menu bar

Tuesday, September 20, 2016

“मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो”


अमेरिकाका एघारौँ राष्ट्रपतिको नाउँ होजेम्स नक्स पोल्क । तिनले ख्रीष्टाब्द १८४५१८४९ सम्म राष्ट्रपतिको रूपमा रहेर सेवा गरे । तिनी आफ्नो जीवनको आखिरी घडीसम्म उक्त पदमा थिए । ३ मार्च १८४९ को रात थियो जुन बेला तिनी अफिसबाहिर थिए । भोलीपल्ट तिनका उत्तराधिकारी जकरी टेलरलाई राष्ट्रपतिमा नियुक्त गर्ने तालिका रहेको थियो तर त्यो दिन आइतबार अर्थात् मण्डली जाने दिन परेकोले जकरीले शपथ लिन मानेनन् । तिनले भने, “मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो ।तिनको नियुक्तीलाई सोमबार अर्थात् मार्च ५ सम्म स्थगित गरियो । त्यसैले, एक दिनको लागि डेभिड राइसलाई कार्यकारी राष्ट्रपति बनाइयो ।

अमेरिकाका बार्‍हौँ राष्ट्रपति जकरी टेलर ख्रीष्टाब्द १८४९ देखि १९५० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म राष्ट्रपति पदमा रहे । 

के अमेरिकाको राष्ट्रपति हुनुभन्दा अर्को कुनै प्राथमिक कुरो छ होला र ?

जकरीको लागि थियोसङ्गतीको लागि मण्डलीमा जानु ।  

Leave Your Comments Here.


Wednesday, September 7, 2016

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ७ ओटा कारण



नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रीष्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पुरै रोमलाई ढाकिदियो, र यो आज हाम्रो भूमिसम्म फैलिएर आएको छ । किन मानिसहरू यस विश्वासतर्फ आकर्षित भएका होलान् ? यहाँ ७ ओटा कारण पेस गरिएका छन् ।  

१. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ ।
येशूले मानव चोला धारण गर्नुका थुप्रै कारणहरू थिएभविष्यवाणीहरू पुरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरूलाई पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय हासिल गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् । उहाँले आफ्ना घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्नुहुँदा पत्रुस नामक चेलाले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ” (यूहन्ना ६:६८६९) । 

२. यसको धर्मशास्त्र भरोसायोग्य छ ।
ख्रीष्टियमतको धर्मशास्त्रको नाउँ हो, बाइबल । चालिसभन्दा बेसी मानवीय लेखकले करिब १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्टियान विश्वास निर्भर छ । यसले एउटै कथावस्तु (मानवजातिको लागि परमेश्वरको छुटकाराको योजना) लाई व्यक्त गर्दछ, जुन सृष्टिबाट आरम्भ भएर अनन्तताको प्रवेशद्वारमा गएर टुङ्गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले पटकपटक पुष्टि गरेका छन् । इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिपि गरिएको भए तापनि यसको सच्चाइ गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित गरेका छन् ।

३. यसको आधारभूत दाबी ऐतिहासिक रूपमा साँचो छ ।
सुरुका ख्रीष्टियानहरू कुनै राजनीतिक वा धार्मिक मतभेदबाट अभिप्रेरित थिएनन् । तिनीहरूका प्राथमिक विषयहरू नैतिक वा सामाजिक पनि थिएनन् । तिनीहरू चिरपरिचित ईश्वरशास्त्री वा सामाजिक दार्शनिकहरू पनि थिएनन् । तिनीहरू प्रत्यक्षदर्शीहरू थिए । एउटा निर्दोष मान्छे मर्नुभएको र तिन दिनपश्चात् फेरि जीवित भई मानिसहरूका बिचमा हिँड्नुभएको ती आदि ख्रीष्टियानहरूले आफ्नै आँखाले देखेका थिए, र त्यही अद्भूत खबर संसारलाई बताउन तिनीहरूले आफ्ना जीवन नै खतरामा हाले । तिनीहरूको तर्क मूर्त थियो । येशू रोमी बडाहाकिम पन्तियस पिलातसको समयमा मारिनुभयो । उहाँको मृत शरीरलाई अरू कसैको चिहानमा राखी त्यस चिहानलाई छाप लगाइयो । चिहानको सुरक्षाको निम्ति पहरेदारहरू खटाइएका थिए । तरै पनि तिन दिनपश्चात् चिहान रित्तो देखियो । उहाँलाई जीवित देख्नेहरूले आफ्नो जीवनै जोखिममा हालेर उक्त सन्देशको घोषणा गरे ।

