menu bar

Tuesday, May 31, 2016

डाक्टरले मर्छन् भनी घोषणा गरेका बिरामी प्रार्थनाद्वारा बाँचे



तिनलाई बेसरी ज्वरो आएको थियो तिनी ओछ्यानमा पस्रिरहेका थिए तिनको अवस्था झनै नाजुक बन्दै गइरहको थियो तिनको थुकमा रगत देखा पर्यो डाक्टरलाई बोलाउनलाई तिनीसित पैसा थिएन

तरै पनि दोस्रो दिन बित्नै लाग्दा पास्टरले डाक्टर पठाए डाक्टरले जाँचे तिनकाअनुसार बिरामीमा क्षयरोगको सङ्क्रमण देखा परेको थियो

तेस्रो दिन तिनको अवस्था झनै नाजुक बन्यो कुनै आशा नै बाँकी थिएन जस्तो देखियो तिनले खोक्न सकेनन् तिनलाई सास फेन पनि गार्हो हुन थाल्यो एक हप्तासम्मै तिनी ओछ्यानमा त्यसै पस्रिरहे तिनको ज्वरो पनि बढेको थियो तिनलाई आफ्नो अन्त्य नजिकिँदै थियो भन्ने लाग्यो डाक्टरले तिनका साथीहरूलाई सूचित गराउन अनुरोध गरे  

तर तिनीसित एउटा सहारा अझै बाँकी थियो: प्रार्थना सूर्य पश्चिमतिर उदाउँदै थियो तिनले आफ्नो सिरानीमा त्यसको परावर्तनलाई देख्न सक्थे आफ्नो आखिरी सासको प्रतीक्षा गर्दै तिनले चार घण्टासम्म प्रार्थना गरे त्यसपछि तिनले एउटा रहस्यपूर्ण अनुभव गरे एउटा यस्तो अनुवभ जसमा परमेश्वर तिनीभित्र बास गर्नुभएको थियो तिनको वरिपरि उपस्थित हुनुहुन्थ्यो तिनले महान् आनन्दको अनुभूति गरे तिनले पुन: खोक्न सके ज्वरो कम भएको थियो मर्ने कुरोलाई तिनले बिर्से रातको साँढे नौ बजे डाक्टर आइपुगे डाक्टर निरुत्साही भए किनकि बिरामी अवश्य मर्नेथिए भनी डाक्टरले बिरामीको अन्तेष्टिको लागि सर्टिफिकेट तयार पारिसकेका थिए तर बिरामी बाँच्न सफल भए तिनको नाउँ हो, तोयोहिको कागवा परमेश्वरले जापानी भूमिमा तिनलाई असाधारण रूपमा प्रयोग गर्नुभयो

ख्रीष्टाब्द १८८८ मा जापानमा जन्मेका कागवा ख्रीष्टियान शान्तिवादी, सुधारक, उपन्यासकारसाथै श्रम अभियन्ता हुन् जापानी अधिकारीहरूका उग्र आलोचना यदाकदा कारावासको बाबजुत पनि तिनले जीवनमा १५० ओटाभन्दा बेसी पुस्तकहरू लेखे सामाजिक सुशासनमा ख्रीष्टियान सिद्धान्तहरूलाई लागु गराउन तिनी परिश्रमपूर्वक लागिरहेलेखेर, बोलेर गरेर तिनले स्कुल, अस्पतालसाथै मण्डलीहरू स्थापना गरेका छन्

   

Leave Your Comments Here.