अपोलो
१५ एउटा मिसनको
नाउँ हो जसअन्तर्गत
अमेरिकाले मानवनिर्मित यानमार्फत चन्द्रमामा
मानिसहरू उतारेको थियो ।
यो मिसन २६
जुलाई १९७१
सालमा सुरु भई
उही सालको अगस्ट
७ सम्म लम्बिएको
थियो । नासाले
यसलाई सर्वाधिक सफल
मानवीय उडानको रूपमा लिएको
थियो । ती
दिनमा लाखौँ अमेरिकीका
आँखा यही मिसनमा
केन्द्रित थिए ।
अन्तरिक्ष यात्रीद्वय डेभिड आर.
स्कट र जेम्स
बी. इर्विन अन्तरिक्ष
यानबाट चन्द्रमामा उत्रेका थिए
। तिनीहरूले चन्द्रमाको
धरातलमा १८ घण्टा
बिताए ।
ती
यात्रीहरूमध्ये जेम्स इर्विन ख्रीष्टियान
विश्वासी थिए ।
पृथ्वीमा फर्किसकेपछि तिनले यस्तो
प्रतिक्रिया दिए, “म फर्कंदै
गर्दा मैले महसुस
गरेँ कि म
एक सेलिब्रेटी होइन
तर दास हुँ
। अरूहरूले पनि
परमेश्वरको महिमालाई जान्न सकून्
भन्ने उद्देश्यले मैले
जे अनुभव गरेँ
त्यो बाँड्न म
यस पृथ्वीरुपि ग्रहमा
परमेश्वरको दासको रूपमा खडा
छु ।”
दाऊदले
तिन सहस्राब्दी अगि
लेखे, “आकाशले परमेश्वरका महिमाको
वर्णन गर्छ ।
र तारा–मण्डलले
उहाँका हातको सीपको घोषणा
गर्छ” (भजनसंग्रह १९:१)
। आकाशमा छरपस्ट
परमेश्वरको महिमालाई हामी पढेर
जान्दछौँ भने जेम्स
इर्विनजस्ता अन्तरिक्ष यात्रीले देखेर
जाने ।