menu bar

Thursday, May 28, 2015

दृष्टिविहीन महिलाले रोपेका सुसमाचारीय बिउबाट दुई दर्जन पास्टर उम्रे


अफ्रिकामा मिसनरी भएर गएका एक जना प्रभुका दासले भनेको चाखलाग्दो कथा हो यो एक जना वृद्धाले सुसमाचार सुनेपछि उनले येशू ख्रीष्टमाथि विश्वास गरिन् उनी दृष्टिविहीन थिइन् उनी लेख्न सक्थिन् पढ्न सक्थिन् आफ्नो  त्यस्तो दुर्दशाग्रस्त परिस्थितिका बाबजुत पनि उनी आफ्नो नयाँ विश्वास अरूलाई सुनाउन चाहन्थिन् उनी मिसनरीकहाँ गइन् फ्रान्सेली भाषामा लेखिएको बाइबल मागिन् बाइबल हातमा पारेपछि उनले मिसनरीलाई यूहन्ना :१६ लाई रातो रङ्गले रङ्गाई उक्त पृष्ठलाई आफूले पत्ता लगाउने गरी कुनै चिनो लगाउन अनुरोध गरिन् उनले के गर्न चाहेकी थिइन् भनेर मिसनरी जान्न उत्सुक थिए त्यसैले, एक दिन तिनले ती वृद्धा महिलालाई पछ्याए । 

ती महिला स्कुलका विद्यार्थीहरूलाई सुसमाचार सुनाउन जान्थिन् स्कुल सकिएपछि विद्यार्थीहरू बाहिर निस्कँदै गर्दा उनले एक जनालाई रोक्थिन् अनि उसलाई फ्रान्सेली भाषा पढ्न आउँथ्यो कि आउँदैनथ्यो भनी सोध्थिन् उसले आउँथ्यो भनी उत्तर दिएको खण्डमा ती महिलाले उसलाई रातो अक्षरमा भएका वचनहरू अर्थात् यूहन्ना :१६ पढ्न लगाउँथिन् त्यसपछि उनले यसो भनेर सोध्थिन्, “यसको अर्थ के हो तिमीलाई थाहा ?” अनि उनी येशूको बारेमा बताउँथिन्

उनले अचम्मको नतिजा हात पारिन् उनले प्रभुमा डोर्याएका ती स्कुलका ठिटाहरूमध्ये चौबिस जना पास्टर बने     

Leave Your Comments Here.