४. यसमा जीवनलाई रूपान्तरण गर्ने शक्ति छ ।
येशूलाई गिरफ्तार गरिँदा उहाँलाई छाडेर जाने उहाँका चेलाहरू मात्र केही हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन्, तर उहाँका शत्रुहरू पनि बद्लिए । ख्रीष्टियानहरूमाथि उग्र सतावट गर्ने एक जना शाऊल (पछि पावल) नाउँका मानिस थिए, जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै बारेमा बताउने एक प्रमुख चेला बने (गलाती १:११२४) । येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र रूपान्तरित भएका छैनन्, तर आधुनिक विद्वान्हरू पनि ।   

५. यसले मानवीय स्वभावलाई सही तवरले विश्लेषण गर्दछ ।
समाजको वास्तविक समस्या भनेको ह्दयको समस्या हो भनी बाइबलले बताउँछ । जानकारी र प्रविधिको यस युगमा चारित्रिक असफलताको कारणले परिवार, सरकार, सङ्घसंस्था, धर्म, शिक्षासाथै कलाहरूमा कलङ्क लागेको छ । जातिय पूर्वाग्रह, दुव्र्यसन, दुव्र्यवहार, सम्बन्धविच्छेदजस्ता समस्याहरू अक्सर सुनिन्छन् । हाम्रा समस्याहरू अज्ञानता, उचित भोजन र सरकारमा छन् भनी प्राय: मानिसहरू विश्वास गर्न चाहन्छन् । तर येशूले पहिलो शताब्दीका स्रोताहरूलाई भन्नुभएको वचन आज पनि उत्तिकै सान्दर्भिक छ, “किनकि ह्दयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन् । यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्” (मत्ती १५:१९२०) ।

६. यसले समाजमा असाधारण प्रभाव पारेको छ ।
एक जना नासरतका सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो । पात्रो र मितिहरू उहाँको जन्मका मौन गवाहहरू हुन् । घरको छत, हार, कुण्डल, क्रुसको चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरू उहाँको मृत्युका दृश्यवान् साक्षीहरू हुन् । सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल कारखानासम्बन्धी नीति नियमको लागि पाश्चत्य दृष्टिकोणले जुन आधार तय गर्‍यो, त्यसको जग आधारभूत ख्रीष्टियान मूल्य मान्यतामा गडेको थियो । पूर्वसाथै पश्चिममा भएका सामाजिक राहतका सङ्घसंस्थाहरू हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै सेकुलर अज्ञेयवादमा मौलाएका होइनन्, तर प्रत्यक्ष वा परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरूमा । समाज सुधारको निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको छ, त्यो अतुलनीय छ ।  

७. यसमा उद्धार पाइन्छ ।  
वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आआफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन । ख्रीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन, तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको स्वीकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौँ भन्ने स्वीकारको खाँचो छ (एफिसी २:८१०) ।  



Leave Your Comments Here.


Monday, September 5, 2016

प्रभावशाली नास्तिक वैज्ञानिकले आफू ख्रीष्टियान भएको घोषणा गरे



विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा केन्द्रित हुने थियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपथ्र्योपरमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो । 

वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए । स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए । सहभागीहरूमध्ये धेरैले तिनलाई नास्तिकको रूपमा चिन्थे होलान् । निस्सन्देह, स्यान्डेज परमेश्वरमाथि विश्वास नगर्ने वैज्ञानिकहरूको समूहमा गएर मिसिन्थे भनी अपेक्षा गरिएको थियो ।

तर त्यहाँ अनपेक्षित कुरो भयो । तिनी परमेश्वरमाथि विश्वास गर्नेहरूको समूहमा गए । अझै छक्क पार्ने कुरो के थियो भने तिनी पचास वर्षकै उमेरमा ख्रीष्टियान भएका थिए भनी तिनले त्यहाँ सार्वजनिक रूपमा पर्दाफास गरे ।   

