जस्टिन
मार्टर दोस्रो शताब्दीका सर्वाधिक
महत्त्वपूर्ण रक्षाशास्त्री (अपोलोजिस्ट) थिए ।
ख्रीष्टियान विश्वासलाई व्यवस्थित र
तर्कसङ्गत रूपमा प्रस्तुत गर्ने
व्यक्तिलाई रक्षाशास्त्री भनिन्छ । आफ्ना
केही शिष्यहरूसँगै सहिद
भएका जस्टिनलाई ख्रीष्टियान
जगत्ले सन्तको रूपमा श्रद्धा
गर्छ । तिनका
अधिकांश कृतिहरू हराएर गएका
छन्, केवल तिन
ओटा सुरक्षित छन्
। जस्टिन रक्षाशास्त्री,
दार्शनिक र लेखक
थिए जो सहिद
बने ।
जस्टिनको
जन्म प्यालेस्टाइनको सामरियामा
भएको थियो, अन्यजाति
परिवारमा । बाल्यकालमा
राम्रै शिक्षा हासिल गरेका
जस्टिन दार्शनिक प्लेटोको दर्शनशास्त्रबाट
प्रभावित थिए ।
तिनी एफिससमा छँदा
एक जना प्रौढ
ख्रीष्टियान व्यक्तिबाट निकै प्रभावित
भए जसलाई तिनले
समद्रीतटमा संयोगवश: भेटेका थिए
। पुरानो करारका
यहूदी अगमवक्ताहरूले मसीहको
बारेमा बताएका भविष्यवाणीहरू येशूको
जीवनमा पुरा भएका
छन् भनी ती
वृद्धले बताउँदा जस्टिन छक्क
परे । ख्रीष्टाब्द
१३२ मा तिनले
आफ्नो जीवन येशूमा
सुम्पे अर्थात् तिनी ख्रीष्टियान
भए । तर
तिनी प्लेटोवादबाट पूर्णत:
मुक्त हुन भने
सकेनन् ।
तिनका
तिन ओटा कृतिहरू
यस प्रकार छन्:
- फस्ट अपोलोजी: रोमी सम्राट् एन्टोनियस र धर्मपुत्रको रूपमा पालिएका तिनका सन्तानहरूलाई सम्बोधन गरिएको यस कृतिमा जस्टिनले ख्रीष्टियान दर्शनको वकालत गरेका छन् । तिनको पहिलो र दोस्रो अपोलोजी ख्रीष्टियान रक्षाशास्त्रका प्रारम्भिक कृतिहरूमध्येमा पर्छन् ।
- सेकेन्ड अपोलोजी अफ जस्टिन मार्टर: प्राचीन रोमको राष्ट्रिय परिषद्लाई सम्बोधन गरिएको यस कृतिमा लेखकले ख्रीष्टियानहरूका विरुद्धमा लगाइएका अभियोगहरूको खण्डन गरेका छन् ।
- डायलग विथ ट्राइफो: जस्टिन र ट्राइफो नाउँ गरेको यहूदी रब्बीबिच भएको संवाद हो यो । ख्रीष्टियमत सबै मानिसहरूका लागि एउटा नयाँ व्यवस्था हो र येशू नै यहूदीहरूले अपेक्षा गरेको मसीह हुनुहुन्छ भनी प्रमाणित गर्न कोसिस गरिएको छ यसमा ।
करिब
ख्रीष्टाब्द १०० मा
जन्मेका जस्टिन १६५ मा
सधैँका लागि येशूको
काखमा पुगेका थिए
।