menu bar

Thursday, May 21, 2015

बाइबल र परमेश्वरमाथि विश्वास गर्ने प्रथम अमेरिकी राष्ट्रपति वासिङ्गटनको अनुकरणीय उदाहरण



अमेरिकी क्रान्ति एउटा कायापलट थियो जुन ख्रीष्टाब्द १७६५१७८३ मा भएको थियो यस क्रान्तिमा अमेरिकाले ग्रेट ब्रिटेनलाई सत्ताच्युत गरी संयुक्त राज्य अमेरिकाको स्थापना गरेको थियो

यही अमेरिकी क्रान्तिको समयमा एक जना व्यक्ति सामान्य कपडा लगाएर घोडाबाट सवार भएर जाँदै गर्दा केही सिपाहीहरूकहाँ पुग्यो तिनीहरूले कुनै छेकबार मर्मत गर्दै थिए तिनीहरूका अगुवाले चिच्च्याईचिच्च्याई ती सिपाहीहरूलाई निर्देशन दिँदै थिए यद्यपि तिनी आफैले भने कुनै सहायता गर्ने प्रयास गरिरहेका थिएनन् ती अगुवाले किन कुनै सहयोग नगरेको भनी घोडामा सवार हुने व्यक्तिले सोध्दा तिनले गर्व गर्दै जवाफ फर्काए, “सर, नाइके पो हुँ

त्यो अपरिचित मान्छे दु:खित हुँदै घोडाबाट ओल्र्यो अनि ती थकित सिपाहीहरूलाई मद्दत गर्न तम्स्यो काम सकिएपछि नाइकेकहाँ आयो उसले यसो भन्यो, “नाइकेज्यु, अर्को पटक तपाईंले यस्तै काम गर्नुपर्ने हुन्छ जुन काम गर्नको लागि तपाईंसँग यति पर्याप्त मानिसहरू हुनेछैनन् त्यसैले तपाईंको प्रधान सेनापतिकहाँ जानुस् अनि आएर फेरि मद्दत गर्नेछु

ती अपरिचित मान्छे अरू कोही नभएर जर्ज वासिङ्गटन थिए जो अमेरिकाका प्रथम राष्ट्रपति बने यी तिनै राष्ट्रपति थिए जसले बाइबल परमेश्वरको विषयमा यसरी टिप्पणी गरेका थिए, “परमेश्वर बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव

Leave Your Comments Here.