मेरो
नाउँ एलिशा अधिकारी
हो । मेरो
जन्म ख्रीष्टियान परिवारमा
भएको हो ।
म नेपालको ललितपुरस्थित
एडभान्स
एकेडेमीमा कक्षा
११ मा पढ्दछु
। सोफिया र
जेसिका नाउँका मेरा दुई
बहिनी छन् र
परिवारमा म जेठी
छोरी हुँ ।
मेरो
बुबाको नाउँ कमल
अधिकारी हो ।
उहाँ अनुवादक, लेखकसाथै
बाइबल शिक्षक हुनुहुन्छ
। महाभूकम्प गएको
दिन अर्थात् २०७२
साल बैशाख १२
गते परमेश्वरले मलाई
कसरी आश्चर्यपूर्ण ढङ्गमा
बचाउनुभएको थियो भनी
म बताउन चाहन्छु
।
त्यस
दिन म मेरा
दुई जना मित्रहरू
बिनु श्रेष्ठ र
राधिका महर्जनसँगै राधिकाको घरमा
थिएँ । भुईं
तलासहित तिन तले
कच्ची घरको हामी
दोस्रो तलामा थियौँ ।
हामी कलेजको कार्यक्रमको
लागि त्यतैबाट सँगसँगै
कलेज जाने तरखरमा
थियौँ । झण्डै
दिउँसोको १२ बज्न
लागेको थियो ।
हामी बसेको घर
एक्कासि बेस्सरी हल्लियो ।
माथिल्लो तला खसेर
हामी तिनै जनालाई
पुर्यो
। हामी तिनै
जना एकै ठाउँमा
थियौँ । हामी
उकुसमुकुस हुँदै पुरिएकै अवस्थामा
एक अर्कासँग बातचित
गर्दै थियौँ ।
झण्डै एक घण्टा
बितेपछि मैले साथीहरूको
आवाज सुन्न छाडेँ
। मलाई लाग्यो
अब यो नै
मेरो अन्तिम दिन
हो । तसर्थ,
मैले विश्वास गरेको
परमेश्वरलाई मैले पुकारा
गरेँ, “हे प्रभु,
यस कठिन परिस्थितिबाट
मलाई बचाइदिनुहोस् ।
तपाईं मेरो चट्टान
र किल्ला हुनुहुन्छ
। सङ्कष्टको घडीमा
हामीले पुकारा गर्यौँ भने
तपाईंले सुन्नुहुन्छ भनी तपाईंले
आफ्नो वचनमा प्रतिज्ञा
गर्नुभएको छ ।”
एकैछिनपछि
परमेश्वरले आफ्ना दूतहरू पठाइदिनुभयो
। केही मानिसहरू
राधिकालाई खोज्न आए ।
मेरो विचारमा ती
राधिकाका आफन्तहरू थिए ।
मैले चिच्च्याएको आवाज
सुनेपछि ती मानिसहरूले
मलाई जीवितै उद्धार
गरे । मैले
आफूलाई जीवितै पाएपछि मैले
जुन दृश्य देखेँ
त्यसले मलाई अति
नै मर्माहत तुल्यायो
। मेरो ती
दुई साथीहरू त्यहीँ
नै मृत फेला
परे । मैले
दुवै जनालाई गुमाएँ
।
त्यसपछि
मलाई एम्बुलेन्समा हालेर
पाटन अस्पताल लगियो
अनि एउटा इन्जेक्सन
दिइयो । म अस्पतालको बेडमा पस्रिरहेको
थिएँ । एक
जना व्यक्तिले “तिमी
कमलकी छोरी होइनौ
?” भनेर सोधेपछि मैले सकारात्मक
उत्तर दिएँ ।
तर मेरो बुबा
गाउँमा जानुभएकोले ती दाजुले
मेरी ममीलाई फोन
गर्नुभयो । ममी
आफै मृत्युको मुखबाट
बाँच्नुभएको खबर सुनेपछि
ती दाजुले मेरी
ममीको अनुरोधमा मलाई
मोटरबाइकमा राखेर ममीको जिम्मा
लगाइदिनुभयो ।
अचम्मको
कुरो के हो
भने म त्यसरी
पुरिँदा पनि मेरो
शरीरमा सामान्य चोट पटक
मात्र लागेको छ
। अलि अलि
धसारेको मात्रै छ । यसरी परमेश्वरले
मेरो पुकारा सुन्नुभयो
अनि मलाई मृत्युको
मुखबाट बचाउनुभयो । यस
घटनाले उहाँप्रतिको मेरो विश्वासलाई
बढाएको छ ।
उहाँलाई मुरीमुरी धन्यवाद भएको
होस् ।