menu bar

Sunday, May 31, 2015

साधारण नियमद्वारा असाधारण वक्ता बनाइएका बिल्ली सन्डे



प्रभावशाली खेलाडी विलियम बिल्ली सन्डेले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर अङ्गालेपछि तिनी मण्डली जान थाले एक जना ख्रीष्टियानले तिनको काँधमा हात राख्दै यसो भने, “विलियम, तिन ओटा साधारण नियमहरू छन् जुन तिमीलाई दिन चाहन्छु यदि तिमीले ती नियमहरूलाई पछ्यायौ भने तिमीले तिम्रो नाउँको पछाडि कहिल्यै पनिविश्वास त्यागेको मान्छेभनेर लेख्नुपर्ने छैन

ती नियमहरू यी नै थिए, “हरेक दिन १५ मिनेट परमेश्वरको आवाज सुन्न बिताउनुस्; हरेक दिन १५ मिनेट परमेश्वरसित कुराकानी गर्नुस्; हरेक दिन १५ मिनेट अरूलाई परमेश्वरको बारेमा बताउनुस्

यी नियमले बिल्ली सन्डेको ह्दय छोए तिनले यी नियमलाई आफ्नो जीवनमा लागु गर्ने निधो गरे त्यस दिनदेखि बाँकी जीवनभरि तिनले आफ्नो जीवनमा नियम बनाए कि पहिलो पहर तिनले परमेश्वरलाई बिन्ती गरेर बाइबल पढेर बिताउने भए तिनले कुनै पत्र वा अखबार पढ्नुअगि तिनले बाइबल पढ्थे

तिनी यति प्रसिद्ध प्रचारक बने कि बिसौँ शताब्दीको अगिल्ला दुई दसक अमेरिकाको सर्वाधिक चर्चित प्रभावशाली प्रचारक बने तिनले लाखौँ मानिसहरूलाई सुसमाचार सुनाए तिनको सन्देशद्वारा अनुमानित ,००,००० मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा सुम्पे   

    

Leave Your Comments Here.


Saturday, May 30, 2015

वैज्ञानिक रूपमा असम्भव कुरोमाथि विश्वास गर्ने डा. जर्ज


डा. जर्ज वाल्ड जीवशास्त्रमा नोबेल पुरस्कार जित्ने अमेरिकी वैज्ञानिक हुन् तिनी हार्बड विश्वविद्यालयमा जीवशास्त्रका प्राध्यापक थिए

जीवको उत्पत्तिको विषयमा तिनले आफ्नो  वैज्ञानिक अवधारणालाई तार्किक ढङ्गमा व्यक्त गरेका छन्:

जीवको उदय कसरी भयो भन्ने सम्बन्धमा केवल दुई ओटा सम्भावनाहरू छन्: एउटा हो स्वत: जनन जसले विकासवादमा डोर्याउँछ अर्को हो परमेश्वरको अलौकिक सृजनशील कार्य तेस्रो कुनै सम्भावना छैन स्वत: जनन अर्थात् निर्जीव वस्तुबाट सजीव वस्तुको उदय भयो भन्ने धारणालाई १२० वर्षअगि नै लुई पास्चरसाथै अरूहरूले वैज्ञानिक रूपमा अप्रमाणित गरिसकेका छन् अब हामीसँग एउटै मात्र सम्भाव्य निष्कर्ष परमेश्वरको सृजनशील कार्यद्वारा जीवको उदय भयो तर त्यसलाई दार्शनिक रूपमा स्वीकार गर्दिनँ किनकि परमेश्वरमा विश्वास गर्न चाहन्नँ त्यसकारण, त्यो कुरोमा विश्वास गर्न चाहन्छु जुन वैज्ञानिक रूपमा असम्भव भनी मलाई थाहा मेरो विश्वास स्वत: जननमा जसले विकासवादतर्फ डोर्याउँछ   

Leave Your Comments Here.


Friday, May 29, 2015

अब्राहाम लिङ्कनले भने, “हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ”



अमेरिकाको सोर्हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन जो एउटा धार्मिक परिवारमा हुर्केका थिए तिनलाई बाइबलको विषयमा राम्रो ज्ञान थियो तिनले बाइबलबाट बारम्बार उद्धृत गर्थे तिनी आफ्नी पत्नी छोराछोरीसँगै मण्डलीमा उपस्थित हुन्थे तिनले बाइबल धर्मशास्त्रको सत्यतालाई कहिल्यै इन्कार गरेनन् तिनले सर्वशक्तिमान् परमेश्वरमाथि विश्वास गर्थे

अमेरिकी गृहयुद्ध (ख्रीष्टाब्द १८६११८६५) को बेलामा लिङ्कनले बिहान खाजा खाने समयमा केही ख्रीष्टियान अगुवाहरूसित भेट गरे एक जना सेवकले भने, “महामहिम राष्ट्रपति, परमेश्वर हाम्रो पक्षमा हुनुभएको होस् भनी हामी प्रार्थना चढाऔँ लिङ्कनले ज्यादै सठिक बुद्धिमानी जवाफ दिए, “त्यसो होइन सेवकज्यू, हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ ”  

Leave Your Comments Here.


