menu bar

Wednesday, March 11, 2015

हिन्दु धर्मको दृष्टिकोणमा येशू



येशूको सेवाकार्य केवल साँढे तिन वर्ष लम्बिएको थियो तर त्यस सङ्क्षिप्त अवधिले मानवजातिमा नमेटिने छाप छोडेर गएको उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न तर मानवजातिको बसोबास भएको वटै महादेशमा उहाँलाई पछयाउनेहरू मनग्गे छन् आफूले स्थापना गर्नुभएको ख्रीष्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका प्राय: सबै धर्महरूले उहाँलाई आदर्श व्यक्तित्वको रूपमा हेर्छन् येशू ख्रीष्टियानहरूको पर्खालभित्र मात्र होइन तर गैरख्रीष्टियानहरूको मैदानमा पनि उपस्थित हुनुहुन्छ संसारका विभिन्न प्रमुखसाथै गौण धर्महरूले येशूको बारेमा आफ्नै दृष्टिकोण बनाएका छन् येशू इतिहासको महानतम व्यक्तित्व हुनुभएकोले उहाँप्रति हिन्दु धर्मले पनि आफ्नो दृष्टिकोण व्यक्त गरेको  

अपरेसन वल्र्डको सातौँ संस्करण (२०१०) अनुसार संसारको तेस्रो ठुलो धर्म होहिन्दु धर्म संसारको जम्मा जनसङ्ख्याको झण्डै १४% हिस्सा (करिब ९५ करोड) ओगट्ने हिन्दु धर्मका अनुयायीहरू खास गरी भारत नेपालमा बसोबास गर्दछन् भारतमा थालनी भएको यस धर्मको कुनै एकल संस्थापक छैन यो धर्म प्राचीन मात्र नभएर असाध्यै जटिल पनि हिन्दु धर्ममा थरीथरीका वादहरू पाइने भएकाले तिनीहरूको बिचमा येशूको बारेमा एउटै अवधारणा पाईंदैन प्रतिष्ठित हिन्दु नेता महात्मा गान्धीको दृष्टिमा येशू आदर्श अगुवा हुनुहुन्थ्यो जसले उच्चतम नैतिक जीवन जिउनुभयो

अधिकांश हिन्दुहरूले मान्छेको आत्मिक अवस्थालाई उसको व्यवहार अभ्यासको आधारमा नाप्ने गर्छन् प्रेम, अहिंसा, बलिदान, त्याग, विनम्रताजस्ता गुणहरू भएको मानिसलाई साधुको दर्जा दिइन्छ येशूको जीवनी शिक्षाको आधारमा तिनीहरूको मूल्याङ्कनअनुसार येशू पनि त्यस्तै साधु हुनुहुन्छ

धेरैजसो हिन्दुहरूले येशूको शिक्षालाई औधी आदर गर्छन् कतिपयले उहाँको शिक्षालाई पछयाउन आफ्नो जीवनलाई समर्पण पनि गरेका छन् महात्मा गान्धीले येशूको डाँडाको उपदेशलाई अति नै प्रशंसा गरेका थिए हिन्दु धर्मले बहुईश्वरवादलाई अङ्गाल्ने भएकोले केहीले येशूलाई पनि एकईश्वरको रूपमा अङ्गाल्नदेखि हिच्किचाउँदैनन् तर परमेश्वरकहाँ पुग्ने एउटै मात्र बाटोको रूपमा भने स्वीकार गर्न तयार छैनन्

यसरी हिन्दु धर्मको दृष्टिकोणमा येशू साधु वा पवित्र मानिस, बुद्धिमान् शिक्षक, नैतिकवान् व्यक्तित्व ईश्वरहुनुहुन्छ

Leave Your Comments Here.