के
परमेश्वरमाथिको विश्वास तर्कसङ्गत छ
? हामीले भन्दा बढी जानेका
र सृष्टिलाई सुक्ष्म
तवरले अध्ययन गरेका
केही वैज्ञानिकहरू यस
विषयमा के भन्छन्
भनी हामी यस
आलेखमा हेर्नेछौँ ।
१. निकोलस कोपरनिकस (ख्रीष्टाब्द
१४७३–१५४३)
यिनी
पोल्यान्डका खगोलविद् थिए जसले
पहिलो पटक सूर्यकेन्द्रित
अवधारणा (सूर्य केन्द्रमा छ
र पृथ्वीलगायत अन्य
ग्रहहरूले सूर्यको परिक्रमा गर्छन्
भन्ने विचार) लाई
व्यवस्थित ढङ्गमा अगि सारे
। आज सूर्यकेन्द्रित
अवधारणा सर्वमान्य सत्यता हो
। त्यस बेला
यो एउटा क्रान्तिकारी
विचार थियो किनकि
संसारले पृथ्वीकेन्द्रित अवधारणालाई मान्दै आएको
थियो । कोपरनिकस
युरोपका विभिन्न विश्वविद्यालयहरूमा हाजिर
भए र १४९७
मा तिनी क्याथोलिक
मण्डलीका पादरी बने ।
१५३३ मा तिनको
नयाँ अवधारणालाई पहिलो
पटक भ्याटिकनको सामु
प्रस्तुत गरियो र पोप
क्लेमेन्ट सातौँले त्यसको अनुमोदन
गरे अनि त्यसलाई
छाप्न तिनलाई उत्साह
दिए । कोपरनिकस
कहिल्यै धार्मिक सतावटको पन्जामा
परेनन् । आफ्ना
कृतिहरूमा कोपरनिकसले कहिलेकाहीँ परमेश्वरको
उल्लेख गरेका छन् र
आफ्नो नयाँ अवधारणा
बाइबलसित जुधेको तिनले पाएनन्
।
२. सर फ्रान्सिस
बेकन (१५६१–१६२७)
बेकन एक
दार्शनिक थिए जो
परीक्षण र आगमनात्मक
तर्कशास्त्रमा आधारित वैज्ञानिक विधि
स्थापना गर्ने वैज्ञानिकको रूपमा
प्रसिद्ध छन् ।
सत्यताको खोजी गर्ने,
आफ्नो राष्ट्र र
मण्डलीको सेवा गर्ने
आफ्नो लक्ष्य भएको
बेकनले आफ्नो कृतिमा उल्लेख
गरेका छन् ।
नास्तिकवाद दर्शनशास्त्रको अपर्याप्त गहिराइको नतिजा
हो भनी तिनले
यसलाई इन्कार गरे
। दर्शनशास्त्रको गहिराइमा
डुबेमा यसले मानिसलाई
धर्मतर्फ डोर्याउँछ भनी तिनले
बताएका छन् ।
तिनको कृतिमा तिनले
परमेश्वरको प्रबन्धको आवश्यकतालाई महसुस
गरेका छन् ।
३. जोहानन केप्लर (१५७१–१६३०)
केप्लर एक प्रतिभाशाली
गणितज्ञ र खगोलविद्
थिए । तिनले
प्रकाशबारे प्रारम्भिक अध्ययन गरे
र सूर्यको वरिपरि
ग्रहसम्बन्धी घुमाइबारे भएका नियमहरूलाई
स्थापित गरे ।
विश्वचर्चित वैज्ञानिक न्युटनद्वारा प्रतिपादित
विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका
थिए केप्लर, त्यो
पनि न्युटनको जन्मअगि
। खगोल विज्ञानमा
भएको बलको अवधारणाबारे
तिनको परिचयले क्रान्तिकारी
ढङ्गमा आधुनिक मार्गलाई पछ्याएको
थियो । केप्लर
निकै इमान्दार र
भक्त लुथरन विश्वासी
थिए । तिनले
खगोल विज्ञानको विषयमा
लेखेका कृतिहरूमा अन्तरिक्ष र
आकाशिय पिण्डहरूले कसरी त्रिएकताको
प्रतिनिधित्व गर्छन् भनी बयान
गरेका छन् ।
सूर्यकेन्द्रित प्रणालीबारे भएको तिनको