Thursday, May 28, 2015

दृष्टिविहीन महिलाले रोपेका सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे


अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेको चाखलाग्दो कथा हो यो एक जना वृद्धाले सुसमाचार सुनेपछि उनले येशू ख्रीष्टमाथि विश्वास गरिन् उनी दृष्टिविहीन थिइन् उनी लेख्न सक्थिन् पढ्न सक्थिन् आफ्नो  त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुत पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् उनी मिसनरीकहाँ गइन् फ्रान्सेली भाषामा लेखिएको बाइबल मागिन् बाइबल हातमा पारेपछि उनले मिसनरीलाई यूहन्ना :१६ लाई रातो रङ्गले रङ्गाई उक्त पृष्ठलाई आफूले पत्ता लगाउने गरी कुनै चिनो लगाउन अनुरोध गरिन् उनले के गर्न चाहेकी थिइन् भनेर मिसनरी जान्न उत्सुक थिए त्यसैले, एक दिन तिनले ती वृद्धा महिलालाई पछ्याए । 

ती महिला स्कुलका विद्यार्थीहरूलाई सुसमाचार सुनाउन जान्थिन् स्कुल सकिएपछि विद्यार्थीहरू बाहिर निस्कँदै गर्दा उनले एक जनालाई रोक्थिन् अनि उसलाई फ्रान्सेली भाषा पढ्न आउँथ्यो कि आउँदैनथ्यो भनी सोध्थिन् उसले आउँथ्यो भनी उत्तर दिएको खण्डमा ती महिलाले उसलाई रातो अक्षरमा भएका वचनहरू अर्थात् यूहन्ना :१६ पढ्न लगाउँथिन् त्यसपछि उनले यसो भनेर सोध्थिन्, “यसको अर्थ के हो तिमीलाई थाहा ?” अनि उनी येशूको बारेमा बताउँथिन्

उनले अचम्मको नतिजा हात पारिन् उनले प्रभुमा डोर्याएका ती स्कुलका ठिटाहरूमध्ये चौबिस जना पास्टर बने     

Leave Your Comments Here.


Wednesday, May 27, 2015

ख्रीष्टियान दृष्टिविहीन एरिकले सगरमाथा चढे



ख्रीष्टमा हामीले प्राप्त गर्ने कुरोको कुनै सिमा छैन”, दृष्टिविहीन भएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका एरिकको भनाइ हो यो

एरिक वेहेनमाएर अमेरिकी खेलाडी, लेखक, साहसिक यात्रुसाथै प्रभावशाली वक्ता हुन् २५ मे २००१ मा सगरमाथाको टुप्पोमा पाइला टेकेर तिनले इतिहास रचे तिनी नै संसारको उच्चतम टाकुरा सगरमाथामा पाइला टेक्ने पहिलो दृष्टिविहीन बने हालसम्म सगरमाथा आरोहण गर्ने दृष्टिविहीन तिनी मात्रै हुन् ३२ वर्षकै उमेरमा तिनले यो अद्भूत सफलता हासिल गरे सगरमाथाको अतिरिक्त तिनले अन्य विभिन्न उच्च टाकुराहरूको पनि आरोहण गरेका छन्

रेटिनोसखिसिस नामक रोग लिएर जन्मेका एरिक १३ वर्ष पुग्दा पूर्णत: दृष्टिविहीन बने तर आँखा नदेख्ने भएर पनि आफूले गर्न नसक्ने कुरोमा तिनले ध्यान लगाएनन् बरु तिनको ध्यान आफूले गर्न सक्ने कुरोमा खिँचियो परिणामत: तिनी असाधारण सफलतालाई चुम्न सफल भए   

नो ब्यारियर्स युएसए नामक तिनको संस्थाको मोटो नै ज्यादै उत्प्रेरक , “तपाईंको मार्गमा जे त्योभन्दा तपाईंभित्र भएको कुरो शक्तिशाली

मण्डलीका जवान जवानीहरूसितै आफ्नो किशोर अवस्थामा पहाड चढ्न थालेका एरिकले यसो भनेका छन्, “परमेश्वरले मेरो निम्ति जे गर्नुभएको अरूहरूको जीवनमा भएका सगरमाथामाथि विजय हासिल गर्न तिनीहरूले पनि विश्वासको जीवन जिई उहाँको भलाइलाई अनुभव गरेको चाहन्छु

Leave Your Comments Here.