भौतिक शास्त्रले महाविस्फोटलाई व्याख्या गर्न नसक्ने भएकोले यसको पछाडि अलौकिक तत्त्व रहेकै हुनुपर्छ भन्ने स्यान्डेजको ठम्याइ रहेको थियो । पदार्थ, अन्तरिक्ष, समय र शक्तिको आकस्मिक उत्पत्तिले कुनै न कुनै किसिमको पराभौतिक अस्तित्वको आवश्यकतालाई दर्शाउँछ ।

स्यान्डेजले भनेका छन्, “मेरो विज्ञानले मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा निकै जटिल छ भन्ने निष्कर्षमा पुर्‍यायो ।पछि तिनले पत्रकारलाई बताए, “अस्तित्वको रहस्यलाई म अलौकिक शक्तिद्वारा मात्रै बुझ्न सक्छु ।

ख्रीष्टाब्द १९२६ मा अमेरिकामा जन्मेका स्यान्डेजले पहिलो पटक तर्कसङ्गत रूपमा विश्वको आरम्भको मिति निधो गरेका थिए । पहिलो क्वासर पत्ता लगाउने वैज्ञानिक पनि तिनी नै थिए । विभिन्न पुरस्कारहरू हात पारेका स्यान्डेजले आफू ख्रीष्टियान भएको घोषणा गरेपछि धर्म र विज्ञानसित सम्बन्धित विभिन्न निबन्धहरू लेख्न सुरु गरे ।   

यसरी, आधुनिक वैज्ञानिक खोजहरूले संसारकै विख्यात नास्तिक खगोलविद्लाई आस्तिकवादमा मात्र रूपान्तरण गरेनन् तर, ख्रीष्टियानमा पनि ।   




Leave Your Comments Here.


Friday, September 2, 2016

मैले एक वर्षमा २७ ओटा किताब पढेछु



तपाईंको नाउँ ?
कमल अधिकारी ।

यो अन्तर्वार्ता तपाईंको पढ्ने आदतसित सम्बन्धित छ भन्नेबारे के तपाईं सचेत हुनुहुन्छ ?
हजुर ।

दैनिक पढ्ने आदतलाई कहिलेदेखि सुरु गर्नुभयो ?
सेप्टेम्बर ३, २०१५ बाट ।

यसको अर्थ, आज एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गर्नुभयो ?
हो ।

के तपाईंले एक दिन पनि नबिराई ३६५ दिन नै पढ्नुभयो ?
हजुर, एक दिन पनि बिराइनँ ।

एक वर्षमा जम्माजम्मी कति ओटा किताब पढ्नुभयो ?
मैले एक वर्षमा २७ ओटा किताब पढेछु ।

तीमध्ये कुनै एउटालाई सर्वोत्तम भनेर छान्नुपर्‍यो भने कुनलाई छान्नुहुन्छ ?
Norman L. Geisler and Frank Turek
द्वारा लिखित पुस्तक I Don't Have Enough Faith to Be an Atheist

तपाईंको नियमित पढाइको लागि दिनमा कति समय खर्चनुहुन्थ्यो ?
लगभग आधा घन्टा ।

यसको अर्थ, वर्षमा तपाईंले लगभग १८२ घन्टा पढाइको लागि खर्चनुभयो, हो ?
लगभग त्यस्तै हुन आउँछ ।

किन पढ्नुहुन्छ ?
सिक्न र सिकाउन ।

यस आदतबाट के सिक्नुभयो जस्तो लाग्छ ?
पढ्नको लागि दैनिक ३० मिनेट छुट्टयाउनुभयो भने मलाई लाग्छ, कि तपाईं आफूले पढ्नुभएको विषयमा दक्ष बन्नुहुनेछ ।

पढ्ने आदत भएका मानिसहरूलाई के सल्लाह दिनुहुन्छ ?
त्यसलाई निरन्तरता दिनुस् ।

नपढ्ने आदत भएका मानिसहरूलाई के सल्लाह दिनुहुन्छ ?
पढ्ने आदत बसाल्नुस् ।






Leave Your Comments Here.