६१
वर्षका क्रेग एल. ब्लम्वर्ग
नयाँ करारका परिचित
विद्वान् हुन् ।
येशूको जीवनीको अध्ययनमा तिनी
आधिकारिक व्यक्ति हुन् ।
नयाँ करारमा विद्यावारिधि
गरेका क्रेगले १९८६
देखि प्रतिष्ठित डेन्भर सेमिनारीमा पढाउँदै
आएका छन् ।
झण्डै दुई दर्जन
कृतिका लेखक क्रेगले
मिखाएल जे. विकिन्स
र जे. पी.
मोरल्यान्डद्वारा सम्पादित जिसस अन्डर
फाएर
(ख्रीष्टाब्द १९९५) नामक पुस्तकमा
एउटा गतिलो अध्याय
योगदान गरेका छन् ।
पुस्तकको ४०–४१
पृष्ठ सङ्ख्यामा लेखकले
यूहन्नाको सुसमाचारमा अभिलिखित कैयौँ
ऐतिहासिक स्थानहरूलाई आधुनिक पुरातत्त्वविद्याले
पुष्टि गरेको छ भनी
व्यक्त गरेका छन्:
जहाँ–जहाँ सुसमाचारहरूका
ज्ञात तथ्यहरूलाई जाँच
गर्न सकिन्छ ती
उल्लेखनीय रूपमा निरन्तर सही
साबित भएका छन्,
खास गरी यूहन्नाको
सुसमाचारमा । पुरातत्त्वविद्हरूले
भेडा–ढोकाको नजिक
रहेको बेथस्दाको जल–कुण्डका पाँच ओटा
दलान (५:२),
सिलोआमको तलाउ (९:१–७), सुखारमा
भएको याकूबको इनार
(४:५), पिलातसले
येशूलाई जाँच गरेको
“ढुङ्गाका पाटी” [गब्बथा] (१९:१३)
र मन्दिरका हाताहरूमा
भएको सोलोमनको दलान
(१०:२२–२३)
को उत्खनन् गरेका
छन् । हालै
मात्र अर्थात् १९६१
मा कैसरियामा एउटा
शिलालेख फेला पारियो
जसले पहिलो पटक
ख्रीष्टको समयमा शासन गर्ने
यहूदियाका बडाहाकिम पिलातसको सम्बन्धमा
बाइबलेतर प्रमाणलाई जुटाएको छ
। प्यालेस्टाइनमा पहिलो
शताब्दीको योहानान नाउँ गरेको
क्रूसमा चढाइएको मानिसको अस्थि–बाकसको खोजले उसका
गोलीगाँठाहरूमा काँटीहरूको प्रयोग भएको
पुष्टि भएको छ
जसरी ख्रीष्टलाई ठोकिएको
थियो । दण्डाज्ञा
पाएका मानिसका खुट्टाहरूलाई
क्रूसमा टाँग्नका लागि डोरीको
प्रयोग गरिन्थ्यो भनी पहिले
सन्देहवादीहरूले विचार गर्थे ।
... १९९० मा यरूशलेममा
यहूदी प्रधान पूजाहारी
कैयाफा र तिनको
परिवारको समाधिस्थल पत्ता लगाइयो
। यीलगायत अन्य
वर्णनहरूले जाँच गर्न
सकिने क्षेत्रहरूमा सुसमाचारको
विश्वसनीयताबारे अनुकूल प्रभावको रचना
गर्छन् ।