टेबुलमा एउटा पर्चा थियो । बिरामीलाई हेर्न गएका डाक्टरका आँखा त्यस पर्चामाथि
परे । त्यसलाई टिपेर पढ्दै गर्दा परमेश्वरले तिनलाई मिसनरीको बोलावट दिनुभएको छ र
बिरामीहरूको सेवाको निम्ति डाक्नुभएको छ भन्ने कुरामा तिनी निश्चिन्त भए । ती
डाक्टर थिएँ— जोन स्कुडर ।
अमेरिकामा जन्मेका जोन स्कुडर पेसाले डाक्टर थिए । ख्रीष्टाब्द १८१९ मा तिनी
मिसनरी बनेर सिल्योन (हाल श्रीलङ्का) गए जहाँ तिनले उन्नाइस वर्ष सेवा गरे ।
एसियामा प्रथम पश्चिमी मेडिकल मिसन स्थापना गर्ने श्रेय तिनलाई नै जान्छ । तिनले
सिल्योनमा विशाल अस्पताल खडा गर्नुका साथै केही स्थानीय स्कुल र
मण्डलीहरू पनि स्थापना गरे ।
१८३६ मा स्कुडर भारत पुगे । भारतमा आउने प्रथम मेडिकल मिसनरी पनि तिनी नै हुन्
। पर्चाहरू वितरण गर्नमा तिनी निकै खट्थे ।
ती वर्षहरूमा भारत र श्रीलङ्कामा बस्दा हिन्दु धर्ममा अम्यास गरिएका अन्धविश्वास,
क्रुरसाथै अमानवीय विधिहरू देखेर तिनको मन
रोएको थियो । सती प्रथाजस्ता अमानवीय अन्धविश्वासहरूको निर्मूलनको लागि तिनले
चेतना फैलाउने प्रयत्न गरे ।
जोन स्कुडरको परिवारमा केही रोचक पक्षहरू पनि छन् । तिनी र तिनकी पत्नी
ह्यारिटबाट जन्मेका सन्तानहरूमध्ये ६ जना जीवित छोरा र दुई छोरी सबै नै दक्षिण
भारतमा मेडिकल मिसनरी बने । चौथो पुस्तासम्ममा जोन स्कुडरका परिवारमा जन्मेका
बयालिस जना सदस्यले मिसनरीको काम गरे । ती सबैको सेवा अवधिलाई जोड्ने हो भने
जम्माजम्मी १,१०० वर्षभन्दा
बेसी हुन आउँछ । सारा इतिहासमा स्कुडरको परिवारले मिसनरी सेवामा समर्पित गरेको समय
अभूतपूर्व छ ।