारको त्यो टुक्रा उसको निम्ति वास्तवमै जीवनको रोटी बन्यो जसले उसको गहनतम खाँचोलाई तृप्त पार्‍यो ।

(नोट: यो अंश लेखक कमल अधिकारीको प्रेरक प्रसङ्गहरू नामक कृतिबाट साभार गरिएको हो ।)



Leave Your Comments Here.


Thursday, August 18, 2016

परमेश्वरले आफ्नो महिमा ल्याउन मानिसका दुष्ट अभिप्रायलाई पनि प्रयोग गर्नुहुन्छ



कानुनी रूपमा प्रकाशित पहिलो अङ्ग्रेजी बाइबलको नाउँ हो, “ग्रेट बाइबल ।यसको नाउँले यसको आकारलाई जनाउँछ अर्थात् यो आकारमा ठुलो थियो । यो पुल्पिट बाइबल थियो । यसलाई घरमा लगेर पढिने मनसायले तयार पारिएको थिएन । इङ्गल्यान्डका तत्कालीन राजा हेन्री आठौँले यसलाई छपाएका थिए । यी तिनै राजा थिए जसले नयाँ करारको बाइबललाई अङ्ग्रेजी भाषामा छाप्ने प्रथम व्यक्ति विलियम टिन्डेललाई जिउँदै जलाई मृत्युदण्ड दिएका थिए । टिन्डेलले हे प्रभु, इङ्गल्यान्डका राजाका आँखा खोलिदिनुहोस्भनी मर्ने बेलामा गरेको प्रार्थना तिन वर्षपश्चात् अर्थात् ख्रीष्टाब्द १५३९ मा यस बाइबलको प्रकाशनसँगै पुरा भएको थियो ।

ग्रेट बाइबल (अर्थात् महान् बाइबल) को प्रकाशनको पृष्ठभूमि निकै रोचक छ । त्यस बेला हेन्री आठौँ इङ्गल्याण्डका राजा थिए, जो असल थिएनन् । आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरी आफ्नो घरमा नोकर चाकरहरूको हेरचाह गर्ने स्त्रीसँग बिहे गर्न पाऊँ भनी राजाले पोपसँग अनुरोध गरे । पोपले अनुमति दिएनन् । राजा हेन्रीले उक्त स्त्रीसँग बिहे गरी पोपलाई गतिलो जवाफ फर्कादिए  र रोमको धार्मिक नियन्त्रणबाट इङ्गल्यान्डलाई मुक्त गरी आफूले रोमन क्याथोलिक धर्म त्यागेको घोषणा पनि गरे राजाले । राष्ट्रप्रमुख र मण्डलीको नयाँ अगुवाको रूपमा राजाले आफैलाई प्रस्तुत गरे । राजाले पोपको भूमिकामा काम गर्न थाले । त्यस समयमा रोमले अङ्ग्रेजी भाषामा बाइबल छाप्न निषेध गरेको थियो । तर अङ्ग्रेजी भाषामा धर्मशास्त्र छाप्नलाई आर्थिक सहयोग गरी रोमका इच्छाहरूलाई खुल्लमखुल्ला विरोध गर्नु नै तिनको पहिलो काम बन्यो । परिणामत: कानुनी रूपमा मान्यता प्राप्त पहिलो अङ्ग्रेजी बाइबल छापियो । परमेश्वरले आफ्नो महिमा ल्याउन मानिसका दुष्ट अभिप्रायलाई पनि प्रयोग गर्नुहुन्छ भन्नाका लागि यो एउटा ज्वलन्त उदाहरण हो ।



Leave Your Comments Here.


Tuesday, August 16, 2016

प्रतिभाशाली लेखक स्कटले आफ्नो मृत्युको घडीमा बाइबललाई छाने



सर वाल्टर स्कट ऐतिहासिक उपन्यासकार, नाटककार कवि थिए ख्रीष्टाब्द १७७१ मा स्कटल्यान्डमा जन्मेका स्कटका उपन्यास कविताहरू अझै पनि पढिन्छन् अहिले पनि तिनका कैयौँ कृतिहरू अङ्ग्रेजी साहित्यमा उत्कृष्ट पुस्तकहरूको सूचीमा छन् साहित्यिक दुनियाँमा प्रशंसा बटुलेका स्कट वकिलसाथै न्यायाधीश पनि थिए तिनले साठीभन्दा बेसी कृति छाडेर गएका छन्  

स्कट आफ्नो मृत्युको घडीतिर लम्कँदै थिए आफ्नो मृत्यु शैय्यामा पल्टिरहँदा स्कटले आफ्नो बृहत् पुस्तकालयबाट आफ्ना ज्वाइँ जोन जी. लोकहार्टलाईत्यो पुस्तकल्याउन अनुरोध गरे लेखकसाथै सम्पादक लोकहार्टले स्वाभाविक रूपमा प्रश्न गरे, “कुनचाहिँ पुस्तक सर वाल्टर ?” पवित्र बाइबललाई देखाउँदै स्कटले जवाफ दिए, “त्यहाँ एउटै मात्रत्यो पुस्तक आफ्नो पुस्तकालयमा भएका आफैले लेखेकासहित हजारौँ उकृष्ट पुस्तकका बिचमा आफ्नो मृत्यु शैय्यामा बाइबललाई छानी प्रतिभाशाली लेखक सर वाल्टरले सही मूल्याङ्कन गरे बाइबल तिनको पुस्तकालयमा मात्रै नभई संसारभरि नै श्रेष्ठतम पुस्तक हो





Leave Your Comments Here.


