साझा
प्रकाशनद्वारा प्रकाशित वेदमा के
छ
? नामक पुस्तकमा डा. स्वामी
प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका
८० करोड ईसाईहरूको
धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी
[येशू]
हिन्दु नै सिद्ध
भएको देखिन्छ र
अवश्य नै भारत
आएको पनि उनै
प्रमाणहरूले सिद्ध छ । अनि जीवनको
महत्त्वपूर्ण १८ वर्षसम्म
ईसा [येशू] कहाँ थिए
? यस प्रश्नको उत्तर
ईसाई पादरीहरूसँग नहुनुले
पनि यसै कुरालाई
सिद्ध गर्छ ।”
कतिपय पूर्वीय र
पाश्चात्य तथाकथित स्रोतहरूलाई आधार
मानी येशू हिन्दु
हुनुहुन्थ्यो र उहाँ
भारतमा आउनुभएको थियो भनी
पुष्टि गर्ने दुष्प्रयास प्रपन्नाचार्यले
गरेका छन् ।
२०६७ सालको ख्रीष्टमसको
केही दिनअगि दीर्घराज
प्रसाईले नेपाल समाचारपत्रमा क्रिस्चियन धर्मको उद्गम
र
विकास
शीर्षकअन्र्तगत लेखे, “जिसस् क्राइष्ट
[येशू]
की आमा हिन्दु
थिइन् । जिसस्
पनि हिन्दु संस्कारबाट
उठेका हुन् ।”
प्रसाईले थपेका छन्, “नेपालमा
६ वर्ष बसेर
योगसाधना र बौद्ध
दर्शन सिकेकाले क्राइष्टलाई
निरंकुश अन्धा धर्मभिरु सत्ताले
इजरायलमा किला ठोकेर
मारिएको अवस्थामा वैदिक योगका
प्रतापले मरेको जस्तो अभिनय
गरेर गाडिएको चिहानबाट
उठेर ईशु [येशू]
भारततिर लागेको र पछि
उनको मृत्युपछि कास्मिरमा
राखिएको ईशा [येशू]
को समाधि देख्न
सकिन्छ । ईशा
१३ वर्षदेखि ३०
वर्षसम्म धार्मिक शिक्षा लिनका
लागि हिन्दु सन्यासीको
भेषमा नेपाल र
भारतमा आएका र
काशी, जगन्नाथ, बिहार,
नालन्दा आदिमा वैदिक धर्मशास्त्र
पढ्ने गरेका तथ्यहरू
छन् ।” हिन्दु
दिग्गजहरूको बुझाइमा येशू भारतमा
आउनुभएको कथा कुनै
काल्पनिक होइन, यथार्थ हो
। यसको पक्षमा
तिनीहरूले पुस्तकहरू पनि लेखिसकेका
छन् । एउटा
नेपाली भएको नाताले
प्रसाईले भनेझैँ येशूले हाम्रो
भूमिमा पाइला टेक्नुभएको थियो
भन्ने कुरा साँचो
भइदिए कति गर्वको
कुरो हुन्थ्यो ! तर
अपरिवर्तनशिलता इतिहासको प्रकृति हो
। चाहेर पनि
हामी इतिहासलाई बदल्न
सक्दैनौँ । कथित
स्रोतहरूलाई आधार बनाई
मान्छेको आँखामा छारो हाली
सत्यतालाई बङ्ग्याउने दुष्चेटा गरे
तापनि इतिहासको सुस्पष्ट
यथार्थतालाई कसैले कहिल्यै परिवर्तन
गर्न सक्दैन ।
येशू हिन्दु हुनुहुन्थेन,
न त उहाँ
भारतमा आउनुभयो भन्नाका लागि
यहाँ तिन ओटा
कारणहरू प्रस्तुत गरिएका छन्
।
१. निकोलस
नोटोविचले
पत्ता
लगाएको
इशा
(येशू)
बाइबलको
येशू
होइन
।
नयाँ
करारका चार ओटा
सुसमाचार येशूको जीवनीबारे बताउने
सर्वाधिक भरपर्दा स्रोतहरू हुन्
। चार ओटा
सुसमाचारमध्ये दुई ओटा
(मत्ती र लूका)
ले मात्र उहाँको
जन्मको बारेमा चर्चा गर्छन्
। उहाँको सेवा–कार्यअगि बार्ह वर्षको
उमेरमा एक पटक
येशू यरूशलेममा देखा
पर्नुहुन्छ (लूका २:४२) ।
बाइबलको विवरणअनुसार उहाँ तिस
