मेरा छोरा तथा छोरी,
तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) ।
तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित
परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी मेरै स्वरूपमा सृष्टि गरिएका
थियौ (उत्पत्ति १:२७) । तिमी ममा जिउँछौ र ममा चलहल गर्छौ अनि ममा नै तिम्रो
अस्तित्व छ, किनकि तिमी मेरा
सन्तान हौ (प्रेरित १७:२८) । तिमी आमाको गर्भमा आउनुअगि नै म तिमीलाई चिन्थेँ र
सृष्टिको योजना बनाउनुअगवै मैले तिमीलाई चुनेको थिएँ (यर्मिया १:४-५) । तिम्रो अस्तित्वमा कुनै गल्ती थिएन (एफिसी
१:११-१२) । किनभने तिम्रा सबै
दिन मेरो पुस्तकमा लेखिएका छन् (भजनसंग्रह १३९:१५-१६) । मैले तिम्रो बासस्थान र जन्मको समय तोकिदिएको छु
(प्रेरित १७:२६) ।
तिमी भयानक र अद्भूत रीतिले बनाइएका छौ (भजनसंग्रह १३९:१४) । मैले तिमीलाई
तिम्री आमाको गर्भमा रचेँ (भजनसंग्रह १३९:१३) । तिम्रो जन्म दिनमा मैले तिमीलाई
संसारमा ल्याएँ (भजनसंग्रह ७१:६) । मलाई नचिन्नेहरूबाट म गलत रूपमा प्रस्तुत
गरिएको छु (यूहन्ना ८:४१-४४) । तरै पनि म
रिसाएको छैनँ र टाढा पनि छैनँ; म स्वयम् प्रेमको
सारा स्वरूप हुँ (१ यूहन्ना ८:१६) । तिमीमा मेरो प्रेम खन्याउनु नै मेरो इच्छा हो,
किनकि तिमी मेरो सन्तान हौ र म तिम्रो पिता हुँ
(१ यूहन्ना ३:१) । तिम्रो शारीरिक पिताले भन्दा मैले तिमीलाई अझै धेरै कुरा दिन चाहेको छु
(मत्ती ७:११) ।
म तिम्रो सिद्ध पिता हुँ (मत्ती ५:४८) । तिमीले पाउने हरेक असल वरदान मबाट
आउँछ (याकूब १:१७) । म तिम्रा सबै आवश्यकता पुरा गरिदिन्छु किनकि मैले नै जुटाउने
काम गर्छु (मत्ती ६:३१-३३) । मेरो
योजनामुताबिक तिम्रो भविष्य सधैँ आशाले भरिएको हुन्छ (यर्मिया २९:११) । किनकि म
तिमीलाई अनन्तको प्रेमले प्रेम गर्छु (यर्मिया ३१:१) । तिम्रो निम्ति मेरा विचार
समुद्र किनारका बालुवाभन्दा बढी छन् (भजनसंग्रह १३९:१७-१८) । म तिम्रो बारेमा गीत गाएर आनन्द प्रकट गर्छु (सपन्याह
३:१७) । म अथक रूपमा तिम्रो भलाइ चाहन्छु (यर्मिया ३२:४०) । किनकि तिमी मेरो अति
नै बहुमूल्य सम्पत्ति हौ (प्रस्थान १९:५) । मेरो सारा मन र प्राणले म तिमीलाई
स्थापित गर्न चाहन्छु (यर्मिया ३२:४१) । म तिमीलाई महत्त्वपूर्ण र उदेकका कुराहरू
देखाउन चाहन्छु (यर्मिया ३३:३) । तिमीले मलाई सम्पूर्ण ह्दयले खोज्यौ भने मलाई
भेट्टाउनेछौ (व्यवस्था ४:२९) । ममा आनन्दित होऊ र म तिम्रो चाहना पुरा गर्नेछु
(भजनसंग्रह ३७:४) । वास्तवमा, तिमीलाई ती चाहना
दिने म नै हुँ (फिलिप्पी २:१३) । म तिमीले चिताएको भन्दा धेरै मात्रामा गर्न सक्छु
(एफिसी ३:२०) । किनकि तिमीलाई अत्यधिक उत्साह दिने म नै हुँ (२ थेसलोनिकी २:१६-१७) । म तिम्रो सारा सङ्कष्टमा तिमीलाई
सान्त्वना दिने पिता हुँ (२ कोरिन्थी १:३-४) । तिम्रो ह्दय टुटेको अवस्थामा म तिम्रो नजिकै हुन्छु (भजनसंग्रह ३४:१८) ।
गोठालोले थुमालाईझैँ म तिमीलाई मेरो ह्दयभित्र बोक्छु (यशैया ४०:११) । एक दिन म
तिम्रा सबै आँसु पुछिदिनेछु र तिमीले यस पृथ्वीमा भोग्नुपरेका सबै कष्ट हरण
गरिदिनेछु (प्रकाश २१:३-४) । म तिम्रा
पिता हुँ र आफ्ना पुत्र येशूलाईझैँ म तिमीलाई प्रेम गर्छु (यूहन्ना १७:२३) । किनकि
येशूमा तिम्रो निम्ति मेरो प्रेम प्रकट भएको छ (यूहन्ना १७:२६) । उहाँ मेरा हुबहु
प्रतिरूप हुनुहुन्छ (हिब्रू १:३) । म तिम्रो पक्षमा छु, विरुद्धमा होइन भनी देखाउनलाई येशू यस संसारमा आउनुभयो
(रोमी ८:३१) । तिम्रो र मेरो बिचमा मिलाप ल्याउन येशू मर्नुभएको थियो (२ कोरिन्थी
५:१८-१९) । उहाँको मृत्यु
तिमीप्रति मेरो प्रेमको आखिरी अभिव्यक्ति हो (१ यूहन्ना ४:१०) । तिम्रो प्रेम
पाउनलाई मैले प्रेम गरेको हरेक कुरोलाई त्यागेँ (रोमी ८:३१-३२) । तिमीले मेरा पुत्र येशूलाई ग्रहण गर्यौ भने तिमीले मलाई
ग्रहण गर्नेछौ (१ यूहन्ना २:२३) । तिमीलाई मेरो प्रेमले कहिल्यै कुनै पनि कुरोले
अलग गराउनेछैन (रोमी ८:३८-३९) । म सधैँ
पिता थिएँ र सधैँ पिता नै रहनेछु (एफिसी ३:१४-१५) । मेरो प्रश्न यही हो कि के तिमी मेरा छोरा वा छोरी
बन्न चाहन्छौ (यूहन्ना १:१२-१३) ? म धैर्यपूर्वक तिम्रो प्रतीक्षामा छु (लूका १५:११-३२) ।
तिम्रा प्रेमी पिता
सर्वशक्तिमान् परमेश्वर
-gf]6M
Father's Love Letter used by permission Father Heart
Communications ©1999 FathersLoveLetter.com)