खुला स्वीकारोक्तिको लागि
तिनले कुनै सतावट
भोगेनन् । तिनलाई
एक सच्चा सुधारवादी
भएर रहने अनुमति
दिइयो ।
४. ग्यालिलियो ग्यालिली (१५६४–१६४२)
रोमन क्याथोलिक
मण्डलीसित भएको तिनको
द्वन्द्वको लागि ग्यालिलियोलाई
प्राय: सम्झने गरिन्छ ।
सौर्य प्रणालीबारे तिनको
विवादस्पद कृति १६३३
मा छापियो ।
तात्कालिन क्याथोलिक मण्डलीका केही
अवधारणाहरूसित तिनको बिमती भएको
थियो, तर कहिल्यै
पनि बाइबलसित तिनको
द्वन्द्व भएन यद्यपि
गलत प्रकारले त्यसरी
अर्थ खोल्ने गरिन्छ
। ग्यालिलियोले प्रस्ट
रूपमा बताएका छन्
कि बाइबलले गल्ती
गर्न सक्दैन र
आफ्नो प्रणालीलाई बाइबलिय
खण्डहरूको वैकल्पिक अर्थ खोलाइको
रूपमा देखे तिनले
।
५. रेने डेस्कार्टेस
(१५९६–१६५०)
यिनी
फ्रान्सेली गणितज्ञ, वैज्ञानिक र
दार्शनिक थिए ।
यिनलाई आधुनिक दर्शनशास्त्रको पिता
भनेर चिनिन्छ ।
तिनको स्कुले अध्ययनले
तिनलाई साबिकको दर्शनशास्त्रप्रति निकै
असन्तुष्ट बनायो । एक
रोमन क्याथोलिक व्यक्तिको
रूपमा धर्मप्रति तिनको
गहिरो आस्था थियो
जुन आस्था तिनको
मृत्युसम्म जारी रह्यो
। दर्शनको क्षेत्रमा
तिनले प्रतिपादन गरेको
प्रसिद्ध कथन यस्तो
छ, “म सोच्दछु
त्यसकारण म छु ।”
सत्यताको स्थापना गरेपछि तिनको
अर्को कदम थियो—
परमेश्वरको अस्तित्वबारे समीप निश्चयतालाई
स्थापित गर्नु । परमेश्वर
नै तिनको दर्शनशास्त्रको
केन्द्रबिन्दुमा हुनुहुन्थ्यो । तिनको
दर्शनशास्त्र गुणस्तरीय रोमन क्याथोलिक
शिक्षाको रूपमा स्थापित भएको
तिनले देख्न चाहे
। वैज्ञानिक विधिको
विकासमा मुख्य स्रष्टाहरूको रूपमा
रेने डेस्कार्टेस र
फ्रान्सिस बेकनलाई साधारणतया सम्झने
गरिन्छ । तिनीहरू
दुवैका प्रणालीहरू यस्ता थिए
जसमा परमेश्वर महत्त्वपूर्ण
हुनुहुन्थ्यो र ती
दुवै नै परमेश्वरप्रति
भक्त थिए ।
६. ब्लाइज पास्कल (१६२३–१६६२)
पास्कल फ्रान्सेली गणितज्ञ,
भौतिकशास्त्री, आविष्कारक, लेखक र
ईश्वरशास्त्री थिए ।
तिनले नै सम्भाव्यता
सिद्धान्तको जग बसाले
। तिनले गणितिय
क्याल्कुलेटरको आविष्कार गरे ।
तिनी एक रोमन
क्याथोलिक सदस्यको रूपमा हुर्के
। तर १६५४
मा तिनले परमेश्वरको
बारेमा एक धार्मिक
दर्शन देखे जसले
तिनको अध्ययनलाई विज्ञानबाट
ईश्वरशास्त्रतर्फ उन्मुख गरायो ।
त्यसपछि तिनले ईश्वरशास्त्रीय कृतिहरू
प्रकाशमा ल्याए । पेन्सिज (विचारहरू) तिनको सर्वाधिक
प्रभावशाली ईश्वरशास्त्रीय कृति हो
। यो ख्रीष्टियमतको
पक्षमा वकालत गरिएको पुस्तक
हो जुन तिनको
मृत्युपछि मात्र छापियो ।
पेन्सिजमा तिनले
प्रस्तुत गरेका विचारहरूमध्ये सर्वाधिक
चर्चिच विचार भनेको पास्कलको
