menu bar

Monday, September 15, 2014

रेडियोबाट बजेको ख्रीष्टियान गितले आत्महत्या रोक्यो



शैतानको चिप्लाइ नाम गरेको चट्टानको एउटा छेउमा बिल मान्सोडरले आफ्नो कार रोके सन्त फ्रान्सिस्कोदेखि झन्डै पच्चिस माइल दक्षिणमा पर्ने यो भिर दुई सय फिट उचाइमा रहेको थियो आफ्नो आत्महत्याको लागि यो नै उपयुक्त ठाउँ हो भन्ने बिलको ठम्याइ रह्यो

भोलिपल्ट बिहान तिनी घरमा एकलै थिए आफ्नो पाप दोषले कायल भएर आत्महत्या गर्नुभन्दा अगि तिनले एउटा कागतमा केही कुरा लेख्दै थिए त्यसै बिचमा तिनले केही क्षणको लागि रेडियो खोले रेडियोको सुई किर नाम गरेको अव्यावसायिक ख्रीष्टियान रेडियोमा गएर रोकियो

त्यसपछि जे भयो बिलले त्यसलाई ईश्वरीय आश्चर्यकर्म भनेका छन् रेडियोबाट एउटा गीत बज्दै थियो:

तपाईंको व्यथालाई परमेश्वरले बुझ्नुहुन्छ
तिक्त पीडालाई उहाँले जान्नुहुन्छ;
अन्धकारमा उहाँमाथि भरोसा गर्नुस्
तपाईंले व्यर्थतामाथि भरोस गर्न सक्नुहुन्न
परमेश्वरले तपाईंको दु:खलाई बुझ्नुहुन्छ
उहाँले बगिरहेको आँसुलाई देख्नुहुन्छ;
अनि यसरी कानेखुसी गर्नुहुन्छ, “ तिमीसँग छु
त्यसैले, नलडखडाउनुस्, डराउनुस्
यसलाई फ्लो प्राइसले गाएका थिए भने डा. ओसवाल्ड जे. स्मिथले शब्द दिएका थिए

बिलले टिप्पणी गरेका छन्, “यदि त्यहाँ प्रचारकले बोलिरहेको भए मैले रेडियो बन्द गर्नेथिएँ तर त्यस गीतले ... मेरो ह्दय छोयो

बिलले किर रेडियो स्टेसनका प्रबन्धकलाई फोन गरे अनि कुनै पृष्ठभूमि नबाँधी तिनले भने, “परमेश्वरलाई धन्यवाद होस्, तपाईंको स्टेसन हावामा तपाईंले मेरो जीवन बचाइदिनुभयो

त्यो रेडियो प्रसारण तिनीहरू दुई बिचको बातचितले अन्य नतिजा पनि लिएर आयो पछिल्ला महिनामा स्टेसनले बिलसँग सम्पर्क गरिरहयो अनि अन्त्यमा तिनलाई जनसम्बन्धको निर्देशकको रूपमा जागिर दिइयो पछि तिनी त्यहाँ त्यस किर स्टेसनको प्रमुख मात्र बनेनन् तर सञ्चार सम्पादनको निर्देशकसमेत बने

के यो परमेश्वरको वचनले भरिपूर्ण सङ्गीतको प्रस्ट प्रभाव होइन ?


Leave Your Comments Here!