येशू
(जिसस क्राइस्ट) डुँडमा
जन्मनुभयो । उहाँ
जुन चिहानमा गाडिनुभयो
त्यो उहाँको आफ्नो
थिएन । उहाँको
परिवार गरिब थियो
। उहाँ तिस
वर्षसम्म प्यालेस्टाइनको एउटा अपरिचित
गाउँमा जिउनुभयो, सिकर्मीको रूपमा
। उहाँका आफ्नै
भाइहरूले उहाँलाई पागल भनी
ठान्थे । उहाँले
प्रचार गर्न खोज्नुहुँदा
तिनीहरूले मनाही गर्ने कोसिस
गर्थे । त्यस
बेलाका ईश्वरशास्त्रीहरूले उहाँका शिक्षाहरूलाई उपेक्षा
गर्थे । उहाँका
केही अनुयायीहरू समाजको
तल्लो दर्जाका थिए
। उहाँको एक
जना आफ्नै चेलाले
उहाँलाई धोका दियो
र शत्रुको हातमा
बेचिदियो । उहाँले
कहिल्यै कुनै किताब
लेख्नुभएन न त
कुनै सेना खडा
गर्नुभयो । उहाँले
कहिल्यै बिहे गर्नुभएन
न त कुनै
अफिस खोल्नुभयो ।
तेत्तिस वर्षको उमेरमा दुई
जना अपराधीको बिचमा
उहाँलाई अनादरपूर्वक क्रूसमा झुन्ड्याइयो
। तथापि यस्तो
साधारण जीवन जिउनुहुने
मानिस इतिहासमा सर्वाधिक
प्रभावशाली व्यक्ति बन्नुभयो ।
आज संसारका ५
अरबभन्दा बेसी मानिसहरूले
उहाँको विषयमा सकारात्मक दृष्टिकोण
राख्छन् ।