menu bar

Thursday, April 23, 2015

सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राहम र परमेश्वरको वचन बाइबल



बिल्ली ग्राहम सर्वश्रेष्ठ प्रचारक हुन् यस धरतीमा सबैभन्दा बढी मानिसहरूलाई येशूको सुसन्देश बाँड्ने प्रभावशाली प्रचारक हुन्, बिल्ली ग्राहम दुई अरबभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाएका ग्राहमका प्रवचनहरू यति प्रभावशाली छन् कि तिनका सन्देशहरूलाई सुनेर झण्डै ३२ लाख मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन्  

तिनले भनेका छन्, “ख्रीष्टाब्द १९४९ को अगस्टमा हरेक कुरोको बारेमा आशङ्काले यसरी भरिएँ कि प्रचारको लागि उभिँदा मैले कुनै कथन बनाउन खोज्दा मैले आफैलाई भन्ने गर्थें: त्यो सत्य होला कि नहोला के मैले त्यसलाई साँच्चै इमान्दारीसाथ भन्न सक्छु ? मेरो सेवाकार्य हराएर गइसकेको

त्यसपछि बाइबल लिएर क्यालिफोर्नियास्थित सियरा नेभाडा पर्वतहरूमा उक्लेँ मैले यसलाई खोलेँ अनि मैले घुँडा टेकेँ मैले बिन्ती चढाएँ, ‘हे पिता, यस पुस्तकमा भएका धेरै कुराहरूलाई बुझ्न सक्दिनँ बौद्धिक रूपमा सबै कुराहरूलाई जान्न सक्दिनँ तर यो आधिकारिक जीवित परमेश्वरबाट प्रेरणा पाएको वचन हो भनी यसलाई विश्वासद्वारा स्वीकार गर्दछु ’” 




Leave Your Comments Here.