menu bar

Friday, September 19, 2014

नास्तिकबाट ख्रीष्टियानमा रूपान्तरण



        तिनी नास्तिक थिए तिनको बुझाइमा प्रेमिलो सर्वशक्तिमान् सृष्टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन तिनी पत्रकारिता कानुनका विद्यार्थी थिए सन्देहवादी हुन खोज्नु तिनको प्रवृत्ति थियो तिनी अमेरिकाको सिकागो ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए तसर्थ, कुनै पनि कुरामाथि विश्वास गर्नुअगि तिनले साक्षी खोज्ने गर्थे

                एक दिनको कुरो हो तिनकी पत्नी लेज्ली जो अज्ञेयतावादी थिइन् उनले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेको छु तर तिनको लागि त्यो सबैभन्दा दु:खको खबर थियो यो खबरले विवाहको अन्त्य गराउने भयो भनी ठाने तिनले

           तर अनुगामी महिनाहरूमा तिनकी पत्नीको जीवनमा केही सकारात्मक कुराहरू देखिए उनको चरित्रमा परिवर्तन आएको देखियो पति छोराछोरीहरूसित गर्ने व्यवहारमा बद्लाउ देखियो यो उदेकको कुरो थियो यो आकर्षक थियो आफ्नी पत्नीको जीवनमा आएको सकारात्मक परिवर्तनको कारणले गर्दा त्यस विषयमा तिनलाई जाँच गर्न मन लाग्यो एक दिन तिनी मण्डलीमा गए, खास गरी पत्नीलाई त्यस दलदलबाट छुटाउनको लागि

                तर तिनले येशूको बारेमा यस्तो सन्देश सुने जुन सन्देशलाई तिनले पहिलो पटक बुझ्न सके क्षमा सित्तैँको उपहार थियो; येशू ख्रीष्ट हाम्रो पापको लागि मर्नुभयो हामी उहाँसँगै अनन्त बिताउनेछौँ भन्ने सन्देश सुने तिनले तर तिनी अझै पनि नास्तिक नै थिए तथापि त्यस सन्देशले तिनको मनमा भुइँचालो ल्याइदिएको थियो तिनले सोचे, “यदि यो साँचो हो भने यसले मेरो जीवनमा बृहत् असर पार्छ त्यसपछि कानुन पत्रकारितामा भएको       आफ्नो ज्ञानलाई प्रयोग गरेर ख्रीष्टियमतमा कुनै विश्वसनीयता कि छैन भनी तिनले जाँच गर्न थाले

                वर्ष महिना लगाएर तिनले ख्रीष्टियमतको अनुसन्धान गरे १९९१ नोभेम्बर तारिख तिनले महसुस गरे कि ख्रीष्टियमतको पक्षमा साक्षी यति प्रबल थियो कि तिनको लागि ख्रीष्टियान हुनुभन्दा नास्तिक हुनको लागि बेसी विश्वास चाहिने भयो साक्षीले तिनलाई ख्रीष्टियमतको सत्यतातिर डोर्याएकोले तिनले त्यसलाई इन्कार गर्न सकेनन् त्यही दिन तिनले येशूलाई आफ्नो प्रभु मुक्तिदाता भनी स्वीकार गरे

                त्यस पछि तिनकी पत्नीको जस्तै तिनको जीवनमा पनि परिवर्तन देखा पर्यो तिनका मूल्यमान्यताहरू, चरित्र तिनको जीवनको उद्देश्यमा रूपान्तरण आउन थाल्यो   

                आफ्नो अनुसन्धानद्वारा उपलब्ध स्रोतहरूबाट तिनले येशूको जीवनीबारे एउटा पुस्तक लेखे केस फर क्राइस्ट यो पुस्तक स्वर्ण पदक जित्न सफल भयो तिनले केस फर क्रिएटरजस्ता अन्य थुप्रै पुस्तकहरू पनि लेखेका छन् फक्स न्युज, सीएनएनजस्ता चर्चित टेलिभिजन च्यानलहरूमा तिनका अन्र्तवार्ताहरू प्रसारण भइसकेका छन् तिनी लेखक, पत्रकार, पास्टर   रक्षाशास्त्री (अपोलोजिस्ट ) हुन्

                यसरी नास्तिकवादलाई अपर्याप्त ठानी आफ्नो जीवन येशूको पाउमा सुम्पने व्यक्तिको नाउँ हो लि स्ट्रोबेल ।

Leave Your Comments Here!