menu bar

Monday, May 11, 2015

येशूलाई पाएपछि पापको सागरमा डुबेका “पुरानो बिल” “नयाँ बिल” मा परिवर्तन भए



तिनको सुरुको नाउँ होबिल तिनले आफ्नो सुरुको जीवन कुलतमा बिताए तिनी पापको सागरमा डुबेका थिए कहिलेकाहीँ तिनलाईपुरानो बिलभनेर उल्लेख गरिन्थ्यो एक रात मातेको अवस्थामा कसैले तिनलाई यसरी मुक्काले हान्यो कि तिनको एउटा आँखा नै फुट्यो त्यसैले तिनलाईएकआँखे बिलभनियो

तर ती दु:खी मानिसको जीवनमा केही कुरा हुन आयो जसले गर्दा तिनको जीवनमा परिवर्तनका रेखाहरू देखा परे तिनले मुक्तिदाता प्रभु येशू ख्रीष्टको बारेमा सुने जसले तिनलाई अनन्त जीवन दिई तिनको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्थ्यो तिनले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा अङ्गाले अनि तिनको जीवन पूर्णत: बद्लियो

तिनले नयाँ जीवन पाएको धेरै वर्ष बितेपछि अमेरिकाको इन्डियाना प्रान्तमा तिनले एउटा मिसनमा काम गरे तिनको जीवनमा देखा परेको उल्लेखनीय परिवर्तनको कारणले तिनको धेरै पुराना मित्रहरूले तिनलाईनयाँ बिलभन्न थाले वास्तावमा बाँकी जीवनभरि नै तिनी यही पछिल्लो नाउँले चिनिए

येशूले तिनलाई अनन्त जीवन मात्र दिनुभएन तर तिनको वर्तमान जीवन पनि पापको सागरबाट उठी परिवर्तनको मैदानमा खडा थियो

   

Leave Your Comments Here.