येशू अद्वितीय हुनुहुन्छ ।
आफ्नो जीवन यापनमा मात्रै येशू अरूभन्दा फरक हुनुहुन्न, तर उहाँको शिक्षा पनि अतुलनीय छ । छोटो समयमा सिकाउनुभएको
उहाँको शिक्षाले संसारलाई सदाको निम्ति बद्लिदियो । हालसम्म हामीले उहाँको जीवनका
६ वटा अद्वितीय पक्षबारे हेरिसकेका छौँः
(१)
पुरा भएका
भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ
(२)
गर्भधारणमा येशू
अद्वितीय हुनुहुन्छ
(३)
उहाँको जीवनमा
येशू अद्वितीय हुनुहुन्छ
(४)
उहाँको मृत्युमा
येशू अद्वितीय हुनुहुन्छ
(५)
उहाँको
पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)
उहाँको
स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
येशूको जीवनका दसवटा अद्वितीय पक्षमध्ये आज हामी सातौँ बुादामा छौँ: उहाँको शिक्षामा
येशू अद्वितीय हुनुहुन्छ ।
७. उहाँको शिक्षामा येशू अद्वितीय हुनुहुन्छ
येशू संसारले चिनेको महानतम शिक्षक हुनुहुन्छ भन्ने सत्यतामा थोरैले मात्र
वादविवाद गर्लान् ।
येशू ख्रीष्टको आफ्नै भनाइअनुसार उहाँको शिक्षाको सारले पुरानो करारमा जरा
गाडेको छ, “व्यवस्था अथवा
अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ, किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र
पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले
व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन” (मत्ती ५:१७-१८) । तर, अर्थहीन परम्पराहरू र पुरानो करारको गलत अर्थ खोलाइको
उहाँले भत्र्सना गर्नुभयो (मत्ती ५:२१ उप्रान्त; १५:३-५) । उहाँको
शिक्षाको सार नयाँ नभए तापनि जुन शैली र जुन रूपमा उहाँले सिकाउनुभयो, त्यो अद्वितीय थियो । डाँडाको उपदेशले नवीन
शिक्षण विधिलाई सूचित गर्छ । मर्कूस लेख्छन्, “तिनीहरू उहाँ [येशू] का शिक्षामा चकित भए । किनकि उहाँले
तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो” (मर्कूस १:२२) ।
असल सामरी (लूका १०), हराएको छोरा
(लूका १५), हराएको भेडा (लूका १५:४
उप्रान्त) जस्ता जीवन्त दृष्टान्तहरू सञ्चारका श्रेष्ठतम अंशहरू हुन् । येशूको
शिक्षण शैलीमा दृष्टान्तहरू केन्द्रमा उभिएका छन् । येशूको सिकाउने शैलीले बौद्धिक
यहूदीहरूलाई छक्क पार्यो, “यस मानिसले जस्तो
त कुनै मानिसले कहिल्यै बोलन !” (यूहन्ना ७:४६) । बार्ह वर्षको उमेरमा उहाँले मन्दिरका
रब्बीहरूलाई दङ्ग पारिदिनुभयो, “सुन्नेहरू सबै
उहाँको समझ-शक्ति र उहाँका
उत्तरहरूमा छक्क पर्दथे” (लूका २:४७) । उहाँलाई
फसाउने हेतुले प्रश्न गर्ने फरिसीहरूलाई येशूले चूप पारिदिनुभयो, “अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन”
(मत्ती २२:४६) ।