Saturday, August 13, 2016

अनमोल सिरानी



अदोनिरामकी पत्नीले आफ्ना पतिलाई भनिन्, “खाना तयार भनी भान्छे कुचिलले भन्दै

अदोनिराम जडसनले बाइबललाई बर्मेली भाषामा अनुवाद गर्दै थिए तिनीहरू बर्मामा बसेको तेर् वर्ष भइसकेको थियो बर्मेली भाषा कठिन थियो तसर्थ, अनुवादले तीव्रता पाएको थिएन त्यस बेला बर्मा इङ्गल्यान्डको बिचमा लडाइँ चलिरहेको थियो अमेरिकी मिसनरीहरू बाँसबाट बनेका घरहरूमा बसी शान्त तवरले बर्मामा प्रभुको काम गर्दै थिए सार्वजनिक रूपमा मिसनको काम गर्नु ज्यादै खतरनाक थियो

अदोनिराम, तिनकी पत्नी आन धर्मपुत्रीको रूपमा पालिएका दुई बर्मेली छोरीले कुचिलले पकाएको स्वादिष्ट माछाको सुप खाना थाले अकस्मात् ढोका खोली केही मानिसहरू ग्वारग्वारती भित्र पसे सहरको सुरक्षा अङ्गको प्रमुखले कठोर हुँदै भन्यो, “हडसन, हामी तिमीलाई गिरफ्तार गर्न आएका हौँ तिनलाई बाँध

दुई जना मान्छेले पछाडिपट्टि अदोनिरामका हात बाँध्दै गर्दा तिनले अतालिँदै प्रश्न गरे, “मेरो दोष के हो ?”

प्रमुखले भन्यो, “अङ्ग्रेजहरूले तिमीहरूलाई तलब खुवाइरहेका छन् तिमीहरू जासुस हौ

होइन, होइन त्यो साँचो होइन”, आन चिच्याइन् तिनका भयभीत धर्मपुत्रीहरू भान्छे कुचिलको पछाडि गएर लुके आनले अन्तरबिन्ती गरिन् तर तिनीहरूले मानेनन् अदोनिरामलाई घिसारेर लगी डरलाग्दो झ्यालखानामा कोचियो उक्त कारागारको नाउँ नै मृत्यु जेल थियो तिनीसँगै अन्य कैयौँ बन्दीहरूलाई पनि जासुसको आरोप लगाई उही जेलमा थुनियो

रातमा बन्दीहरूलाई उँधमुन्टो पारी झुन्डयाइन्थ्यो दुई दिनपश्चात् अदोनिरामकी पत्नी आनले पतिलाई भेट्ने अनुमति मुश्किलैले पाइन्

धोत्रो सोरले अदोनिरामले पत्नीलाई प्रश्न गरे, “मैले अनुवाद गरिरहेको बाइबलको त्यो पाण्डुलिपि कहाँ ?”

आनले कानेखुसी गर्दै भनिन्, “मैले त्यसलाई घरमुनि लुकाएकी छु

अदोनिरामले चिन्तित मुद्रामा भने, “तिनीहरूले खोजतलास गर्ने पहिलो ठाउँ त्यही हो

विचारमग्न हुँदै आनले जवाफ दिइन्, “चिन्ता नमान्नुस् मसँग एउटा योजना

आफ्ना पतिलाई अर्को पटक भेट्न आउँदा आनले एउटा भद्दा, गाँठागुँठी परेको सिरानी ल्याइन् जसलाई अन्य कुनै पनि बन्दीले चोर्न चाहँदैनथ्यो त्यसपछि दुईको बिचमा एउटा गोप्य मुस्कुराहटको आदानप्रदान भयो

एघार महिनासम्म आन आफ्ना श्रीमान्लाई उक्त जेलमा भेट गर्न आइरहिन् अदोनिराम जेलमा छँदा तिनीहरूको मारिया नाउँकी एउटी छोरी पनि जन्मिसकेको थियो छोरीलाई पनि आनले साथमै ल्याउँथिन् तर एक दिनको कुरो हो आन सधैँजसो आफ्ना पतिलाई भेट गर्न आउँदा तिनले झ्यालखाना रित्तो पाए ती बन्दीहरूलाई कहाँ लगिएको थियो भनी कसैलाई थाहा थिएन

अदोनिरामलाई साङ्लाले बाँधिएको थियो तिनलाई नयाँ जेलमा जबरजस्ती चलान गर्न खोज्दा तिनी बिरामी परे पहरेदारहरूले तिनको अनमोल सिरानी तिनलाई साथमा लान दिएनन् तिनीहरूले त्यस सिरानीलाई फोहोरको थुप्रोमा लगेर फ्याँकिदिए अदोनिरामले तेर् वर्ष लगाएर बर्मेली भाषामा बाइबल अनुवाद गरेको प्रतिलिपि फोहोरको थुप्रोमा पुगेको थियो

