menu bar

Saturday, September 20, 2014

येशू ख्रीष्टको परीक्षाको अनुक्रमको सम्बन्धमा मत्ती र लूका किन बेमेल देखिएका छन् ?



येशू ख्रीष्टको परीक्षाको विषयमा मत्ती अध्याय लूका अध्यायमा अभिलिखित गरिएको मत्ती अध्यायअनुसार शैतानले येशूलाई गरेको परीक्षाको क्रम निम्नानुसार देखिन्छ

. ढुङ्गाहरूलाई रोटी बनाउने प्रस्ताव
. मन्दिरको शिरबाट हामफाल्ने प्रस्ताव
. संसारका सबै राज्य दिने प्रतिज्ञा

जब कि लूकाको सुसमाचारमुताबिक क्रम यस्तो :
. ढुङ्गाहरूलाई रोटी बनाउने प्रस्ताव
. संसारका सबै राज्य दिने प्रतिज्ञा
. मन्दिरको शिरबाट हामफाल्ने प्रस्ताव

दुवै खण्डमा तिन ओटा परीक्षामध्ये ढुङ्गाहरूलाई रोटी बनाउने प्रस्ताव पहिलो नम्बरमा आउँछ तर दोस्रो तेस्रो परीक्षाको क्रम भने उल्टिएको देखिन्छ यहाँ प्रस्ट बेमेलता देखिन्छ किन यस्तो भएको होला ?

मत्ती लूकाद्वारा लिखित दोस्रो तेस्रो परीक्षाको क्रमलाई बुझ्न हामीले ती लेखकहरूले प्रयोग गरेका क्रिया विशेषण संयोजकहरूलाई ध्यान दिनुपर्छ नयाँ करारको मूल पाण्डुलिपि (अटोग्राफ) ग्रिक भाषामा लेखिएकोले ग्रिक भाषामा प्रयोग गरिएका क्रिया विशेषण संयोजकहरूलाई ध्यान दिँदा लूकाको तुलनामा मत्तीले येशूको परीक्षाको अनुक्रमलाई जोड दिएको जस्तो देखिन्छ मत्ती : ले बताउँछ, “तब [ग्रिकमा टोटे] दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खडा गरायो येशूले तल हामफाल्न इन्कार गर्नुभएपछि शैतानले अर्को प्रस्ताव राख्यो, “फेरि [ग्रिकमा पालिन] दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य तिनको वैभव उहाँलाई देखायो ” (मत्ती :) मत्तीको खण्डमा उल्लिखित यी दुई ओटा क्रिया विशेषणहरू (तब फेरि ग्रिकमा क्रमश: टोटे पालिन) बिल्कुल विशेष छन् यस्तो विशेष कि यदि दोस्रो तेस्रो परीक्षा त्यही क्रममा नघटेका भए निश्चय नै मत्ती भुलमा हुन्थे

मत्तीको सुसमाचरको विपरीत लूकाको दोस्रो परीक्षा (संसारका सबै राज्य दिने प्रतिज्ञा) लाई केवलअनि” (ग्रिकमा काई) ले जोडेको 1  त्यसै गरी तेस्रो परीक्षा (मन्दिरको शिरबाट हामफाल्ने प्रस्ताव) केवलवातर” (ग्रिकमा डे) बाट सुरु गरिएको 2  मत्तीका तब फेरि (ग्रिकमा क्रमश: टोटे पालिन) क्रिया विशेषणहरूजस्तै अनुक्रमको सम्बन्धमा लूकाका संयोजकहरू बिल्कुलै प्रभावशाली छैनन्

माथि उल्लिखित दुई ओटा क्रिया विशेषणको साक्षीबाट हामी तर्कसहित अनुमान गर्न सक्छौँ कि मन्दिरको शिरबाट हामफाल्ने प्रस्तावको परीक्षालाई संसारका सबै राज्य दिने प्रतिज्ञाको परीक्षाभन्दा अगाडि राखी मत्तीले ऐतिहासिक अनुक्रमलाई पछ्याए जब कि लूकाले तार्किक अनुक्रमलाई पछ्याएको हुन सक्छ



नोट:
  1नेपाली बाइबलमा यो संयोजकलाई छुटाइएको
  2नेपाली बाइबलकोतबउपयुक्त अनुवाद होइन त्यसको सट्टामावातरवा यस्तै अर्थ दिने कुनै संयोजक हुनुपथ्र्यो






Leave Your Comments Here!