म एक
ख्रीष्टियान हुँ ।
तर म सधैँ
ख्रीष्टियान थिइनँ । म मण्डलीमा हुर्केँ तापनि मैले
व्यक्तिगत रूपमा विश्वास गरेको
थिइनँ । मेरो
किशोर अवस्थाको बिचतिर
आइपुगेपछि मैले मण्डली
छाडेँ र म नास्तिक बनेँ ।
फेरि बिस नाघेपछि
म ईश्वरवादी भएँ
। त्यसको केही
वर्षपछि म ख्रीष्टियान
भएँ । ख्रीष्टियमत
साँचो हो भनेर
म किन विश्वास
गर्छु ? यहाँ सात
ओटा कारणहरू छन्:
१. म
परमेश्वरको
अस्तित्वमा
विश्वास
गर्दछु
।
परमेश्वरमाथि विश्वास गर्नु भनेको
अन्धविश्वासी हुनु होइन
। परमेश्वरमा विश्वास
गर्नका लागि असल
कारणहरू छन् ।
मेरो लागि कार्यकारणभावमूलक
तर्क (विश्वको एउटा
निश्चित बिन्दुमा आरम्भ भएको
छ भन्ने तर्क)
र प्रज्ञावान संरचना
(यो विश्व व्यवस्थित
छ) का तर्कहरूले
मलाई आकर्षित गरेका
छन् । अन्य
थुप्रै तर्कहरू पनि छन्
जसले परमेश्वर अस्तित्वमा
हुनुहुन्छ भन्नाका लागि दृढ
साक्षी जुटाउँछन् ।
२. म
बाइबलमा
विश्वास
गर्दछु
।
मैले यहाँ
बाइबलको ईश्वरीय प्रेरणा वा
यसको अचुकपनाबारे कुरा
गरिरहेको छैनँ यद्यपि
ती शिक्षाहरूमा म
विश्वास गर्दछु । मेरो
भनाइको अर्थ यो
हो कि बाइबलले
दिने शिक्षाहरूमा यो
सही छ । मैले मेरो
जीवनको आधा भाग
बाइबल अध्ययनको लागि
बिताएको छु र
यस पुस्तकप्रति भएको
मेरो आदर केवल
वृद्धि भएको छ
।
३. येशू
मृतकहरूबाट
बौरी
उठ्नुभयो
भनेर
म
विश्वास
गर्दछु
।
पुनरुत्थानको निम्ति भएका ऐतिहासिक
साक्षीहरूलाई मैले हेरेको
छु । पुनरुत्थानका
विकल्पहरूलाई पनि मैले
हेरेको छु ।
साक्षीको निम्ति भएको उत्तम
व्याख्या भनेको येशूको पुनरुत्थान
नै हो ।
४. मैले
व्यक्तिगत
रूपान्तरणको
अनुभव
गरेको
छु
।
मेरो किशोर
अवस्थाको मध्यदेखि दोस्रो दसकको
आरम्भसम्म आइपुग्दा म कुइरोको
काग बनेको थिएँ
। म जाँडको
कुलतमा पनि फसेको
थिएँ । मद्यपान
मेरो भित्रपट्टि भएका
समस्याहरूको एउटा प्रतीक
मात्र थियो ।
ख्रीष्टियान भइसकेपछि मेरो जीवनमा
रूपान्तरण आयो र
म असल व्यक्ति
बनेँ ।
५. म
जान्दछु
कि
ख्रीष्टियमतले
काम
गर्छ
।
यो बुँदा
आफैमा ख्रीष्टियमतको प्रमाण
नभए तापनि यो
यसको भाग हो
। संसारका दुवै
असल र खराब
कुराहरूलाई व्याख्या गर्छ ख्रीष्टियमतले
। यो एउटा
दृष्टिकोण हो जसले
अर्थ प्रदान गर्छ
। यसलाई अङ्गाल्नेहरूले
आशा, आनन्द र
उद्देश्यको अनुभूति गर्छन् ।
६. मैले
प्रार्थनाका
नाटकीय
उत्तरहरू
पाएको
छु
।
मैले केही
कठिन परिस्थितिहरूको सामना
गरेको छु ।
मैले आफूसँग भएका
स्रोतहरूलाई हेरेँ जसमा मैले
कुनै आशा देखिनँ
। ती परिस्थितिहरूलाई
मैले परमेश्वरको हातमा
सुम्पिदिएँ अनि आश्चर्यपूर्ण
घटनाहरूको अनुभूति गरेँ ।
किन केही प्रार्थनाहरूको
उत्तर दिइन्छ र
केहीका दिईंदैन भनेर म
व्याख्या गर्न सक्दिनँ
। मलाई केचाहिँ
थाहा छ भने
धेरै प्रार्थनाका उत्तरहरूचाहिँ
दिइएका छन् ।
७. मैले
परमेश्वरको
उपस्थितिको
महसुस
गरेको
छु
।
विभिन्न परिस्थितिहरूमा परमेश्वरले
हस्तक्षेप गर्नुहुँदा उहाँ प्राय:
हाम्रो परिवारसित हुनुहुन्थ्यो ।
केही परिस्थितिहरू यति
कठिन थिए कि
म तीबाट लड्छु
भन्ने लाग्थ्यो ।
तर परमेश्वर त्यहाँ
उपस्थित हुनुहुन्थ्यो अनि उहाँले
मलाई थाम्नुहुन्थ्यो ।
कहिलेकाहीँ मेरो जीवनमा
भएका ससाना आश्चर्यकर्महरूले
पनि उहाँ त्यहाँ
हुनुहुन्थ्यो भनी मलाई
स्मरण गराउँथे ।
कहिलेकाहीँ परमेश्वरले मलाई उत्साह
दिन अन्य ख्रीष्टियानहरूलाई
चलाउनुहुन्थ्यो । मलाई
थाहा छ कि
परमेश्वर मेरो साथमा
हुनुहुन्छ ।
कसैको विचारमा यो
सूची त्यति बौद्धिक
नहुन पनि सक्छ
। मेरा केही
बुँदाहरू भावपरक छन् ।
तर म यो
भन्न चाहन्छु कि
मेरा कारणहरू बाइबलमा
आधारित छन् ।
यसको अतिरिक्त ख्रीष्टियमत
साँचो हो भन्नाका
लागि यी मैले प्रस्तुत गरेका
कारणहरू हुन् ।
(नोट: यो आलेख स्टिफेन जे. बेदार्डले आफ्नो ब्लगमा प्रस्तुत गरेका कारणहरू हुन् जसको अनुवादको लागि तिनले यस सिकारुलाई
अनुमति दिएका थिए ।)