menu bar

Tuesday, December 13, 2016

उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ (भाग ३)


येशू अद्वितीय हुनुहुन्छ ।

हिजो हामीले येशूको गर्भधारणबारे हेरेका थियौँ । उहाँ पवित्र आत्माद्वारा जसरी मरियमको गर्भमा आउनुभएको थियो, त्यो अद्वितीय छ ।  

आज हामी तेस्रो बुादामा छौँ: उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ । 

३. उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ 
गालीलको कानामा गरिएको येशूको पहिलो आश्चार्यकर्म (यूहन्ना २:११) देखि नै उहाँको सेवा-कार्य आश्चर्यकर्महरूद्वारा गाँसिएको थियो । उहाँका आश्चर्यकर्महरू भ्रान्तिमूलक रोगका चङ्गाइहरू थिएनन्, न त ती प्राकृतिक नियमहरूद्वारा व्याख्या गर्न सकिने खालका थिए । तिनीहरू अद्वितीय थिए किनकि तिनीहरू तुरुन्त, सधैँ सफलदायी, पुनरावर्तन गर्न नसकिने र औषधीद्वारा निको पार्न नसकिने खालका थिए । उहाँले मरेकाहरूलाई आफ्नै शक्तिद्वारा पुनर्जीवित पार्नुभयो ।

येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो (यूहन्ना २:७ उप्रान्त); उहाँ पानीमाथि हिँड्नुभयो (मत्ती १४:२५); उहाँले दृष्टिविहीनहरूका आँखा खोलिदिनुभयो (यूहन्ना ९:७ उप्रान्त); उहाँले भूतात्माहरू निकाल्नुभयो (मर्कूस ३:१० उप्रान्त); उहाँले सबै किसिमका रोगहरू निको पार्नुभयो (मत्ती ९:३५); उहाँ मसीह हुनुहुन्छ कि हुनुहुन्न भनी उहाँलाई सोध्दा उहाँले आफ्ना आश्चर्यकर्महरूलाई समर्थन गर्ने साक्षीको रूपमा प्रस्तुत गर्नुभयो, “तिनीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गडाहरू हिँड्दछन् । कुष्ठरोगीहरू शुद्ध पारिएका छन् । बहिराहरू सुन्न सक्ने भएका छन् । मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछन्” (मत्ती ११:४-५) ।

आश्चर्यकर्म भनेको घटनाहरूको सामान्य गतिमाथि हस्तक्षेप गर्ने परमेश्वरको एउटा विशेष कार्य हो । येशूले गर्नुभएका थुप्रै आश्चर्यकर्महरूलाई सुसमाचारीय पुस्तकहरूले अभिलिखित गरेका छन् । नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबल (ख्रीष्टाब्द २०१२) ले येशूले गर्नुभएका ३५ ओटा आश्चर्यकर्मको सूची दिएको छ । आफ्नो ईश्वरत्वको पुष्टि गर्नको लागि येशूले आफ्नो सेवा अवधिमा आश्चर्यकर्महरू गर्नुभयो भनी धर्मशास्त्रले बताउँछ । उहाँका आश्चर्यकर्महरूले विभिन्न हातामाथि भएको उहाँको शक्तिलाई प्रदर्शित गर्छन्प्रकृति, रोग, भूतात्मा, सृष्टिसाथै मृत्यु ।

उहाँका आश्चर्यकर्महरू ऐतिहासिक थिए भन्नाका लागि निम्न लिखित कारणहरू दिन सकिन्छन्:
  • नयाँ करारको विश्वसनियताले उहाँका आश्चर्यकर्महरूको पुष्टि गर्छन् ।
  • बाइबलेतर स्रोतहरूले उहाँका आश्चर्यकर्महरूको पुष्टि गर्छन् ।
  •  उहाँका वैरीहरूको स्वीकारले उहाँका आश्चर्यकर्महरूको पुष्टि गर्छन् ।
  • हजारौँका गवाहीले उहाँका आश्चर्यकर्महरूको पुष्टि गर्छन् ।
  • ऐतिहासिकताको समावेशले उहाँका आश्चर्यकर्महरूको पुष्टि गर्छ ।

तब हामी भन्न सक्छौँ कि येशूले दृष्टिविहीनहरूलाई दृष्टि दिनुभयो; बैराहरूलाई पुन: सुन्ने बनाउनुभयो; लङ्गडाहरूलाई हिँड्न सक्षम तुल्याउनुभयो; कुष्ठरोगीहरूलाई शुद्ध पार्नुभयो; भूतात्मा लागेकाहरूलाई निको पार्नुभयो र ती प्रस्ट रूपमा मरेकाहरूलाई पुनर्जीवन दिनुभयो ।  
 
येशूले जस्तै कसैले गरेन । कसैले उहाँले जस्तै जीवन जिएन । उहाँ अद्वितीय हुनुहुन्छ । 
क्रमश: ...




Leave Your Comments Here.