वर्षको हुनुभएपछि मात्र उहाँले
सेवा आरम्भ गर्नुभयो
(लूका ३:२३)
। उहाँको जन्मदेखि
बार्ह
वर्षको उमेर र
बार्हदेखि
तीस वर्षको उमेरसम्म
येशू कहाँ हुनुहुन्थ्यो
भन्ने प्रश्न विचारणीय
छ । उहाँको
बाल्यकाल नासरतमै बितेको थियो
होला भनी अनुमान
गर्ने हो भने
पनि उहाँले १८
वर्ष (१२–३०)
कहाँ बिताउनुभयो त
भनी हामीलाई प्रश्न
गर्छन् । येशूका
यी मध्यवर्ती वर्षहरूमा
विचित्रका दन्त्यकथाहरू भर्नको लागि आलोचकहरूले
कुटिल जुक्तीहरू रचेका
छन् ।
निकोलस
नोटोविच एक रूसी
यात्रु थिए जसले
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा भारत
र तिब्बतको यात्रा
गरे । तिब्बतमा
तिनले सन्त इसाको
बारेमा जानकारीहरू बटुले ।
तिनै जानकारीहरूलाई समेटी
तिनले एउटा पुस्तक
लेखे— येशू ख्रीष्टको
अज्ञात
जीवन
। नोटोविचको भनाइअनुसार
यी सन्त इसाले
भारतमा आई विभिन्न
हिन्दु गुरुहरूसँग सिक्दै १८
वर्ष बिताए ।
तिनको विचारमा कश्मिरका
यी सन्त इसा
नै बाइबलको येशू
हुन् । यही
गलत बुझाइको कारणले
येशूको अज्ञात जीवनको सम्बन्धमा
अनेक षड्यन्त्रमूलक दन्त्यकथाहरू
जन्मिन पुगे ।
बाइबलको विवरणअनुसार येशूले आफ्नो
जन्मदेश छाडेको एउटै पनि
सङ्केत पाईंदैन । नोटोविचको
कृतिलाई जे. आर्खिबाल्ड
डग्लासले अप्रमाणित गरिसकेका छन्
।
२. येशूको
शिक्षा
र
हिन्दु
गुरुहरूको
शिक्षामा
स्पष्टत:
बेमेलता
पाइन्छ
।
साँढे
तिन वर्षको सेवा–कार्यअगि येशू भारतमा
आउनुभई हिन्दु गुरुहरूसँग सिक्नुभएको
थियो भने उहाँको
शिक्षामा हिन्दुगन्ध अवश्य हुनुपथ्र्यो
। तर सुसमाचारहरूलाई
अध्ययन गर्दा हामी हिन्दु
शिक्षाहरू होइन अद्वितीय
शिक्षाहरू पाउँछौँ । यसका
अतिरिक्त येशूले पुरानो करारबाट
प्रचुर मात्रामा उधृत गर्नुभयो
। यहाँसम्म कि
त्यस समयका यहूदी
विज्ञहरूलाई पनि उहाँले
सुधार्नुभयो । पञ्चग्रन्थमा
भएको त्यो विस्तृत
ज्ञान येशूले कहाँबाट
पाउनुभयो ? उहाँको सिकाउने शैली
त्यस समयका घुमन्ते
यहूदी शिक्षकहरूको शैलीसँग
मेल खान्छ ।
येशूले हिन्दु गुरुहरूबाट सिके
भन्ने विचार पूर्णत:
वाहियात छ ।
येशूले कहिल्यै सर्वेश्वरवाद (सबै
कुराहरू ईश्वर हुन्) को
बारेमा सिकाउनुभएन् जस्तो हिन्दु
गुरुहरूले सिकाउने गर्थे र
गर्छन् । उहाँले
कहिल्यै हिन्दु वेदबाट उद्धृत
गर्नुभएन तर सधैँ
यहूदी पुरानो करारबाट
। येशू भारतमा
आउनुभई हिन्दु गुरुहरूबाट सिक्नुभयो
भन्नाका लागि साक्षी
यथार्थत: शून्य छ ।
३. येशू
भारतमा
आउनुभयो
भनी
बाइबलले
कहीँ
पनि
अङ्कित
गरेको
छैन
।
चार
ओटा सुसमाचार येशूको
बारेमा बताउने सबैभन्दा भरपर्दा,
विश्वसनीय र पूर्ण
स्रोतहरू हुन् ।
येशू ख्रीष्ट प्यालेसटाइनमा
रहनुभयो भनी अङ्कित
गर्ने खण्डहरू बाइबलमा
धेरै छन् ।
बार्ह
वर्षपछिको येशूको जीवनीलाई लूकाले
सङ्क्षेपमा ल्याएका छन्, “अनि