बाजी हो ।
परमेश्वरको अस्तित्वको लागि यो
एउटा अनौठो तर्क
हो । तिनका
अन्तिम वचनहरू यस्ता थिए,
“परमेश्वरले मलाई कहिल्यै
नत्यागून् ।”
७. आइज्याक न्युटन (१६४२–१७२७)
सृष्टि–प्रकाश विज्ञान, यन्त्रविज्ञान
र गणितमा न्युटन
निर्विवाद प्रतिभा र नव
प्रवर्तक थिए ।
रसायनशास्त्रसाथै आफ्नो सम्पूर्ण विज्ञानमा
न्युटनले गणित र
सङ्ख्यालाई केन्द्रमा राखे ।
तर कम ज्ञात
तथ्य यो हो
कि तिनी एक
भक्त धार्मिक व्यक्ति
थिए र तिनले
सङ्ख्याहरूलाई इतिहासको लागि परमेश्वरको
योजना पुरा गर्ने
साधनको रूपमा बाइबलबाट देखे
। बाइबलिय सङ्ख्याशास्त्रमा
तिनले उल्लेखनीय काम
गरे र तिनको
लागि ईश्वरशास्त्र निकै
महत्त्वपूर्ण थियो ।
न्युटनको भौतिकशास्त्रको प्रणालीमा परमेश्वर प्रकृति
र अन्तरिक्षको लागि
अपरिहार्य हुनुहुन्थ्यो । प्रिन्सिपियामा तिनले
उल्लेख गरेका छन्, “सूर्य,
ग्रह र पुछ्रेताराहरूको
यो ज्यादै सुन्दर
प्रणाली प्रज्ञावान् र शक्तिशाली
व्यक्तित्वका बुद्धिबाट मात्र आउन
सक्छ ।”
८. रोबर्ट बोएले (१७९१–१८६७)
ब्रिटानिका
विश्वकोशले तिनको बारेमा यसरी
भन्छ, “कुख्यात नास्तिकहरूको विरुद्धमा
ख्रीष्टियान धर्मलाई प्रमाणित गर्न
तिनको इच्छाद्वारा तिनले
श्रृङ्खलाबद्ध प्रवचन र उपदेशहरू
दिए जुन अझै
जारी छ ।”
तिनी एक भक्त
सुधारवादी थिए जसले
ख्रीष्टियान धर्मलाई देशबाहिर फैलाउन
खास रुचि लिए
। आइरिस र
टर्किस भाषामा नयाँ करारलाई
अनुवाद गरी छाप्न
तिनले रुपियाँ–पैसा
दिए । ग्यासको
सम्बन्धमा आज पनि
हामी बोएलेको नियम
भनेर पढ्छौँ ।
९. माइकल फाराडे (१७९१–१८६७)
तिनी
एक सुनारका छोरा
थिए जो उन्नाइसौँ
शताब्दीमा एक महान्
वैज्ञानिक कहलाइए । विद्युत
र चुम्बकीय क्षेत्रमा
भएको तिनको योगदानले
भौतिकशास्त्रमा क्रान्ति मात्र ल्याएन
तर हाम्रो अधिकांश
आधुनिक जीवनशैलीको लागि तिनी
उत्तरदायी व्यक्ति पनि बने
। कम्प्युटर, टेलिफोनसाथै
वेबसाइटहरू तिनका जगमा निर्माण
भएका हुन् ।
तिनी एक भक्त
ख्रीष्टियान थिए ।
१०. अल्बर्ट आइन्स्टाइन (१८७९–१९५५)
अल्बर्ट
आइन्स्टाइनलाई महानतम वैज्ञानिक भनेर
चिनिन्छ । समय,
गुरुत्वाकर्षण र पदार्थको
शक्तिमा रूपान्तरण (E = mc2) जस्ता विषयमा तिनले
क्रान्ति नै ल्याइदिए
। असृजित विश्वको
असम्भाव्यतालाई तिनले महसुस गरे
यद्यपि तिनी व्यक्तिगत
परमेश्वरमाथि भने विश्वास
गर्दैनथ्ये । आइन्स्टाइनका
प्रसिद्ध कथनमध्ये यो एक
हो, “धर्मविनाको विज्ञान
लङ्गडो हुन्छ र विज्ञानविनाको
धर्म अन्धो हुन्छ
।”
http://www.godandscience.org/apologetics/sciencefaith.html बाट अनूदित/सम्पादित