menu bar

Thursday, September 25, 2014

येशूको ईश्वरत्वबारे केही भनाइहरू



एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो
फ्रयाङ्क मिडद्वारा सम्पादित इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स


पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन उसको हैसियत नै कसैले क्षमा दिएको पापले उहाँलाई बचाउन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् जब येशूले निश्चित रूपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दैहुनुहुन्थेन परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ
लेविस चाफर, विख्यात लेखक


मानिसको पुत्र पुरानो करारको दानिएलको पुस्तकमा देखा पर्नुभएको ईश्वरीय व्यक्तित्व हुनुहुन्थ्यो जो संसारको अन्त्यमा मानवजातिलाई न्याय गर्न सदासर्वदा राज्य गर्न आउनुहुन्छ यसरी, मानिसको पुत्र हुँ भन्ने दाबी परमेश्वर हुँ भन्ने दाबीसँग बराबर
विलियम लेन क्रेग, दार्शनिकसाथै ईश्वरशास्त्री


येशूले आफैलाई परमेश्वरको प्रिय पुत्र, परमेश्वरको राज्य ल्याउनुहुने र पापहरूको क्षमा गर्ने जनको रूपमा बुझ्नुभयो येशूले आफूलाई जसरी बुझ्नुभयो हामीले पनि त्यसरी नै उहाँलाई बुझेको हुनुपर्छ येशूलाई हामीले ख्रीष्टको रूपमा ग्रहण गरेनौं भने उहाँको पहिचानको सम्बन्धमा कि उहाँले हामीलाई भ्रममा पार्नुभयो कि हामी भ्रममा छौं
केभिन भानहुजर, ट्रिनीटी इभान्जलिकल डिभिनिटी स्कुलमा व्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक


मोशा, पावल, बुद्ध, मोहम्मद, कन्फ्युसियससाथै कुनै पनि परिचित धार्मिक अगुवाले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गरेका छैनन् येशू ख्रीष्ट यसको अपवाद हुनुहुन्छ आफू परमेश्वर हुँ भनी दाबी गर्ने ख्रीष्ट मात्रै एक धार्मिक अगुवा हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सालाई विश्वास दिलाउने उहाँ मात्रै एउटै व्यक्तित्व हुनुहुन्छ
थोमस स्कल्ज


यदि परमेश्वरले अवतार लिनुभएको थियो भने उहाँ कस्तो खालको मानिस हुनुपथ्र्यो ? ... उहाँ पापरहित भएको अपेक्षा गर्छौँ हामी; उहाँ पवित्र भएको अपेक्षा गर्छौँ हामी; उहाँका वचनहरू महानतम भएको अपेक्षा गर्छौँ हामी; मानवीय व्यक्तित्वमाथि उहाँले उदेकको शक्ति प्रयोग गरेको अपेक्षा गर्छौँ हामी; उहाँले परमेश्वरको प्रेमलाई देखाएको अपेक्षा गर्छौँ हामी बाँचेका सबै मानवजातिमध्ये येशू ख्रीष्टले मात्रै यी मापदण्डहरूलाई पुरा गर्नुभएको
जोन माकार्थुर , पास्टरसाथै लोकप्रिय लेखक


यदि तपाईं बुद्धकहाँ गईके तपाईं ब्रम्हाको पुत्र हुनुहुन्छभनेर सोध्नुभयो भने तिनले यसरी उत्तर दिन्थे होलान्, “मेरो छोरो, तिमी अझै पनि भ्रमको उपत्यकामा छौ तपाईं सुकरातकहाँ गईके तपाईं जिउस हुनुहुन्छभनेर सोध्नुभयो भने तिनले तपाईंलाई ठट्टामा उडाइदिन्थे होलान् तपाईं मोहम्मदकहाँ गईके तपाईं अल्लाह हुनुहुन्छभनी सोध्नुभयो तिनले पहिले आफ्नो लुगा च्यात्थे अनि तपाईंको शिर काटिदिन्थे होलान् यदि तपाईंले कन्फ्युसियसलाईके तपाईं स्वर्ग हुनुहुन्छभनी सोध्नुभयो भने मेरो विचारमा सम्भवत: तिनको जवाफ यस्तो हुन्थ्यो, “प्रकृतिअनुसार नमिल्ने टिप्पणी रुचिपूर्ण हुँदैन ख्रीष्टले जे भन्नुभयो त्यसको आधारमा उहाँ एक महान् शिक्षक हुनुहुन्छ भन्ने दृष्टिकोण प्रश्नभन्दा बाहिर मेरो विचारमा त्यस्ता कुराहरू भन्न सक्ने व्यक्ति कि पूर्ण सन्काहा हुनुपर्छ कि भने परमेश्वर
सी. एस. लेविस , विश्वप्रसिद्ध ख्रीष्टियान रक्षाशास्त्री


मेरो भोट आफूलाई बुद्धि हुँ (कन्फ्युसियस) भनेर दाबी गर्नेलाई दिन्नँ; आफूले ज्ञान प्राप्त गरेको दाबी गर्ने (बुद्ध) लाई दिन्छु; आफूलाई अगमवक्ता हुँ (मोहम्मद) भन्नेलाई दिन्छु तर मेरो भोट मानवीय शरीरमा परमेश्वर हुँ भनी दाबी गर्नेलाई दिन्छु जसले घोषणा गर्नुभयो, “अब्राहाम हुनुभन्दा अघिबाटै छँदैछु यसलाई प्रमाणित पनि गरिदिनुभयो
नर्मन गेइस्लर, विख्यात अपोलोजिस्ट



मानिसहरूलाई चिन्छु येशू ख्रीष्ट केवल मानिस हुनुहुन्न उहाँ संसारमा भएका हरेकको बिचमा तुलना गर्नका लागि कुनै सम्भाव्य शब्द नै छैन अलेक्ज्याण्डर, कैसर, चार्लम्याग्ने मैले साम्राज्यहरूको स्थापना गरेका छौँ हाम्रो क्षमता के मा आधारित थियो ? शक्तिमा येशू ख्रीष्टले आफ्नो साम्राज्य प्रेममा स्थापना गर्नुभयो अहिल्यै उहाँको निम्ति आफ्नो ज्यान अर्पण गर्न दसौँ लाख मानिस तयार छन्
नेपोलिएन बोनापार्ट , फ्रान्सका सम्राट्


येशू खराब व्यक्ति परमेश्वर हुनुहुन्थ्यो तर एक असल व्यक्ति हुनुहुन्थ्यो भन्नु आकर्षक आनन्दप्रद हुन्छ उहाँ खराब मानिस हुनुहुन्थ्यो भन्ने भनाइले ख्रीष्टियानहरूलाई अप्रसन्न तुल्याउँछ भने उहाँ परमेश्वर हुनुहुन्थ्यो भन्ने भनाइले गैरख्रीष्टियानहरूलाई अप्रसन्न तुल्याउँछ दुवै नमान्नाले कसैलाई अप्रसन्न तुल्याउँदैन तसर्थ, गैरख्रीष्टियानहरू दुईमध्ये कुनैलाई स्वीकार गर्न चाहँदैनन् तर यसले तर्कशास्त्रलाई अप्रसन्न तुल्याउँछ
पिटर क्रिफ्ट रोनाल्ड के. टासेल्ली





Leave Your Comments Here!