ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो,
“ख्रीष्टियमत र बाइबललाई मैले अज्ञेयवादी
दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई
अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी
नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै
जल्थेँ ।”
ओलसेन प्रतिभावान् डाक्टर थिए जसको जीवन विज्ञानमा ओतप्रोत भएको थियो ।
सृष्टिकर्ताको अस्तित्वको लागि कुनै स्वतन्त्र साक्षी छैन भन्ने तिनको ठम्याइ
रहेको थियो ।
ओलसेनकी पत्नीको नाउँ थियो, जोआन । पत्नी पनि
सन्देहवादी नै थिइन् । तर जोआनका बुबा आमा भने भक्त ख्रीष्टियानहरू थिए । एक पटक ओलसेन
आफ्नी पत्नीसँगै सासु ससुरालाई भेट्न गए । ओलसेनले चाहिँदो मात्रामा धार्मिक
जानकारी पाए । एक रात निराश हुँदै तिनले ख्रीष्टियमतलाई जाँच्ने सहमति जनाए,
“मेरो आशय पटक्कै वस्तुगत अध्ययन गर्नु थिएन ।
जसरी डाक्टरले सतहमा काट्छ, त्यसै गरी हामीले
बाइबललाई काटी यसका लज्जित तुल्याउने वैज्ञानिक त्रुटिहरूलाई चिरफार गर्नु थियो ।”
पति र पत्नी दुवैले बाइबलमा वैज्ञानिक भुलहरू खोज्न थाले, तर पाएनन्
। त्यसपछि एक जना विद्यार्थीले ओलसेनलाई मोर्डन साइन्स एन्ड क्रिस्चियन
फेथ नामक पुस्तक दियो । उक्त पुस्तकमा परेश्वरलाई औँल्याउने साक्षीहरू पेस
गरिएका थिए । पुस्तक पढेपछि ख्रीष्टियान विश्वासको लागि साक्षी रहेछ भनी पहिलो पटक
पति पत्नीले महसुस गरे । तिनीहरूले त्यस पुस्तकलाई सबिस्तार ढङ्गमा पढे र तिनीहरू
सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निष्कर्षमा आइपुगे ।
येशूको बारेमा जानेपछि तिनीहरूले आफ्ना जीवन उहाँमा अर्पण गरे । दुवै जना
बङ्गलादेशमा सुसमाचार लिएर गए जहाँ तिनीहरूले ३३ वर्ष बिताए । ओलसेनले केही पुस्तकहरू
पनि लेखेका छन् जसमध्ये एउटा (द एग्नस्टिक हु
डेएर्ड टु सर्च) मा तिनले आफ्नो आत्मिक यात्रालाई बयान गरेका छन्
।
यसरी, एक जना डाक्टर र तिनकी
पत्नीले ख्रीष्टियमतलाई जाँच गरेपछि सत्यतालाई भेट्टाए र तिनीहरू उही सत्यताको
प्रचारको लागि बङ्गलादेश आए ।