menu bar

Saturday, December 10, 2016

ख्रीष्टमसबारे २३ ओटा भनाइ (भाग २)


ख्रीष्टमसको आत्माले तपाईंमा शान्ति ल्याओस्; ख्रीष्टमसको प्रसन्नताले तपाईंमा आशा ल्याओस्; ख्रीष्टमसको न्यायोपनाले तपाईंमा प्रेम ल्याओस् ।
एनोन

ख्रीष्टमस परमेश्वर र परिवारको प्रेमको उत्सव मनाउने अनि सदाको निम्ति जारी रहने यादगरहरूको सृजना गर्ने सिद्ध समय हो । येशू परमेश्वरका सिद्ध, अवर्णनीय उपहार हुनुहुन्छ । उदेकको कुरो यो हो कि हामी यसलाई प्राप्त गर्न मात्र सक्षम छैनौँ, तर ख्रीष्टमससँथै वर्षको कुनै पनि दिनमा हामी यो अरूहरूलाई बाँड्न पनि सक्छौँ ।
जोएल ओस्टिन, लेखक, वक्तासँथै पास्टर

ख्रीष्टमस प्रतिज्ञा हो भने इस्टर प्रमाण हो ।
अज्ञात
ख्रीष्टमसको कथा हाम्रो निम्ति परमेश्वरको अनवरत प्रेमको कथा हो ।
म्याक्स लुकाडो, लेखकसँथै प्रचारक

ख्रीष्टमसका उपहारहरू: तपाईंको शत्रुलाई, क्षमा; विरोधीलाई, सहनशीलता; मित्रलाई, तपाईंको ह्दय; ग्राहकलाई, सेवा; सबैलाई, सौहाद्र्रता; हरेक बच्चालाई, असल उदाहरण; आफैलाई, आदर ।
ओरेन अर्नोल्ड

ख्रीष्टमसको आत्माको ठाउँमा ख्रीष्टको आत्मालाई नियुक्त गरिनुपर्छ । ख्रीष्टमसको आत्मा वार्षिक हो; ख्रीष्टको आत्मा अनन्त हो । ख्रीष्टमसको आत्मा भावात्मक हो; ख्रीष्टको आत्मा अलौकिक हो । ख्रीष्टमसको आत्मा मानवीय उत्पादन हो; ख्रीष्टको आत्मा ईश्वरीय व्यक्तित्व हुनुहुन्छ ।
स्टाउर्ट ब्रिस्को

उहाँले हाम्रो रूप धारण गर्नुभयो ताकि उहाँले हामीलाई उहाँजस्तै बनाउन सकून् ।
अगस्टिन, ख्रीष्टियान दार्शनिक, लेखकसँथै ईश्वरशास्त्री 

हरेक कुरा जान्नुहुने र सँरा विश्वलाई सृजनुहुने अनन्त व्यक्तित्व मानिस मात्र नभई बच्चा पनि हुनुभयो र त्यसभन्दा पहिले स्त्रीको शरीरभित्र भ्रूण बन्नुभयो ।
सी. एस. लेविस, सँहित्यकारसँथै ख्रीष्टियान रक्षाशास्त्री

ह्दयमा ख्रीष्टमस नमनाउनेले यसलाई कहिल्यै पनि रुखमुनि फेला पार्नेछैन ।
रोय एल. स्मिथ

ख्रीष्टमस कुनै दिन या उत्सव मात्र होइन जसलाई मनायो अनि चाँडै बिर्सिदियो । यो एउटा आत्मा हो जुन हाम्रा जीवनको हरेक भागमा व्याप्त हुनुपर्छ ।
विलियम पार्कस

सँधारण गोठालाहरूले स्वर्गदूतको आवाज सुने अनि तिनीहरूले आफ्नो थुमालाई फेला पारे । बुद्धिमान् मानिसहरूले ताराको प्रकाश देखे अनि तिनीहरूले आफ्नो बुद्धिलाई फेला पारे ।
फुल्टन जे. सिन, प्रधान बिशप

ख्रीष्टमसमा परमेश्वरले तपाईंलाई ज्योति दिऊन्, जुन विश्वास हो; ख्रीष्टमसको न्यानोपना दिऊन्, जुन प्रेम हो; ख्रीष्टमसको चमक दिऊन्, जुन शुद्धता हो; ख्रीष्टमसको धार्मिकता दिऊन्, जुन न्याय हो; ख्रीष्टमसमा विश्वास दिऊन्, जुन सत्यता हो; ख्रीष्टमसका सँरा कुराहरू दिऊन्, जुन ख्रीष्ट हुनुहुन्छ ।
विल्डा इङ्गलिस

मानिसहरू परमेश्वरका सन्तान हुन सकुन् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो ।
सी. एस. लेविस, सँहित्यकारसँथै ख्रीष्टियान रक्षाशास्त्री

बेथलेहेमको डुँडमार्फत ख्रीष्टको आगमन अनौठो र आश्चर्यजनक देखिन्छ । तर जब हामी उहाँलाई डुँडबाट निकाली हाम्रा ह्दयभित्र स्वागत गर्छौं तब अर्थ लाग्छ अनि अनौठोपना गायब भएर जान्छ ।
सी. नेइल स्ट्रेट

उहाँ [येशू] हाम्रा प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्थ्यो ।
हेन्री बी. इरिङ

येशू हाम्रो संसँरमा मानिसजस्तै बनेर आउनुभएन, तर मानिस नै बनेर आउनुभयो ।
म्याक्स लुकाडो, लेखकसँथै प्रचारक

ख्रीष्टमस भ्रष्ट मानव-जातिको लागि आशाको सन्देश हो । यो क्षमाको आशा, परमेश्वरसित शान्ति स्थापना गर्ने आशा र महिमाको आशाको सन्देश हो । किनभने पिताको इच्छामा येशू गरिब हुनुभयो र तबेलामा जन्मनुभयो ताकि तिस वर्षपश्चात् उहाँ क्रुसमा टाँगिनसक्नुभएको होस् ।
जे. आई. प्याकर, लेखकसँथै ईश्वरशास्त्री

ख्रीष्ट जन्मनुहुँदा हाम्रो आशा पनि जन्मियो ।
म्याक्स लुकाडो, लेखकसँथै प्रचारक

बेथलेहेमको कारणले मसित स्वर्गमा मुक्तिदाता हुनुहुन्छ । इस्टरले जेको उत्सव मनाउँछ, त्यो ख्रीष्टमससँगै सुरु हुन्छ । डुँडको बालक क्रुसमा राजा बन्नुभयो ।
म्याक्स लुकाडो, लेखकसँथै प्रचारक

ख्रीष्टमा आशा जीवित हुन्छ ।
नेल एल. इन्डरसन

ख्रीष्टमसको कथा एउटा परिवारको कथा हो जसले स्वर्ग र पृथ्वीलाई जोड्छ ।
रिचार्ड जे. मेनिस

ख्रीष्टमस कपोलकल्पित कथा होइन, न यो परम्पर हो, न सपना । यो एउटा महिमित सत्यता हो ।
बिल्ली ग्राहम, सुसमाचार प्रचारकसँथै लेखक

ख्रीष्टमस यस्तो घटनाको उत्सव हो जसले स्वर्गलाई गितमा ढाल्छ ।
बिल्ली ग्राहम, सुसमाचार प्रचारकसँथै लेखक




Leave Your Comments Here.