डा.
जर्ज वाल्ड जीवशास्त्रमा
नोबेल पुरस्कार जित्ने
अमेरिकी वैज्ञानिक हुन् ।
तिनी हार्बड विश्वविद्यालयमा
जीवशास्त्रका प्राध्यापक थिए ।
जीवको उत्पत्तिको विषयमा तिनले
आफ्नो वैज्ञानिक
अवधारणालाई तार्किक ढङ्गमा व्यक्त
गरेका छन्:
“जीवको
उदय कसरी भयो
भन्ने सम्बन्धमा केवल
दुई ओटा सम्भावनाहरू
छन्: एउटा हो
स्वत: जनन जसले
विकासवादमा डोर्याउँछ र अर्को
हो परमेश्वरको अलौकिक
सृजनशील कार्य । तेस्रो
कुनै सम्भावना छैन
। स्वत: जनन
अर्थात् निर्जीव वस्तुबाट सजीव
वस्तुको उदय भयो
भन्ने धारणालाई १२०
वर्षअगि नै लुई
पास्चरसाथै अरूहरूले वैज्ञानिक रूपमा
अप्रमाणित गरिसकेका छन् ।
अब हामीसँग एउटै
मात्र सम्भाव्य निष्कर्ष
छ— परमेश्वरको सृजनशील
कार्यद्वारा जीवको उदय भयो
। तर म
त्यसलाई दार्शनिक रूपमा स्वीकार
गर्दिनँ किनकि म परमेश्वरमा
विश्वास गर्न चाहन्नँ
। त्यसकारण, म
त्यो कुरोमा विश्वास
गर्न चाहन्छु जुन
वैज्ञानिक रूपमा असम्भव छ
भनी मलाई थाहा
छ र मेरो
विश्वास स्वत: जननमा छ
जसले विकासवादतर्फ डोर्याउँछ
।