menu bar

Sunday, December 4, 2016

ख्रीष्टमसको एउटा सन्देश हो, क्षमा


मानव-जाति पापमा नफसेको भए, के हुन्थ्यो होला ? येशूको पहिलो आगमनको प्राथमिक उद्देश्य उहाँको निष्पाप बलिदान नै भएकोले सायद उहाँ आनु पर्दैनथ्यो कि ? येशू आफैले भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो” (मत्ती २०:२८) । उहाँ हामी पापिष्ठ मानिसहरूलाई क्षमा दिन आउनुभयो ।

एक जना व्यक्तिको भनाइअनुसार क्षमा भनेको तपाईंले मलाई चोट पुर्‍याउनुभएकोले तपाईंलाई चोट पुर्‍याउने मेरो अधिकारलाई त्याग गर्नु हो । मानिसले आज्ञा उल्लङ्घन गरेकोले ऊ दण्डको भागिदार थियो । तर परमेश्वरले हामीलाई दण्ड दिने आफ्नो अधिकारलाई कार्यान्वन गर्नुभएन । क्षमासम्बन्धी यहा एउटा घतलाग्दो उदाहरण छ ।      

अमेरिकी क्रान्तिकारी युद्ध (ख्रीष्टाब्द १७७५-१७८३) को समयमा पेन्सलभेनियामा पिटर मिलर नाउँ गरेका पास्टर बस्थे । तिनको समुदायमा हरेक व्यक्तिले तिनको आदर गथ्र्यो र तिनलाई माया गथ्र्यो तर तिनको मण्डली नजिकै एक जना मान्छे बस्थ्यो जसले तिनलाई घृणा गथ्र्यो । परमेश्वरका सेवकलाई उसले गर्ने दुव्र्यवहारको कारणले उसले कुख्याती कमाएको थियो । उसले मण्डलीलाई मात्र घृणा गर्दैनथ्यो तर पछि थाहा हुन आयो कि त्यो त राष्ट्रघाती पनि रहेछ । ऊ देशद्रोहमा दोषी ठहरियो अनि उसलाई मृत्युदण्ड तोकियो ।

उसको मुद्दाको बहस फिलाडेल्फियामा भएको थियो । पास्टर मिलरले यस विषयमा सुन्नेबित्तिकै तिनी सेनापति वासिङ्गटनलाई भेट्न पैदलै हिँडेर गए । पास्टरले वासिङ्गटनलाई उक्त मानिसलाई क्षमा दिइओस् बिन्ती गरे । तर वासिङ्गटनले भने, “तपाईंको मित्रको निम्ति तपाईंले गर्नुभएको बिन्तीलाई म स्वीकार गर्न सक्दिनँ । मलाई माफ गर्नुस् ।

मित्र !मिलर चिच्च्याए, “त्यो मान्छे त संसारभरिमा नै मेरो सबैभन्दा खराब शत्रु हो ।

के भन्नुभाको ?” छक्क पर्दै सेनापतिले भने, “शत्रुको जीवन बचाउनका लागि तपाईं साठी माइल हिँडेर आउनुभएको ? त्यो त निकै अनौठो कुरो हो त । तपाईंको खातिर म उसलाई क्षमा दिनेछु ।

सेनापति वासिङ्गटनले क्षमापत्रमा हस्ताक्षर गरे । त्यही दिन दिउँसो जुन ठाउँमा अभियुक्तलाई आत्महत्या दिइने तालिका मिलाइएको थियो मिलर पैदलै १५ माइल हिँडेर त्यहाँ पुगे । अपराधीलाई मञ्चमा लगिरहँदा मिलर हस्याङफस्याङ गर्दै आएको देखेर उसले भन्यो, “त्यो बुढो पिटर मिलर हुन् । आज मलाई झुण्ड्याएको हेरेर सन्तुष्ट हुन तिनी एफ्रातादेखि हिँडेर आएका छन् ।तर जब पास्टर मिलरले क्षमापत्र झिकेर उसलाई दियो ऊ मौन भइरह्यो ।    

Leave Your Comments Here.