येशू अद्वितीय हुनुहुन्छ ।
हुन त हामी ख्रीष्टमसको सिजनमा छौँ जुन उहाँको मृत्युसित नभई जन्मसित जोडिएको
बडा दिन हो । तर हामीले येशू अद्वितीय हुनुहुन्छ भन्ने विषयमा हेर्दै आएकाले र
उहाँको मृत्यु पनि सारा मानव इतिहासमा अद्वितीय भएकोले यसलाई छुटाउनु मुनासिब
हुँदैन । विगत तिन दिनमा हामीले क्रमश: हेरिसकेका छौँ:
(१) पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ
(२) गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३) उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
आज हामी चौथो बुँदामा प्रवेश गर्दै छौँ: उहाँको मृत्युमा येशू अद्वितीय
हुनुहुन्छ ।
४. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ
उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रुसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय
भएको होइन, तर प्यालेस्टाइनमा
क्रूसारोहण अज्ञात हुँदा भजनसंग्रह २ मा धेरै पहिले नै उहाँको मृत्युको बारेमा
भविष्यवाणी गरिएकोले यो अद्वितीय भएको हो । उहाँको पापरहित र पवित्र चरित्रको
प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि यो अद्वितीय छ ।
उहाँको मृत्युको समयमा घटेका आश्चार्यमय घटनाहरूले पनि यसलाई अद्वितीय बनाउँछ
। उहाँको मृत्युको घडीमा अन्धकार छायो; भूकम्प गयो; मन्दिरको पर्दा
च्यातियो र चिहानहरू उघारिए । मध्यान्हदेखि दिउँसो तिन बजेसम्म अन्धकार छायो,
“बाह् बजेदेखि तीन बजेसम्म सारा देशलाई
अन्धकारले छोप्यो” (मर्कूस १५:३३)
।
।
क्रूसारोहणको समयमा येशूले भोग्नुभएको अति पीडादायी यातना आश्चार्यमय थियो ।
उहाँलाई गिल्ला गर्नेहरू र उहाँलाई मृत्युदण्ड दिनेहरूप्रति भएको येशूको धारणा
आश्चार्यमय छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्”
(लूका २३:३४) । येशू जुन तरिकाले मर्नुभयो त्यो
आश्चार्यमय थियो जस्तो उहाँले भन्नुभयो, “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु” (यूहन्ना १०:१८) । उहाँको प्रस्थानको क्षणमा पनि मृत्युले
उहाँमाथि विजय गर्न सकेन, बरु उहाँले
स्वेच्छाले आफ्नो आत्मा त्याग गर्नुभयो, “उहाँले भन्नुभयो, ‘अब सिद्धियो’, र उहाँले शिर
निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो” (यूहन्ना १९:३०) ।
क्रुसमा टाँगिनुभएका ख्रीष्ट र वरिपरिका घटनाहरूलाई देखेपछि सैयौँ मान्छेलाई
क्रुसमा टाँगी मृत्युदण्ड दिँदै आएका रोमी कप्तानले सही निष्कर्ष निकालेका थिए,
“साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४) ।
क्रमशः