उन्नाइसौँ
शताब्दीको अन्त्यतिर अमेरिकामा जन्मेका
डोनाल्ड जी. बार्नहाउस
प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक
थिए । ख्रीष्टाब्द
१९२७ देखि १९६०
मा आफ्नो मृत्यु
नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियास्थित
टेन्थ
प्रेसबिटेरिएन
चर्चमा पास्टरीय
सेवा–कार्य गरेका
थिए ।
बार्नहाउसकी
पत्नीको मृत्युपश्चात् छोरीहरूलाई हुर्काउने जिम्मा
तिनको काँधमा आयो
। तिनले सम्भवत:
अरू कसैले नगर्ने
कुरो गरे अर्थात्
तिनले आफ्नै पत्नीको
अन्त्येष्टि सेवा सञ्चालन
गरे ।
पास्टर
बार्नहाउस आफ्ना छोरीहरूसँगै अन्त्येष्टि
सेवाको लागि जाँदै
थिए । जीवनमा
आइपरेको त्यस दु:खद परिस्थितिको
बारेमा छोरीहरूलाई केही भन्न
मन लाग्यो पास्टरलाई
। कार हाँक्दै
गर्दा तिनीहरू ट्राफिक
बत्तीमा आएर रोकिए
। दिन उज्यालो
थियो । सूर्यको
किरण तिनीहरूको कारभित्र
प्रवेश गरी तिनीहरूलाई
न्यानो पार्दै थियो ।
तिनीहरूको पछाडि एउटा ट्रक
आएर रोकियो ।
ट्रकको छायाले तिनीहरूको कारको
भित्री भागलाई अँध्यारोमा परिणत
गरिदियो । त्यस
परिस्थितिलाई प्रयोग गर्दै पास्टरले
आफ्ना छोरीहरूलाई सोधे,
“तिमीहरूलाई केले प्रहार
गरेको चाहन्छयौ— छाया
कि ट्रक ?”
एक
जनाले उत्तर दिइन्,
“बुबा पनि कस्तो
वाहियात प्रश्न सोध्नुहुन्छ ! छायाले
हामीलाई चोट पुर्याउन
सक्दैन । मलाई
त ट्रकले भन्दा
छायाले नै प्रहार
गरोस् ।”
त्यसपछि
पास्टरले तिनीहरूकी आमाको मृत्युबारे
व्याख्या गर्ने कोसिस गरे
। पास्टरले भने
कि उनको मृत्यु
केवल छायाको प्रहारजस्तो
थियो; येशू उनको
ठाउँमा आउनुभयो र ट्रकले
उहाँलाई हान्यो । तिनले
भजनसंग्रह २३ बाट
परिचित वचनहरू उद्धृत गरे,
“मृत्युको अन्धकारमय घाटी भएर
जानुपरे तापनि म कुनै
खतरादेखि डराउनेछैनँ, किनकि तपाईं
मेरो साथमा हुनुहुन्छ
।”