अन्ततोगत्वा, इङ्गल्यान्ड बर्माको बिचमा भएको शान्ति सम्झौताको दस्तावेजलाई अनुवाद गर्न राजाले अदोनिरामलाई छाडिदिए त्यसपछि तिनलाई आफ्नो परिवारकहाँ जाने अनुमति प्रदान गरियो आफ्नी पत्नी छोरीको साथमा हुन पाउँदा तिनी निकै खुसी थिए, तर तेर् वर्षको परिश्रम व्यर्थ जाँदा तिनी ज्यादै निरुत्साही पनि भए

शोकित हुँदै तिनले पत्नीलाई भने, “सबै कुरा गुमे फेरि ताजा सुरुआत गर्नुपर्छ

आन मुस्कुराइन् भद्रतापूर्वक उनले त्यो भद्दा सिरानी पतिको हातमा थमाइदिइन् तिनी आश्चर्यचकित भए तिनको खुसीको सीमा रहेन तिनले अनुवाद गरेको प्रतिलिपि सिरानीभित्र सुरक्षित थियो एक जना बर्मेली ख्रीष्टियानले त्यस सिरानीलाई फोहोरको थुप्रोमा फेला पारी त्यहाँ ल्याएको थियो

यसरी बर्मेलीहरूले आफ्नै भाषामा बाइबललाई पढ्न पाए कठिन परिस्थितिमा पनि अदोनिराम आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहे अदोनिराम जडसन बर्माको निम्ति मिसनरी भई जाने प्रख्यात प्रभुका जन हुन् जसले त्यस देशमा लगभग ४० वर्षसम्म सेवा गरे परमेश्वरले हामीलाई सुम्पनुभएको जिम्मामा टाँसिरहनु नै सहनशीलता हो यद्यपि हामी दु:खको भूमरीमा नै परेका किन नहोऔँ बाइबलले भन्छ, “यति मात्र होइन, हामी रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, चरित्रले आशा उत्पन्न गराउँछ” (रोमी :)

(नोट: यो रोचक सत्य कथा कमल अधिकारीको प्रेरक प्रसङ्गहरू नामक पुस्तकबाट साभार गरिएको हो )



Leave Your Comments Here.


Wednesday, August 10, 2016

ख्रीष्टियानहरूका लागि मृत्यु केवल छाया हो



उन्नाइसौँ शताब्दीको अन्त्यतिर अमेरिकामा जन्मेका डोनाल्ड जी. बार्नहाउस प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए ख्रीष्टाब्द १९२७ देखि १९६० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियास्थित टेन्थ प्रेसबिटेरिएन चर्चमा पास्टरीय सेवाकार्य गरेका थिए

बार्नहाउसकी पत्नीको मृत्युपश्चात् छोरीहरूलाई हुर्काउने जिम्मा तिनको काँधमा आयो तिनले सम्भवत: अरू कसैले नगर्ने कुरो गरे अर्थात् तिनले आफ्नै पत्नीको अन्त्येष्टि सेवा सञ्चालन गरे

पास्टर बार्नहाउस आफ्ना छोरीहरूसँगै अन्त्येष्टि सेवाको लागि जाँदै थिए जीवनमा आइपरेको त्यस दु:खद परिस्थितिको बारेमा छोरीहरूलाई केही भन्न मन लाग्यो पास्टरलाई कार हाँक्दै गर्दा तिनीहरू ट्राफिक बत्तीमा आएर रोकिए दिन उज्यालो थियो सूर्यको किरण तिनीहरूको कारभित्र प्रवेश गरी तिनीहरूलाई न्यानो पार्दै थियो तिनीहरूको पछाडि एउटा ट्रक आएर रोकियो ट्रकको छायाले तिनीहरूको कारको भित्री भागलाई अँध्यारोमा परिणत गरिदियो त्यस परिस्थितिलाई प्रयोग गर्दै पास्टरले आफ्ना छोरीहरूलाई सोधे, “तिमीहरूलाई केले प्रहार गरेको चाहन्छयौछाया कि ट्रक ?”

एक जनाले उत्तर दिइन्, “बुबा पनि कस्तो वाहियात प्रश्न सोध्नुहुन्छ ! छायाले हामीलाई चोट पुर्याउन सक्दैन मलाई ट्रकले भन्दा छायाले नै प्रहार गरोस्

त्यसपछि पास्टरले तिनीहरूकी आमाको मृत्युबारे व्याख्या गर्ने कोसिस गरे पास्टरले भने कि उनको मृत्यु केवल छायाको प्रहारजस्तो थियो; येशू उनको ठाउँमा आउनुभयो ट्रकले उहाँलाई हान्यो तिनले भजनसंग्रह २३ बाट परिचित वचनहरू उद्धृत गरे, “मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ
 



Leave Your Comments Here.