menu bar

Tuesday, September 30, 2014

येशू परमेश्वर हुनुहुन्छ भन्नाका लागि ४ ओटा दरिला प्रमाणहरू



येशू को हुनुहुन्छ ? सम्भवत: सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज अनुसन्धान गरिएको येशू गैरख्रीष्टियानहरूका लागि असल शिक्षक, मुस्लिमहरूका लागि एक अगमवक्ता ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ किन ख्रीष्टियानहरूले येशूलाई परमेश्वरको रूपमा आराधना चढाउँछन् ?

. येशूले मसीहसम्बन्धी ३०० ओटाभन्दा बेसी भविष्यवाणीहरू पुरा गर्नुभयो
सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले मनग्गे भविष्यवाणीहरू पुरा गर्नुभयो गौतम बुद्ध, मोहम्मद, कन्फ्युसियस, कार्लमाक्स वा अन्य धार्मिक, राजनीतिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन मानव धरतीमा येशू मात्रै एउटा यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सयौँ वर्षअगि सयौँ भविष्यवाणी गरिए यहाँ मसीहको बारेमा गरिएका चार ओटा भविष्यवाणीहरू उल्लेख गरिएका छन् जुन येशूको जीवनमा अक्षरश: पुरा भए:
  • उहाँ कन्याबाट जन्मनुहुने थियो (यशैया (:१४)
  • उहाँको जन्म बेथलेहेममा हुने थियो (मीका :)
  • उहाँले दर्दनाक दु: भोग्नुहुने थियो (यशैया ५३)
  • उहाँ मृतकहरूबाट बौरी उठ्नुहुने थियो (भजनसंग्रह १६:१०)

मानव चोलामा ओर्लनुभएका परमेश्वरले मात्रै यी भविष्यवाणीहरूलाई पुरा गर्न सक्नुहुन्थ्यो

. येशूले आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो
आफ्नो ईश्वरत्वको पुष्टि गर्नको लागि येशूले आफ्नो सेवा अवधिमा आश्चर्यकर्महरू गर्नुभयो भनी धर्मशास्त्रले बताउँछ उहाँका आश्चर्यकर्महरूले विभिन्न हातामाथि उहाँको शक्तिलाई प्रदर्शित गर्छन्प्रकृति, रोग, भूतात्मा, सृष्टिसाथै मृत्यु
  • येशूले आँधिलाई शान्त पार्नुभयो (मत्ती :२३२७)
  • अठतीस वर्षदेखि बिरामी भएको व्यक्तिलाई उहाँले निको पार्नुभयो (यूहन्ना :)
  • पाँच ओटा रोटी दुई ओटा माछाले उहाँले पाँच हजारलाई खुवाउनुभयो (लूका :१७)
  • मरेको लाजरसलाई उहाँले पुन: जीवित पार्नुभयो (यूहन्ना ११:४४)

उहाँका आश्चर्यकर्महरूका यी केही नमुनाहरू मात्र हुन् येशूले कति धेरै आश्चर्यकर्म गर्नुभएको थियो भनी यूहन्ना लेख्छन्, “येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन् तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्” (यूहन्ना २०:३०३१)  

. येशूले पापरहित जीवन जिउनुभयो
येशू दुष्ट भ्रष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले निष्पाप जीवन जिउनुभयो भनी धर्मशास्त्रले गवाही दिन्छ येशू आफैले यसको दाबी गर्नुभएको ; उहाँका मित्रहरू मात्र नभई उहाँका शत्रुहरूले पनि यसको साक्षी दिएका छन्
  • येशूले यहूदीहरूलाई प्रश्न गर्नुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?”  (यूहन्ना :४६) कसैले उत्तर दिन आँट गर्न सकेन  
  • येशूसँगै साँढे तिन वर्ष बिताउने शिमोन पत्रुसले येशूको बारेमा गवाही दिए, “उहाँले कुनै पाप गर्नुभएन, उहाँको मुखमा कुनै छलको कुरा पाइएन” ( पत्रुस :२२)   
  • मण्डलीको सतावटकर्ताबाट सुसमाचारको राजकुमारमा रूपान्तरित प्रेरित पावल येशूको बारेमा यसो भन्छन्, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” ( कोरिन्थी :२१)
  • येशूको विरुद्धमा लागेका अभियोगहरूलाई जाँचपडताल गरेपछि तात्कालिन बडाहाकिम पन्तियस पिलातसले येशूको बारेमा भने, “... तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनीमाथि लाएका अभियोगको दोष भेट्टाइनँ” (लूका २३:१४)   