येशू बुद्धिमा, कदमा
र परमेश्वर र
मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका
२:५२) ।
येशू ख्रीष्ट परमेश्वर–मानव हुनुहुन्थ्यो
। उहाँ सर्वज्ञानी
भएकाले ईश्वरीय परिप्रेक्ष्यबाट उहाँलाई
कहिल्यै बुद्धिमा बढ्न आवश्यक
थिएन । तर
उहाँ मानिस पनि
हुनुभएकाले अन्य यहूदी
केटाहरूले जस्तै उहाँले पनि
पुरानो करारको धर्मशास्त्रको अध्ययन
र बुढापाकाहरूको अर्तीबाट
सिक्नुभयो ।
उहाँको
समुदायमा येशूलाई सिकर्मी (मर्कूस
६:३) र
सिकर्मीको छोरो (मत्ती १३:५५) भनेर
चिनिन्थ्यो । आफ्ना
छोराहरूलाई व्यवसाय सिकाउनु यहूदी
बाबुहरूको बिचमा सामान्य चलन
थियो । येशू
परिपक्व हुँदै जानुभएपछि योसेफले
उहाँलाई सिकर्मीको पेसा सिकाएको
हुनुपर्छ । येशू
नासरतमै हुर्कनुभयो भनी लूकाले
यहाँ अझ प्रस्ट
रूपमा बताएका छन्,
“उहाँ नासरतमा आउनुभयो,
जहाँ
उहाँ
हुर्कनुभएको
थियो
।
उहाँ आफ्नो आदतअनुसार
शबाथ–दिनमा सभाघरमा
जानुभयो, र पढ्नलाई
खडा हुनुभयो” (लूका
४:१६) ।
लूकाले प्रस्टसँग लेखेका छन्
कि येशू ख्रीष्ट
नासरतमा हुर्कनुभयो र नासरत
उहाँको आफ्नो सहर थियो
। सभाघरका मानिसहरूले
येशूलाई राम्ररी चिन्दथे र
उहाँ योसेफका छोरा
हुनुहुन्थ्यो भनी जान्दथे
। येशू नासरतमा
हुर्कनुभयो, भारतमा होइन ।
उहाँको आदत सभाघरहरूमा
जाने थियो, मन्दिरहरूमा
होइन ।
एउटा
प्रश्न अझै बाँकी
छ— येशूले १८
वर्षको अवधि पनि
प्यालेसटाइनमा नै बिताउनुभएको
थियो भने उहाँका जीवनीकारहरूले
यस बारेमा किन
केही नलेखेका त
? यसका दुई ओटा
कारण छन्: साहित्यिक
र ईश्वरशास्त्रीय ।
साहित्यिक
कारण भन्नाले प्राचीन
संसारमा जीवनी आधारभूत रूपमा
यसरी नै लेखिन्थ्यो
। जीवनीलाई अहिले
हामी जसरी बुझ्दछौँ
तिनीहरूले त्यसरी बुझ्दैनथ्ये ।
जीवनी लेख्दा आज
हाम्रो लागि व्यक्तिको
जीवनीको हरेक अवधि
उत्तिकै महत्त्वपूर्ण हुन्छ । उसको
जीवनीलाई हामी क्रमिक
रूपमा प्रस्तुत गर्छौं
र सकेसम्म उसका
भनाइहरूलाई जस्ताको तस्तै राख्ने
प्रयास गर्छौं । तर
प्राचीन लेखकहरूले कुनै व्यक्तिको
जीवनीबाट अनुकरणीय पक्षलाई मात्र
अभिलेखको लागि उपयुक्त
ठान्दथे । जीवनको
हरेक पक्षलाई नभई
त्यस्तो पक्ष जसले
अरूलाई मद्दत गथ्र्यौ, जुन
उदाहरणीय छ जीवनका
त्यस्ता पाटाहरूलाई मात्र लेख्ने
गर्थे ।
दोस्रो
ईश्वरशास्त्रीय कारण हो
। येशू ख्रीष्ट
यस संसारमा मानिसहरूका
पापको निम्ति मर्न
आउनुभयो । उहाँ
परमेश्वरका पापरहित पुत्र हुनुहुन्थ्यो
। सुसमाचारका लेखकहरू
यही तथ्यमा मात्र
केन्द्रित रहे ।
त्यसैले, तिनीहरू उहाँको जीवनको
हरेक पक्षमा नभई
आखिरी साँढे तिन
वर्षे सेवा–कार्यमा
केन्द्रित रहे ।
निष्कर्षमा,
येशू हिन्दु हुनुहुन्थ्यो
र उहाँ भारतमा
आउनुभयो भन्ने अवधारणा मनगढन्तेसिवाय
केही होइन ।
यसको लागि एउटै
पनि प्रामाणिक साक्षी
छैन ।