menu bar

Tuesday, September 30, 2014

येशू परमेश्वर हुनुहुन्छ भन्नाका लागि ४ ओटा दरिला प्रमाणहरू



येशू को हुनुहुन्छ ? सम्भवत: सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज अनुसन्धान गरिएको येशू गैरख्रीष्टियानहरूका लागि असल शिक्षक, मुस्लिमहरूका लागि एक अगमवक्ता ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ किन ख्रीष्टियानहरूले येशूलाई परमेश्वरको रूपमा आराधना चढाउँछन् ?

. येशूले मसीहसम्बन्धी ३०० ओटाभन्दा बेसी भविष्यवाणीहरू पुरा गर्नुभयो
सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले मनग्गे भविष्यवाणीहरू पुरा गर्नुभयो गौतम बुद्ध, मोहम्मद, कन्फ्युसियस, कार्लमाक्स वा अन्य धार्मिक, राजनीतिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन मानव धरतीमा येशू मात्रै एउटा यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सयौँ वर्षअगि सयौँ भविष्यवाणी गरिए यहाँ मसीहको बारेमा गरिएका चार ओटा भविष्यवाणीहरू उल्लेख गरिएका छन् जुन येशूको जीवनमा अक्षरश: पुरा भए:
  • उहाँ कन्याबाट जन्मनुहुने थियो (यशैया (:१४)
  • उहाँको जन्म बेथलेहेममा हुने थियो (मीका :)
  • उहाँले दर्दनाक दु: भोग्नुहुने थियो (यशैया ५३)
  • उहाँ मृतकहरूबाट बौरी उठ्नुहुने थियो (भजनसंग्रह १६:१०)

मानव चोलामा ओर्लनुभएका परमेश्वरले मात्रै यी भविष्यवाणीहरूलाई पुरा गर्न सक्नुहुन्थ्यो

. येशूले आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो
आफ्नो ईश्वरत्वको पुष्टि गर्नको लागि येशूले आफ्नो सेवा अवधिमा आश्चर्यकर्महरू गर्नुभयो भनी धर्मशास्त्रले बताउँछ उहाँका आश्चर्यकर्महरूले विभिन्न हातामाथि उहाँको शक्तिलाई प्रदर्शित गर्छन्प्रकृति, रोग, भूतात्मा, सृष्टिसाथै मृत्यु
  • येशूले आँधिलाई शान्त पार्नुभयो (मत्ती :२३२७)
  • अठतीस वर्षदेखि बिरामी भएको व्यक्तिलाई उहाँले निको पार्नुभयो (यूहन्ना :)
  • पाँच ओटा रोटी दुई ओटा माछाले उहाँले पाँच हजारलाई खुवाउनुभयो (लूका :१७)
  • मरेको लाजरसलाई उहाँले पुन: जीवित पार्नुभयो (यूहन्ना ११:४४)

उहाँका आश्चर्यकर्महरूका यी केही नमुनाहरू मात्र हुन् येशूले कति धेरै आश्चर्यकर्म गर्नुभएको थियो भनी यूहन्ना लेख्छन्, “येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन् तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्” (यूहन्ना २०:३०३१)  

. येशूले पापरहित जीवन जिउनुभयो
येशू दुष्ट भ्रष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले निष्पाप जीवन जिउनुभयो भनी धर्मशास्त्रले गवाही दिन्छ येशू आफैले यसको दाबी गर्नुभएको ; उहाँका मित्रहरू मात्र नभई उहाँका शत्रुहरूले पनि यसको साक्षी दिएका छन्
  • येशूले यहूदीहरूलाई प्रश्न गर्नुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?”  (यूहन्ना :४६) कसैले उत्तर दिन आँट गर्न सकेन  
  • येशूसँगै साँढे तिन वर्ष बिताउने शिमोन पत्रुसले येशूको बारेमा गवाही दिए, “उहाँले कुनै पाप गर्नुभएन, उहाँको मुखमा कुनै छलको कुरा पाइएन” ( पत्रुस :२२)   
  • मण्डलीको सतावटकर्ताबाट सुसमाचारको राजकुमारमा रूपान्तरित प्रेरित पावल येशूको बारेमा यसो भन्छन्, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” ( कोरिन्थी :२१)
  • येशूको विरुद्धमा लागेका अभियोगहरूलाई जाँचपडताल गरेपछि तात्कालिन बडाहाकिम पन्तियस पिलातसले येशूको बारेमा भने, “... तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनीमाथि लाएका अभियोगको दोष भेट्टाइनँ” (लूका २३:१४)   

. येशू मृतकहरूबाट पुनरुत्थान हुनुभयो
चार ओटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट बौरी उठ्नुभयो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८४०; मर्कूस  : ३१; लूका :२२२७; यूहन्ना :१८२२) येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटकपटक उल्लेख गरेका छन् (प्रेरित :३२; १३:३०) निम्नलिखित चार ओटा यथार्थताले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा पुष्टि गर्छन्:
  • येशूलाई जुन चिहानमा राखिएको थियो त्यो हप्ताको पहिलो दिन रित्तो थियो
  • पुनरुत्थान हुनुभएपछि येशू विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो
  • येशूको पुनरुत्थानपश्चात् चेलाहरूको जीवन यसरी परिवर्तन भए कि ती डरपोक भनिने चेलाहरू सिंहझैँ आँटिला भए
  • यहूदी पृष्ठभूमिबाट आएका चेलाहरू जसले शताब्दीऔँदेखि सातौँ दिनलाई विश्राम दिनको रूपमा पुज्दै आएका थिए त्यस धार्मिक अभ्यासलाई तिनीहरूले रातारात परिवर्तन गरी तिनीहरू हप्ताको पहिलो दिनमा आराधनाको निम्ति जम्मा हुन थाले

सारा मानव इतिहासमा येशू मात्रै एउटा यस्तो अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले सयौँ वर्षअगिका सयौँ भविष्यवाणीहरूलाई पुरा गर्नुभयो; आफ्नै शक्तिले अनगिन्ती आश्चर्यकर्महरू गर्नुभयो; पापरहित जीवत जिउनुभयो मृत्युमाथि विजय हासिल गर्नुभयो ईश्वरशास्त्रका विद्यार्थीहरूलाई थाहा कि येशूको ईश्वरत्वको लागि अन्य साक्षीहरू पनि छन् तर यस पङ्क्तिकारको लागि यी चार ओटा प्रबल छन्



Leave Your Comments Here!