. येशू मृतकहरूबाट पुनरुत्थान हुनुभयो
चार ओटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट बौरी उठ्नुभयो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८४०; मर्कूस  : ३१; लूका :२२२७; यूहन्ना :१८२२) येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटकपटक उल्लेख गरेका छन् (प्रेरित :३२; १३:३०) निम्नलिखित चार ओटा यथार्थताले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा पुष्टि गर्छन्:
  • येशूलाई जुन चिहानमा राखिएको थियो त्यो हप्ताको पहिलो दिन रित्तो थियो
  • पुनरुत्थान हुनुभएपछि येशू विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो
  • येशूको पुनरुत्थानपश्चात् चेलाहरूको जीवन यसरी परिवर्तन भए कि ती डरपोक भनिने चेलाहरू सिंहझैँ आँटिला भए
  • यहूदी पृष्ठभूमिबाट आएका चेलाहरू जसले शताब्दीऔँदेखि सातौँ दिनलाई विश्राम दिनको रूपमा पुज्दै आएका थिए त्यस धार्मिक अभ्यासलाई तिनीहरूले रातारात परिवर्तन गरी तिनीहरू हप्ताको पहिलो दिनमा आराधनाको निम्ति जम्मा हुन थाले

सारा मानव इतिहासमा येशू मात्रै एउटा यस्तो अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले सयौँ वर्षअगिका सयौँ भविष्यवाणीहरूलाई पुरा गर्नुभयो; आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो; पापरहित जीवत जिउनुभयो मृत्युमाथि विजय हासिल गर्नुभयो ईश्वरशास्त्रका विद्यार्थीहरूलाई थाहा कि येशूको ईश्वरत्वको लागि अन्य साक्षीहरू पनि छन् तर यस पङ्क्तिकारको लागि यी चार ओटा प्रबल छन्



Leave Your Comments Here!


Sunday, September 28, 2014

साधारण जीवनको असाधारण प्रभाव




येशू (जिसस क्राइस्ट) डुँडमा जन्मनुभयो उहाँ जुन चिहानमा गाडिनुभयो त्यो उहाँको आफ्नो थिएन उहाँको परिवार गरिब थियो उहाँ तिस वर्षसम्म प्यालेस्टाइनको एउटा अपरिचित गाउँमा जिउनुभयो, सिकर्मीको रूपमा उहाँका आफ्नै भाइहरूले उहाँलाई पागल भनी ठान्थे उहाँले प्रचार गर्न खोज्नुहुँदा तिनीहरूले मनाही गर्ने कोसिस गर्थे त्यस बेलाका ईश्वरशास्त्रीहरूले उहाँका शिक्षाहरूलाई उपेक्षा गर्थे उहाँका केही अनुयायीहरू समाजको तल्लो दर्जाका थिए उहाँको एक जना आफ्नै चेलाले उहाँलाई धोका दियो शत्रुको हातमा बेचिदियो उहाँले कहिल्यै कुनै किताब लेख्नुभएन कुनै सेना खडा गर्नुभयो उहाँले कहिल्यै बिहे गर्नुभएन कुनै अफिस खोल्नुभयो तेत्तिस वर्षको उमेरमा दुई जना अपराधीको बिचमा उहाँलाई अनादरपूर्वक क्रूसमा झुन्ड्याइयो तथापि यस्तो साधारण जीवन जिउनुहुने मानिस इतिहासमा सर्वाधिक प्रभावशाली व्यक्ति बन्नुभयो आज संसारका अरबभन्दा बेसी मानिसहरूले उहाँको विषयमा सकारात्मक दृष्टिकोण राख्छन्



Leave Your Comments Here!


Saturday, September 27, 2014

चेलाहरूद्वारा स्वर्गको राज्य प्रचार गर्नुपर्ने ख्रीष्टको आज्ञामा तिनीहरूले लौरो बोक्नुपथ्र्यो कि पर्थेन ?



