अमेरिकाको
सोर्हौँ
राष्ट्रपतिको नाउँ हो,
अब्राहाम लिङ्कन जो एउटा
धार्मिक परिवारमा हुर्केका थिए
। तिनलाई बाइबलको
विषयमा राम्रो ज्ञान थियो
र तिनले बाइबलबाट
बारम्बार उद्धृत गर्थे ।
तिनी आफ्नी पत्नी र
छोराछोरीसँगै मण्डलीमा उपस्थित हुन्थे
। तिनले बाइबल
धर्मशास्त्रको सत्यतालाई कहिल्यै इन्कार
गरेनन् र तिनले
सर्वशक्तिमान् परमेश्वरमाथि विश्वास गर्थे ।
अमेरिकी
गृहयुद्ध (ख्रीष्टाब्द १८६१–१८६५)
को बेलामा लिङ्कनले
बिहान खाजा खाने
समयमा केही ख्रीष्टियान
अगुवाहरूसित भेट गरे
। एक जना
सेवकले भने, “महामहिम राष्ट्रपति,
परमेश्वर हाम्रो पक्षमा हुनुभएको
होस् भनी हामी
प्रार्थना चढाऔँ ।” लिङ्कनले
ज्यादै सठिक र
बुद्धिमानी जवाफ दिए,
“त्यसो होइन सेवकज्यू,
हामी परमेश्वरको पक्षमा
होऔँ भनेर बिन्ती
चढाऔँ ।”