येशूको
क्रूसारोहण शुक्रबार भयो भनी
झन्डै विश्वव्यापी रूपमा
विश्वास गरिन्छ । त्यसैले
अन्य दिनमा नभई
हामी शुक्रबारको दिनमा
नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो
परम्परागत दृष्टिकोणलाई समर्थन गर्ने थुप्रै
कारणहरू छन् ।
क्रूसारोहणको पछिल्लो दिन शबाथ
दिन थियो भनी
चार ओटै सुसमाचारहरूले
बताउँछन् (मत्ती २७:६२;
२८:१; मर्कूस
१५:४२; लूका
२३:५६; यूहन्ना
१९:३१) ।
सबै सुसमाचारहरूले बताउँछन्
कि शबाथपछिको दिनमा
स्त्रीहरू येशूको चिहानमा गए
(मत्ती २८:१;
मर्कूस १६:२;
लूका २४:१;
यूहन्ना २०:१)
। शबाथपछिको दिन
भनेको हप्ताको पहिलो
दिन हो अर्थात्
आइतबार । यसरी
येशू शुक्रबार क्रूसमा
मर्नुभयो र आइतबार
बौरी उठ्नुभयो ।
तर मत्ती १२:४० मा
अभिलिखित येशूको भनाइसित यो
मेल खाएको जस्तो
देखिँदैन जहाँ येशूले
आफ्नै विषयमा भविष्यवाणी
गर्नुभयो, “किनकि जसरी योना
ठूलो माछाको पेटभित्र
तीन दिन र
तीन रात थिए,
उसरी नै मानिसको
पुत्र पनि पृथ्वीको
गर्भमा तीन दिन
र तीन रात
रहनेछ ।” येशू
शुक्रबार क्रूसमा चढाइनुभयो र
आइतबार बौरी उठ्नुभएको
हो भने कसरी
तिन दिन र
तिन रात उहाँ
पृथ्वीको गर्भमा रहेको हुन
सक्छ त ?
मत्ती, मर्कूस, लूका
र यूहन्नाका विवरणहरूले
बताउँछन् कि येशू
शुक्रबारको केही भाग,
पुरै शनिबार र
आइतबारको केही भाग
मात्र चिहानमा रहनुभयो
। अर्को शब्दमा
भन्नुपर्दा, उहाँ पुरा
दुई रात, पुरा
एक दिन र
दुई दिनको केही
भाग मात्र चिहानमा
रहनुभयो । निस्सन्देह
येशूले ४० घण्टाभन्दा
बढी समय चिहानमा
बिताउनुभएन ।
समयलाई गणना गर्ने
यहूदी विधिअनुसार वाक्यांश
“तिन दिन र
तिन रात” लाई
सही तरिकाले जान्नु
महत्त्वपूर्ण हुन्छ । कुनै
दिन वा रातको
भागलाई पनि पुरै
दिनको रूपमा उल्लेख
गर्नु यहूदीहरूको सामान्य
चलन थियो (उत्पत्ति
४२:१७–१८;
१ शमूएल ३०:१२–१३;
१ राजा २०:२९; २
इतिहास १०:५,
१२; एस्तर ४:१६; ५:१) ।
यहूदी टिप्पणीकारहरूअनुसार एउटा
अवधिको कुनै पनि
भागलाई पूर्ण अवधिको रूपमा
लिइन्थ्यो । एक
दिनको कुनै पनि
भागलाई पुरा दिनको
रूपमा गनिन्थ्यो ।
यहूदीहरूको महत्त्वपूर्ण ग्रन्थ बेबिलोनी ताल्मुडले
बताउँछ, “एक दिनको
भाग यसको पूर्णताजस्तै
हो ।”
शुक्रबार
दिउँसो ३ बजे
येशूले आफ्नो प्राण त्याग्नुभयो
। यहूदी दिन
साँझ ६ बजे
सुरु हुन्छ ।
यहूदी व्यवस्थाअनुसार शनिबार
कुनै काम गर्न
नमिल्ने भएकोले शुक्रबार नै
उहाँलाई दफन गरिनुपथ्र्यो
। उहाँको मृत्युको
३ घण्टापछि शनिबारको
आरम्भ हुन्थ्यो ।
तसर्थ, ६ बज्नुभन्दा
अगि नै उहाँलाई
चिहानमा गाडिएको थियो ।
चिहानमा भएको येशूको
अविधको सम्बन्धमा “तिन दिन
र तिन रात”
लाई यसरी गणना
गर्न सकिन्छ: येशूलाई
शुक्रबार क्रूसमा टाँगियो र
त्यही दिनमा नै
चिहानमा दफन गरियो
। शुक्रबारको साँझ
६ बजेअगिको कुनै
पनि समयलाई एक
दिन र एक
रातको रूपमा लिइन्थ्यो
। शुक्रबार साँझ
६ बजेदेखि शनिबार
साँझ ६ बजेसम्मको
समयलाई एक दिन
र एक रात
मानिन्थ्यो । शनिबार
साँझ ६ बजेदेखि
आइतबार साँझ ६
बजेसम्मको कुनै पनि
भागलाई एक दिन
र एक रातको
रूपमा गनिन्थ्यो ।
यसरी यहूदीहरूको दृष्टिकोणबाट
शुक्रबार मध्यान्हदेखि आइतबार
बिहानसम्म “तिन दिन
र तिन रात”
हुन्छ । तसर्थ,
येशूको भविष्यवाणी सतप्रतिशत साँचो
छ ।