येशूको आज्ञालाई सम्मिलित सुसमाचारहरूका लेखकत्रयले निम्नानुसार उल्लेख गरेका छन्:

§  यात्राको निम्ति ... लौरो नलेओ” (मत्ती १०:१०
§  यात्राको निम्ति ... एउटा लट्ठी मात्र बोक्नू” (मर्कूस :)  
§  तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ लहुरो ...” (लूका :)

यी तिन ओटै खण्डले येशूले उही समयमा दिनुभएको आज्ञालाई उल्लेख गर्छन् मत्ती लूकाको अभिलेखअनुसार येशूले चेलाहरूलाई लौरो बोक्ने आज्ञा दिनुभयो भने मर्कूसको सुसमाचारमुताबिक नबोक्ने यहाँ प्रस्ट बेमेलता देखिन्छ यी खण्डहरूलाई सरसरती अवलोकन गर्दा कम से कम एक जना सुसमाचारिय लेखकले भुल गरेको हुनुपर्छ भनी सतही बाइबल आलोचकहरू हतारमा निष्कर्ष निकाल्छन्

त्यसो भए वास्तविकता के हो ? येशूले आजभन्दा दुई हजार वर्षअगि प्यालेस्टाइनको भूमिमा सेवा गर्नुभएको थियो त्यस बेला आजको जस्तो यातायातको सुविधा थिएन, हवाइजहाज धेरै परको कुरो प्यालेस्टाइनको त्यस प्राचीन भूमिमा येशू चेलाहरूसँगै उकाली ओराली गर्नुहुन्थ्यो चेलाहरूले येशूलाई पछ्याउँदा साधारणतया तिनीहरूले आफूसित लौरो राख्थे भन्ने सत्यतामा यो प्रश्नको समाधान लुकेको मर्कूस : ले यस्तो भनेको जस्तो देखिन्छ कि येशूले तिनीहरूलाई सधैँ साथमा बोक्ने लौरोचाहिँ बोक्नू भनेर आदेश दिनुभयो जब कि मत्ती लूकाको सुसमाचारले चेलाहरूले कुनै पनि हालतमा अतिरिक्त लौरौ लिएर जानुहुँदैनथ्यो भन्ने येशूको आज्ञालाई जोड दिएका छन्

Leave Your Comments Here!


Thursday, September 25, 2014

येशूको ईश्वरत्वबारे केही भनाइहरू



एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो
फ्रयाङ्क मिडद्वारा सम्पादित इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स


पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन उसको हैसियत नै कसैले क्षमा दिएको पापले उहाँलाई बचाउन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् जब येशूले निश्चित रूपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दैहुनुहुन्थेन परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ
लेविस चाफर, विख्यात लेखक


मानिसको पुत्र पुरानो करारको दानिएलको पुस्तकमा देखा पर्नुभएको ईश्वरीय व्यक्तित्व हुनुहुन्थ्यो जो संसारको अन्त्यमा मानवजातिलाई न्याय गर्न सदासर्वदा राज्य गर्न आउनुहुन्छ यसरी, मानिसको पुत्र हुँ भन्ने दाबी परमेश्वर हुँ भन्ने दाबीसँग बराबर
विलियम लेन क्रेग, दार्शनिकसाथै ईश्वरशास्त्री


येशूले आफैलाई परमेश्वरको प्रिय पुत्र, परमेश्वरको राज्य ल्याउनुहुने र पापहरूको क्षमा गर्ने जनको रूपमा बुझ्नुभयो येशूले आफूलाई जसरी बुझ्नुभयो हामीले पनि त्यसरी नै उहाँलाई बुझेको हुनुपर्छ येशूलाई हामीले ख्रीष्टको रूपमा ग्रहण गरेनौं भने उहाँको पहिचानको सम्बन्धमा कि उहाँले हामीलाई भ्रममा पार्नुभयो कि हामी भ्रममा छौं
केभिन भानहुजर, ट्रिनीटी इभान्जलिकल डिभिनिटी स्कुलमा व्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक


मोशा, पावल, बुद्ध, मोहम्मद, कन्फ्युसियससाथै कुनै पनि परिचित धार्मिक अगुवाले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गरेका छैनन् येशू ख्रीष्ट यसको अपवाद हुनुहुन्छ आफू परमेश्वर हुँ भनी दाबी गर्ने ख्रीष्ट मात्रै एक धार्मिक अगुवा हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सालाई विश्वास दिलाउने उहाँ मात्रै एउटै व्यक्तित्व हुनुहुन्छ
थोमस स्कल्ज


यदि परमेश्वरले अवतार लिनुभएको थियो भने उहाँ कस्तो खालको मानिस हुनुपथ्र्यो ? ... उहाँ पापरहित भएको अपेक्षा गर्छौँ हामी; उहाँ पवित्र भएको अपेक्षा गर्छौँ हामी; उहाँका वचनहरू महानतम भएको अपेक्षा गर्छौँ हामी; मानवीय व्यक्तित्वमाथि उहाँले उदेकको शक्ति प्रयोग गरेको अपेक्षा गर्छौँ हामी; उहाँले परमेश्वरको प्रेमलाई देखाएको अपेक्षा गर्छौँ हामी बाँचेका सबै मानवजातिमध्ये येशू ख्रीष्टले मात्रै यी मापदण्डहरूलाई पुरा गर्नुभएको
जोन माकार्थुर , पास्टरसाथै लोकप्रिय लेखक


