सर
वाल्टर स्कट ऐतिहासिक
उपन्यासकार, नाटककार र कवि
थिए । ख्रीष्टाब्द
१७७१ मा स्कटल्यान्डमा
जन्मेका स्कटका उपन्यास र
कविताहरू अझै पनि
पढिन्छन् । अहिले
पनि तिनका कैयौँ
कृतिहरू अङ्ग्रेजी साहित्यमा उत्कृष्ट
पुस्तकहरूको सूचीमा छन् ।
साहित्यिक दुनियाँमा प्रशंसा बटुलेका
स्कट वकिलसाथै न्यायाधीश
पनि थिए ।
तिनले साठीभन्दा बेसी
कृति छाडेर गएका
छन् ।
स्कट
आफ्नो मृत्युको घडीतिर
लम्कँदै थिए ।
आफ्नो मृत्यु शैय्यामा
पल्टिरहँदा स्कटले आफ्नो बृहत्
पुस्तकालयबाट आफ्ना ज्वाइँ जोन
जी. लोकहार्टलाई “त्यो
पुस्तक” ल्याउन अनुरोध गरे
। लेखकसाथै सम्पादक
लोकहार्टले स्वाभाविक रूपमा प्रश्न
गरे, “कुनचाहिँ पुस्तक
सर वाल्टर ?” पवित्र
बाइबललाई देखाउँदै स्कटले जवाफ
दिए, “त्यहाँ एउटै
मात्र ‘त्यो पुस्तक’
छ ।” आफ्नो
पुस्तकालयमा भएका आफैले
लेखेकासहित हजारौँ उकृष्ट पुस्तकका
बिचमा आफ्नो मृत्यु शैय्यामा
बाइबललाई छानी प्रतिभाशाली
लेखक सर वाल्टरले
सही मूल्याङ्कन गरे
। बाइबल तिनको
पुस्तकालयमा मात्रै नभई संसारभरि
नै श्रेष्ठतम पुस्तक
हो ।