कोरी
टेन बुम नेदरल्यान्डका
एक जना ख्रीष्टियान
महिलाको नाउँ हो ।
दोस्रो विश्वयुद्धको बेलामा उनी र
उनको परिवारका अन्य
सदस्यहरूले नाजी सेनाको
हातबाट यहूदीहरूलाई भगाउन मद्दत
गरेका थिए ।
पछि त्यो कुरा
पत्ता लागेपछि उनीसँगै
उनको परिवारलाई बन्दी
शिविरमा थुनियो । उनको
परिवार निर्वासनमा नै मरे
भने उनी मुश्किलैले
बाँचिन् । २८
डिसेम्बर १९४४ मा
उनी मुक्त भइन्
। छुटकारा पाएपछि
उनले जर्मनीसहित युरोपका
विभिन्न भूभागमा येशू ख्रीष्टमाथि
भएको आफ्नो विश्वासको
गवाही दिइन् ।
एक
पटक ख्रीष्टाब्द १९४७
मा जर्मनीको प्रसिद्ध
सहर म्युनिकको कुनै
एउटा मण्डलीमा बुमले
सम्बोधन गरिरहँदा खैरो वस्त्र
लगाएको एक जना
पुरुषले उनको ध्यान
खिँच्यो । उनी
परमेश्वरको क्षमाको विषयमा बोल्दै
थिइन् । तर
उनले त्यस मान्छेलाई
चिनेपछि उनको मुटु
चिसो भयो ।
त्यो पुरुष अरू
कोही नभएर र्याभेन्सब्रक
शिविरका एक जना
पहरेदार थिए जो
अति नै क्रूर
थिए । त्यही
शिविरमा बुमले आफ्नी दिदी
गुमाएकी थिएन् भने उनी
आफैले पनि अमानवीय
क्रूरता भोगेकी थिइन् ।
बुमको
सम्बोधन सकिएपछि ती मान्छे
उनलाई भेट्न आए
र यसो भने,
“तपाईंको मिठो सन्देशको
लागि धन्यवाद छ
। हाम्रा सबै
पाप समुद्रको पिँधमा
पुगेका छन् भनी
थाहा पाउनु कति
अचम्मको कुरो हो
!”
हो,
बुमले क्षमाकै विषयमा
बोलेकी थिइन् । उनले
परमेश्वरको क्षमाको विषयमा सजिलैसित
प्रचार गरेकी थिइन् तर
यहाँ उनकै सामु
त्यस्तो मान्छे उभिएका थिए
जसले उनलाई घृणा
गरेका थिए र
तिरस्कार गरेका थिए ।
ती नाजी दमनकारीलाई
क्षमा दिन उनलाई
मुश्किल भइरहेको थियो ।
ती अत्याचारीले बुमलाई
बिर्सेका थिए तर
तिनको अनुहारलाई बुमले
राम्ररी चिनेकी थिइन् ।
ती
पुरुषले भन्दै थिए, “तपाईंले
र्याभेन्सब्रक
शिविरको उल्लेख गर्नुभयो ।
कुनै समय म
त्यहाँ पहरेदार थिएँ ।
त्यो स्वीकार गर्न
मलाई लाज लाग्छ
तर त्यो साँचो
हो । तर
त्यसपछि मैले येशूलाई
मेरा प्रभु र
मुक्तिदाताको रूपमा चिनेको छु
। मैले गरेका
ती सबै क्रूरताको
निम्ति मैले आफैलाई
क्षमा दिन मलाई
गार्हो
भइरहेको छ ।
तर मलाई थाहा
छ कि परमेश्वरले
मलाई क्षमा दिइसक्नुभएको
छ ।”
बुमलाई
ती पहरेदारलाई क्षमा
दिन निकै सङ्घर्ष
गर्नुपरिरहेको थियो ।
अन्तत: गहभरि आँसु झार्दै
बुमले भनिन्, “मेरो
सारा ह्दयले म
तपाईंलाई क्षमा दिन्छु ।”