यदि तपाईं बुद्धकहाँ गईके तपाईं ब्रम्हाको पुत्र हुनुहुन्छभनेर सोध्नुभयो भने तिनले यसरी उत्तर दिन्थे होलान्, “मेरो छोरो, तिमी अझै पनि भ्रमको उपत्यकामा छौ तपाईं सुकरातकहाँ गईके तपाईं जिउस हुनुहुन्छभनेर सोध्नुभयो भने तिनले तपाईंलाई ठट्टामा उडाइदिन्थे होलान् तपाईं मोहम्मदकहाँ गईके तपाईं अल्लाह हुनुहुन्छभनी सोध्नुभयो तिनले पहिले आफ्नो लुगा च्यात्थे अनि तपाईंको शिर काटिदिन्थे होलान् यदि तपाईंले कन्फ्युसियसलाईके तपाईं स्वर्ग हुनुहुन्छभनी सोध्नुभयो भने मेरो विचारमा सम्भवत: तिनको जवाफ यस्तो हुन्थ्यो, “प्रकृतिअनुसार नमिल्ने टिप्पणी रुचिपूर्ण हुँदैन ख्रीष्टले जे भन्नुभयो त्यसको आधारमा उहाँ एक महान् शिक्षक हुनुहुन्छ भन्ने दृष्टिकोण प्रश्नभन्दा बाहिर मेरो विचारमा त्यस्ता कुराहरू भन्न सक्ने व्यक्ति कि पूर्ण सन्काहा हुनुपर्छ कि भने परमेश्वर
सी. एस. लेविस , विश्वप्रसिद्ध ख्रीष्टियान रक्षाशास्त्री


मेरो भोट आफूलाई बुद्धि हुँ (कन्फ्युसियस) भनेर दाबी गर्नेलाई दिन्नँ; आफूले ज्ञान प्राप्त गरेको दाबी गर्ने (बुद्ध) लाई दिन्छु; आफूलाई अगमवक्ता हुँ (मोहम्मद) भन्नेलाई दिन्छु तर मेरो भोट मानवीय शरीरमा परमेश्वर हुँ भनी दाबी गर्नेलाई दिन्छु जसले घोषणा गर्नुभयो, “अब्राहाम हुनुभन्दा अघिबाटै छँदैछु यसलाई प्रमाणित पनि गरिदिनुभयो
नर्मन गेइस्लर, विख्यात अपोलोजिस्ट



मानिसहरूलाई चिन्छु येशू ख्रीष्ट केवल मानिस हुनुहुन्न उहाँ संसारमा भएका हरेकको बिचमा तुलना गर्नका लागि कुनै सम्भाव्य शब्द नै छैन अलेक्ज्याण्डर, कैसर, चार्लम्याग्ने मैले साम्राज्यहरूको स्थापना गरेका छौँ हाम्रो क्षमता के मा आधारित थियो ? शक्तिमा येशू ख्रीष्टले आफ्नो साम्राज्य प्रेममा स्थापना गर्नुभयो अहिल्यै उहाँको निम्ति आफ्नो ज्यान अर्पण गर्न दसौँ लाख मानिस तयार छन्
नेपोलिएन बोनापार्ट , फ्रान्सका सम्राट्


येशू खराब व्यक्ति परमेश्वर हुनुहुन्थ्यो तर एक असल व्यक्ति हुनुहुन्थ्यो भन्नु आकर्षक आनन्दप्रद हुन्छ उहाँ खराब मानिस हुनुहुन्थ्यो भन्ने भनाइले ख्रीष्टियानहरूलाई अप्रसन्न तुल्याउँछ भने उहाँ परमेश्वर हुनुहुन्थ्यो भन्ने भनाइले गैरख्रीष्टियानहरूलाई अप्रसन्न तुल्याउँछ दुवै नमान्नाले कसैलाई अप्रसन्न तुल्याउँदैन तसर्थ, गैरख्रीष्टियानहरू दुईमध्ये कुनैलाई स्वीकार गर्न चाहँदैनन् तर यसले तर्कशास्त्रलाई अप्रसन्न तुल्याउँछ
पिटर क्रिफ्ट रोनाल्ड के. टासेल्ली





Leave Your Comments Here!