Tuesday, May 26, 2015

नाजी शिविरमा आफूलाई यातना दिने पहरेदारलाई क्षमा दिइन् बुमले



कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो दोस्रो विश्वयुद्धको बेलामा उनी उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् २८ डिसेम्बर १९४४ मा उनी मुक्त भइन् छुटकारा पाएपछि उनले जर्मनीसहित युरोपका विभिन्न भूभागमा येशू ख्रीष्टमाथि भएको आफ्नो विश्वासको गवाही दिइन्

एक पटक ख्रीष्टाब्द १९४७ मा जर्मनीको प्रसिद्ध सहर म्युनिकको कुनै एउटा मण्डलीमा बुमले सम्बोधन गरिरहँदा खैरो वस्त्र लगाएको एक जना पुरुषले उनको ध्यान खिँच्यो उनी परमेश्वरको क्षमाको विषयमा बोल्दै थिइन् तर उनले त्यस मान्छेलाई चिनेपछि उनको मुटु चिसो भयो त्यो पुरुष अरू कोही नभएर र्याभेन्सब्रक शिविरका एक जना पहरेदार थिए जो अति नै क्रूर थिए त्यही शिविरमा बुमले आफ्नी दिदी गुमाएकी थिएन् भने उनी आफैले पनि अमानवीय क्रूरता भोगेकी थिइन्

बुमको सम्बोधन सकिएपछि ती मान्छे उनलाई भेट्न आए यसो भने, “तपाईंको मिठो सन्देशको लागि धन्यवाद हाम्रा सबै पाप समुद्रको पिँधमा पुगेका छन् भनी थाहा पाउनु कति अचम्मको कुरो हो !”

हो, बुमले क्षमाकै विषयमा बोलेकी थिइन् उनले परमेश्वरको क्षमाको विषयमा सजिलैसित प्रचार गरेकी थिइन् तर यहाँ उनकै सामु त्यस्तो मान्छे उभिएका थिए जसले उनलाई घृणा गरेका थिए तिरस्कार गरेका थिए ती नाजी दमनकारीलाई क्षमा दिन उनलाई मुश्किल भइरहेको थियो ती अत्याचारीले बुमलाई बिर्सेका थिए तर तिनको अनुहारलाई बुमले राम्ररी चिनेकी थिइन्

ती पुरुषले भन्दै थिए, “तपाईंले र्याभेन्सब्रक शिविरको उल्लेख गर्नुभयो कुनै समय त्यहाँ पहरेदार थिएँ त्यो स्वीकार गर्न मलाई लाज लाग्छ तर त्यो साँचो हो तर त्यसपछि मैले येशूलाई मेरा प्रभु मुक्तिदाताको रूपमा चिनेको छु मैले गरेका ती सबै क्रूरताको निम्ति मैले आफैलाई क्षमा दिन मलाई गार्हो भइरहेको तर मलाई थाहा कि परमेश्वरले मलाई क्षमा दिइसक्नुभएको

बुमलाई ती पहरेदारलाई क्षमा दिन निकै सङ्घर्ष गर्नुपरिरहेको थियो अन्तत: गहभरि आँसु झार्दै बुमले भनिन्, “मेरो सारा ह्दयले तपाईंलाई क्षमा दिन्छु ”     

Leave Your Comments Here.


Thursday, May 21, 2015

बाइबल र परमेश्वरमाथि विश्वास गर्ने प्रथम अमेरिकी राष्ट्रपति वासिङ्गटनको अनुकरणीय उदाहरण



अमेरिकी क्रान्ति एउटा कायापलट थियो जुन ख्रीष्टाब्द १७६५१७८३ मा भएको थियो यस क्रान्तिमा अमेरिकाले ग्रेट ब्रिटेनलाई सत्ताच्युत गरी संयुक्त राज्य अमेरिकाको स्थापना गरेको थियो

यही अमेरिकी क्रान्तिको समयमा एक जना व्यक्ति सामान्य कपडा लगाएर घोडाबाट सवार भएर जाँदै गर्दा केही सिपाहीहरूकहाँ पुग्यो तिनीहरूले कुनै छेकबार मर्मत गर्दै थिए तिनीहरूका अगुवाले चिच्च्याईचिच्च्याई ती सिपाहीहरूलाई निर्देशन दिँदै थिए यद्यपि तिनी आफैले भने कुनै सहायता गर्ने प्रयास गरिरहेका थिएनन् ती अगुवाले किन कुनै सहयोग नगरेको भनी घोडामा सवार हुने व्यक्तिले सोध्दा तिनले गर्व गर्दै जवाफ फर्काए, “सर, नाइके पो हुँ

त्यो अपरिचित मान्छे दु:खित हुँदै घोडाबाट ओल्र्यो अनि ती थकित सिपाहीहरूलाई मद्दत गर्न तम्स्यो काम सकिएपछि नाइकेकहाँ आयो उसले यसो भन्यो, “नाइकेज्यु, अर्को पटक तपाईंले यस्तै काम गर्नुपर्ने हुन्छ जुन काम गर्नको लागि तपाईंसँग यति पर्याप्त मानिसहरू हुनेछैनन् त्यसैले तपाईंको प्रधान सेनापतिकहाँ जानुस् अनि आएर फेरि मद्दत गर्नेछु

ती अपरिचित मान्छे अरू कोही नभएर जर्ज वासिङ्गटन थिए जो अमेरिकाका प्रथम राष्ट्रपति बने यी तिनै राष्ट्रपति थिए जसले बाइबल परमेश्वरको विषयमा यसरी टिप्पणी गरेका थिए, “परमेश्वर बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव

Leave Your Comments Here.