menu bar

Sunday, May 31, 2015

साधारण नियमद्वारा असाधारण वक्ता बनाइएका बिल्ली सन्डे



प्रभावशाली खेलाडी विलियम बिल्ली सन्डेले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर अङ्गालेपछि तिनी मण्डली जान थाले एक जना ख्रीष्टियानले तिनको काँधमा हात राख्दै यसो भने, “विलियम, तिन ओटा साधारण नियमहरू छन् जुन तिमीलाई दिन चाहन्छु यदि तिमीले ती नियमहरूलाई पछ्यायौ भने तिमीले तिम्रो नाउँको पछाडि कहिल्यै पनिविश्वास त्यागेको मान्छेभनेर लेख्नुपर्ने छैन

ती नियमहरू यी नै थिए, “हरेक दिन १५ मिनेट परमेश्वरको आवाज सुन्न बिताउनुस्; हरेक दिन १५ मिनेट परमेश्वरसित कुराकानी गर्नुस्; हरेक दिन १५ मिनेट अरूलाई परमेश्वरको बारेमा बताउनुस्

यी नियमले बिल्ली सन्डेको ह्दय छोए तिनले यी नियमलाई आफ्नो जीवनमा लागु गर्ने निधो गरे त्यस दिनदेखि बाँकी जीवनभरि तिनले आफ्नो जीवनमा नियम बनाए कि पहिलो पहर तिनले परमेश्वरलाई बिन्ती गरेर बाइबल पढेर बिताउने भए तिनले कुनै पत्र वा अखबार पढ्नुअगि तिनले बाइबल पढ्थे

तिनी यति प्रसिद्ध प्रचारक बने कि बिसौँ शताब्दीको अगिल्ला दुई दसक अमेरिकाको सर्वाधिक चर्चित प्रभावशाली प्रचारक बने तिनले लाखौँ मानिसहरूलाई सुसमाचार सुनाए तिनको सन्देशद्वारा अनुमानित ,००,००० मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा सुम्पे   

    

Leave Your Comments Here.