हडसन
टेलर विश्व प्रसिद्ध
ख्रीष्टियान मिसनरीको नाउँ हो
। उन्नाइसौँ शताब्दीको
पूर्वाद्र्धमा इङ्गल्यान्डमा जन्मेका टेलर चीनमा
मिसनरी भएर गएका
थिए जहाँ तिनले
आफ्नो जीवनको
५१ वर्ष बिताए
। तिनले स्थापना
गरेको चाइना इनल्यान्ड
मिसनद्वारा दसौँ हजार
मानिसहरूले प्रभु येशूलाई अङ्गालेका
छन् ।
एक
साँझको कुरो हो
जुन बेला आँधीबेहरी
चलिरहेको थियो ।
इङ्गल्यान्डको बर्मिङ्गहामस्थित सेभर्न स्ट्रिट कक्षा
कोठामा तिनको बोल्ने तालिका
थियो । प्रतिकूल
मौसमको कारणले टेलरका सहयोगीले
तिनलाई यसो भन्दै
बोल्न जानबाट रोक्न
खोजे, “कार्यक्रम रद्द गरियो
भनी हरेकले ठान्नेछ
।” त्यसपछि टेलरले
जाने मनसाय व्यक्त
गर्दै प्रतिक्रिया दिए,
“तर आज रातीकै
लागि कार्यक्रमको सूचना
गरिएको थिएन र
? त्यहाँ पालेबाहेक कोही उपस्थित
नभए तापनि म
जानैपर्छ ।”
सभामा
एक दर्जनभन्दा कम्ती
मानिसहरू भेला भए
। तर त्यहाँ
पवित्र आत्माको असाधारण शक्तिको
महसुस गरिएको थियो
। त्यहाँ उपस्थित
आधा जति मानिसहरू
कि मिसनरी बने
कि भने तिनीहरूले
आफ्ना छोरोछोरीहरूलाई मिसनरी हुनको निम्ति
सुम्पिदिए र बाँकी
आधा मानिसहरू टेलरको
मिसनको नियमित दाताहरू बने
।