menu bar

Saturday, September 13, 2014

यसरी जुटाउनुभयो परमेश्वरले



आफ्नो हरेक आवश्यकताको निम्ति परमेश्वरमाथि भरोसा गर्ने एक विश्वचर्चित प्रभुका जनको नाउँ होजर्ज मुलर एक दिनको कुरो हो तिनको अनाथालयमा खाजा थिएन किन्नको लागि पैसा पनि थिएन तर ती अनाथ केटाकेटीहरू भने खाजाको लागि पर्खिरहेका थिए मुलरले केटाकेटीहरूलाई भने, “अब स्कुलको लागि तयार हुनुपर्छ खाजा जुटोस् भनी प्रार्थना गरौँ तिनको प्रार्थना समाप्त हुने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो त्यहाँ एक जना मान्छेले रोटी ल्याएकोरहेछ उसले भन्यो, “ आज राति सुत्नै सकिनँ आज बिहान तपाईंका केटाकेटीहरूलाई खाजाको अभाव हुने कुरो थाहा पाएँ मैले  त्यो मबाट पूर्ति भएको प्रभु चाहनुहुन्थ्यो तसर्थ, राति दुई बजे उठेँ यी ताजा रोटीहरू तयार पारेँ

मुलरले उसलाई धन्यवाद दिए परमेश्वरको हेरचाहको निम्ति उहाँको प्रशंसा गरे तिनीहरू कुराकानी गरिरहँदा ढोकामा फेरि कसैले ढकढक गर्यो अनाथालयनेर आइपुग्दा दुध बोकिरहेको उसको गाडा बिग्रेकोले गाडालाई मर्मत गर्न रित्त्याइनु पर्नेभएछ त्यसैले उसले ती दूध बच्चाबच्चीहरूलाई दिन चाहेकोरहेछ यसरी परमेश्वरले उक्त दिनमा खाजा उपलब्ध गराउनुभयो

परमेश्वरले प्रार्थना सुन्नुहुन्छ उत्तर दिनुहुन्छ भन्ने निश्चयता विश्वासमा अन्तर्निहित भएको हुन्छ


Leave Your Comments Here!