menu bar

Sunday, September 21, 2014

बाइबलको प्रभावबारे केही उद्धरणहरू




हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्नेछु भनी दाबी गर्छ, यसले त्यो गर्छ अर्थात् यसले जीवन परिवर्तन गर्छ दसौँ लाख मानिसले क्षमा पाएका अनन्त जीवन पाएका गवाही दिएका छन् तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पुरा भएका छन् जीवनमा आमूल परिवर्तन आएको चोरहरू अब चोर्दैनन्; झुट बोल्नेहरू इमान्दार बन्छन्; व्यभिचारीहरूले पवित्र जीवन जिउँछन्; लोभीहरूले आफ्नो लोभ त्याग्छन् येशू ख्रीष्टको सुसमाचारले मानिसहरूलाई पारेको हितकर प्रभावको प्रमाणको रूपमा मण्डली, स्कुल अस्पतालहरू उदय भएका छन्
हारोल्ड लिन्डसेल, ख्रीष्टियान विद्वान्


प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा स्रोत हो सामाजिक नैतिक धरातलसाथै साहित्यिक सिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन
एली विजेल, विश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता


विज्ञानको परीक्षणात्मक विधिलाई स्पष्ट स्वच्छ तरिकाले जन्म दिने ख्रीष्टियान जगत् नै हो
लोरेन ऐज्ले, विज्ञानका लेखक


पाश्चात्य जगत्का सारा प्रमुख भाषाहरूमा बाइबलले परमेश्वर, विश्वब्रम्हाण्ड मानवजातिबारे यसको धारणालाई लिएर आयो
ग्रडी डेभिस


हाम्रो समाजमा हामीले प्राप्त गरेको हरेक असल आशिष् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परमेश्वरको अनुग्रह बाइबलको प्रभावबाट आउँछ
बेट्टी मिलर, अमेरिकी लेखक


बाइबलकै आधारमा दासत्व, सतीप्रथा, बालविवाह, अनमेल विवाह, बहुविवाह हटेका हुन् भने विधवाविवाहले प्रोत्साहन पाएको
डा= रमेश खत्री, नेपालका प्रतिष्ठित बाइबल विद्वान्


बाइबलले स्वतन्त्रताका योद्धाहरूलाई शक्ति दिएको ; सतावटमा परेकाहरूलाई नयाँ ह्दय प्रदान गरेको ; सामाजिक सुधारकहरूलाई भावी योजनाको रूपरेखा जुटाइदिएको भने लेखक कलाकारहरूलाई प्रेरणा दिएको
गब्रिएल सिभान


यसमा कुनै शङ्का छैन कि मानवीय संस्कृतिको वर्तमान स्तरमा भएको सिद्धताको मुख्य कारण ख्रीष्टियान प्रणालीमा भएको नैतिकता यसको शिष्ट प्रभाव नै हो
अर्नेस्ट हेकल, नास्तिक हेतुवादका अथक हिमायती भनेर चिनिएका जर्मन वैज्ञानिक


सभ्यताको आरम्भदेखि लेखकहरूको बिचमा अन्य कुनै पुस्तकले यति धेरै सृजनशील प्रयत्नको प्रेरणा दिएको छैन
गब्रिएल सिभान


चाहे सामाजिक क्षेत्रमा होस् या नैतिक या साहित्यक रचनामा होस् यसको [बाइबलको ] प्रभाव अतुलनीय
एली विजेल, विश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता


पाश्चात्य साहित्य अन्य कुनै पुस्तकहरूद्वारा भन्दा बाइबलद्वारा बढी प्रभाव पारिएको
नर्थरोप फ्राएर


संसारमा कुनै एकल पुस्तक वा पुस्तकहरूको श्रृङ्खलाद्वारा भन्दा बढी यहुदीख्रीष्टियान धर्मशास्त्र [बाइबल] द्वारा सभ्यतालाई बढी प्रभाव पारिएको
बर्नाड र्याम


केही पुस्तकहरूले जानकारी दिन्छन् भने अरू पुस्तकहरूले सुधार्ने काम गर्छन् तर केवल बाइबलले रूपान्तरण गर्दछ
बिल्ली ग्राहम


मेरा आँखाकै सामुन्ने (उहाँले ख्रीष्टमाथि भरोसा गर्नुभएपछि) मेरा बुबाको जीवन परिवर्तन भयो कोही उहाँकहाँ आएर उहाँभित्र ज्योति चम्काइदिएको जस्तो देखिन्थ्यो त्यस पछि उहाँले केवल एक पटक मद्यपान गर्नुभयो त्यही पनि उहाँले आफ्नो ओठसम्म मात्र पुर्याउनुभयो, त्यो पनि चालिस वर्षसम्म खाने बानी परेको मान्छेले त्यस पछि उहाँलाई त्यसको आवश्यकता परेन मद्यपानको कारणले गर्दा देखा परेका रोगहरूको कारणले चौध महिनापश्चात् उहाँको निधन भयो तर त्यो चौध महिनाको अवधिमा मेरो सानो सहरको वरिपरि भएका सयभन्दा बढी मानिसहरूले आफ्नो जीवन येशू ख्रीष्टमा समर्पित गरे किनकि तिनीहरूले सहरको पियक्कड व्यक्ति अर्थात् मेरा बुबाको जीवनमा परिवर्तनहरू देखेका थिए
जोस म्याकडोवेल 











Leave Your Comments Here!