येशू अद्वितीय हुनुहुन्छ ।
आज हामी यस विषयको आठौँ दिनमा प्रवेश गर्दै छौँ । आज हामी उहाँको
व्यक्तित्वबारे हेर्न गइरहेका छौँ अर्थात् उहाँमा ईश्वरीय र मानवीय दुईवटा स्वभाव
थिए भन्ने विषयमा अध्ययन गर्दै छौँ । यो कुनै नयाँ विषय भने पक्कै होइन । मलाई
लाग्छ, हामीले यसबारे धेरै पटक
सुनिसकेका छौँ र हामी यो विषयबारे परिचित छौँ । हालसम्म हामीले हेरिसक्यौँः
(१)
पुरा भएका
भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ
(२)
गर्भधारणमा येशू
अद्वितीय हुनुहुन्छ
(३)
उहाँको जीवनमा
येशू अद्वितीय हुनुहुन्छ
(४)
उहाँको मृत्युमा
येशू अद्वितीय हुनुहुन्छ
(५)
उहाँको
पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)
उहाँको
स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)
उहाँको शिक्षामा
येशू अद्वितीय हुनुहुन्छ
आज हामी हेर्दै छौँः उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ ।
८. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ
येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव
थिए । उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो । पवित्रशास्त्र बाइबलको
साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ ।
उहाँले मानव-जातिको
प्रतिनिधित्व गर्नुपर्ने भएकोले उहाँ मानिस भएर जन्मनुपथ्र्यो । उहाँ मानिस पनि
हुनुहुन्थ्यो भन्ने साक्षी बाइबल धर्मशास्त्रबाट प्रस्ट छः
(१) उहाँ कन्याबाट जन्मनुभयो ।
“हेर, कन्याले गर्भधारण
गर्नेछिन्, र तिनले एउटा पुत्र
जन्माउनेछिन्, र उहाँको नाउँ
इम्मानुएल राखिनेछ” (मत्ती १:२३) ।
इम्मानुएल येशू हुनुहुन्थ्यो ।
(२) उहाँ सामान्य रूपमा हुर्कनुभयो ।
अरू मानिसहरूजस्तै उहाँ मानसिक, शारीरिक, आत्मिक र सामाजिक
रूपमा हुर्कनुभयो, “अनि येशू
बुद्धिमा, कदमा र परमेश्वर र
मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) ।
(३) उहाँले मानवीय गुणहरूलाई प्रदर्शित गर्नुभयो ।
- उहाँ भोकाउनुभयो
(मत्ती ४:२) ।
- उहाँ थाक्नुभयो
(यूहन्ना ४:६) ।
- उहाँ
तिर्खाउनुभयो (यूहन्ना ४:७) ।
- उहाँ रुनुभयो
(यूहन्ना ११:३५) ।
(४) उहाँसित मानवीय नाउँहरू थिए ।
उहाँलाई “दाऊदका पुत्र”
भनिएको छ जसले उहाँ राजा दाऊदको वंशबाट
आउनुभएको थियो भनी अङ्कित गर्छ । उहाँलाई “येशू” (मत्ती १:२१), “मानिस” (१ तिमोथी २:५) भनिएको छ ।
एकातिर येशू पूर्ण मानिस हुनुहुन्थ्यो भने अर्कोतिर उहाँ पूर्ण परमेश्वर
हुनुहुन्थ्यो ।
(१) उहाँमा परमेश्वरमा मात्र हुने गुणहरू थिए ।
उहाँ अनन्त (यूहन्ना ८:५९), सर्वव्यापी
(मत्ती २८:२०), सर्वज्ञानी
(यूहन्ना ४:२९), सर्वशक्तिमान्
(यूहन्ना ११:३८-४४) हुनुहुन्थ्यो
।
(२) उहाँले केवल परमेश्वरले गर्न सक्नुहुने कामहरू गर्नुभयो ।
- उहाँले पापको
क्षमा दिनुभयो (मर्कूस २:१-१२) ।
- उहाँले आराधनाको
स्वीकार गर्नुभयो (यूहन्ना ९:३८) ।
- उहाँले
आश्चर्यकर्महरू गर्नुभयो (मत्ती ८:२७) ।
- उहाँले अनन्त
जीवन दिन सक्नुहुन्छ (यूहन्ना ५:२१) ।
(३) उहाँलाई परमेश्वरका नाउँहरू दिइएका छन् ।
- उहाँलाई
परमेश्वरका पुत्र भनिएको छ (यूहन्ना १०:३६) ।
- उहाँलाई प्रभु/परमप्रभु भनिएको छ (मत्ती ७:२१) ।
- उहाँलाई परमेश्वर
भनिएको छ (यूहन्ना १:१)
यसरी, येशू ख्रीष्ट परमेश्वर र
मानिस दुवै हुनुहुन्थ्यो भन्ने तथ्य बाइबलबाट काँचझैँ छर्लङ्ग छ ।
हामी मानव-जातिसित एउट मात्र स्वभाव
(मानवीय) हुन्छ, तर उहाँमा मानवीय
र ईश्वरीय दुवै स्वभाव थिए ।
Leave Your Comments Here.