नेपाल बाइबल
सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबल (ख्रीष्टाब्द २०१२) को
पहिलो पुस्तकको पहिलो
अध्यायको पहिलो पदमा लेखिएको
छ: “आदिमा परमेश्वरले
आकाशमण्डल र पृथ्वी
सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) ।
सृष्टिसम्बन्धी यस कथनसहित
बाइबलको कथाको आरम्भ हुन्छ
। बाइबलको यस
पहिलो पदबाट थुप्रै
सत्यताहरू बाहिर निस्कन्छन् ।
बाइबलको यस पहिलो
पदबारे तपाईंले ५ ओटा
कुरा जान्नु आवश्यक
छ जुन यस
प्रकार छन्:
- यो विश्व (अङ्ग्रेजीमा युनिभर्स) अनन्त छैन । एउटा निश्चित बिन्दुमा यसको सृष्टि गरियो । विगतमा विश्व अनन्त छ भनी विश्वास गरिएको भए तापनि बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले यो अनन्त छैन भनी पुष्टि गरेका छन् । महाविस्फोटमा यसको आरम्भ भएको थियो भनी अधिकांश वैज्ञानिकहरू सहमत छन् ।
- यो आफै सृष्टि भएको होइन । किनभने अस्तित्वविहीनले कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउन सक्दैन । शून्यताबाट कहिल्यै स्वत: कुनै पनि वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । सारा वैज्ञानिक नियमहरू महाविस्फोटमा मात्र अस्तित्वमा आएकाले वैज्ञानिक नियमहरूबाट यो विश्वको उदय हुन सक्ने सम्भावना छैन ।
- एक बुद्धिमान् रचनाकारले सारा विश्वलाई अस्तित्वमा ल्याउनुभयो । एकातिर यो विश्व अनन्त छैन र अर्कोतिर यो आफै उत्पत्ति भएको हुन सक्दैन भने यसको अस्तित्वको पछाडि एक जना रचनाकार हुनैपर्छ जसलाई परमेश्वर भनिन्छ ।
- परमेश्वरले सारा विश्वलाई शून्यताबाट सृष्टि गर्नुभयो । उहाँले यसलाई पहिले नै अस्तित्वमा भएका थोकहरूबाट सृजना गर्नुभएन । यसको सृजनाअगि कुनै पनि कुरो अस्तित्वमा थिएन, केवल परमेश्वर अस्तित्वमा हुनुहुन्थ्यो ।
- परमेश्वरले विश्वलाई उहाँको आफ्नै अंशबाट सृष्टि गर्नुभएन । उहाँले यसलाई उहाँका हात वा खुट्टा वा टाउकोबाट सृजनुभएन । यो विश्व फरक हिस्सा हो । यो उहाँको भाग होइन यद्यपि यो उहाँमा आश्रित छ ।