menu bar

Tuesday, September 23, 2014

बाइबलको ईश्वरीय प्रेरणाको लागि ८ ओटा साक्षीहरू




ख्रीष्टियान विश्वाससाथै अभ्यासको आधार हो बाइबल तसर्थ, यसको ईश्वरीय प्रेरणा ख्रीष्टियान विश्वासको मुटु हो यहाँ बाइबलको ईश्वरीय प्रेरणाका लागि ओटा साक्षीहरू जुटाइएका छन्

. बाइबलका दाबीहरूले यो परमेश्वरको वचन हो भनी पुष्टि गर्छन्
          क्लारेन्स बेन्सोनले आफ्नो पुस्तक बिब्लिकल बिलिफ्समा उल्लेख गरेका छन् किपरमप्रभु भन्नुहुन्छभन्ने वाक्यांश पुरानो करारमा ,९०० पटक पाइन्छ परमप्रभुले भन्नुभयो”, “परमप्रभु बोल्नुभयोपरमप्रभुको वचन आयोजस्ता अभिव्यक्तिहरू ,८०८ पटक पाइन्छ बाइबलले निष्कपटतापूर्वक अनि स्पष्टत: यो परमेश्वरको वचन हो भनी दाबी गर्छ पुरानो करारलाई उल्लेख गर्दै येशूले यहूदीहरूलाई भन्नुभयो, “यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ” (मत्ती १५:) पवित्रशास्त्रलाई पावल परमेश्वरको वाणी को रूपमा उल्लेख गर्छन् (रोमी :) येशूका प्रेरित पत्रुसले वचनलाई परमेश्वरको जीवित नित्य रहने वचन भनेका छन् ( पत्रुस :२३) हिब्रूका लेखकअनुसार  “परमेश्वरको वचन जीवित क्रियाशील हुन्छ” (हिब्रू :१२) पावल लेख्छन्, सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो ( तिमोथी :१६) बाइबलको दाबी अन्तिम मापदण्ड नभए तापनि यो प्रष्ट कि बाइबलले बारम्बार यसलाई परमेश्वरले वचन हो भनी दाबी गर्छ

. येशू ख्रीष्टको साक्षीले बाइबल परमेश्वरको वचन हो भनी पुष्टि गर्छ
          बाइबल परमेश्वरको वचन हो भन्नको लागि येशू ख्रीष्टको साक्षी सायद सबैभन्दा बलियो साक्षी हो उहाँ एउटा असल शिक्षक हुनुहुन्थ्यो भनी गैरख्रीष्टियानहरूले पनि विश्वास गरे उहाँ परमेश्वरको साँचो अगमवक्ता हुनुहुन्थ्यो भनी मुस्लिमहरू विश्वास गर्छन् ख्रीष्टियानहरूको दाबी कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ जस्तो उहाँ आफैले दाबी गर्नुभयो (मर्कूस :११) अनगिन्ती आश्चर्यकर्महरूद्वारा उहाँले यसको पुष्टि पनि गर्नुभयो (प्रेरित :२२) पुरानो करार परमेश्वरको वचन हो भनी येशूले प्रमाणित गर्नुभयो अनि उहाँले चेलाहरूलाई सम्पूर्ण सत्यतामा अगुवाइ गर्ने प्रतिज्ञा गर्नुभयो येशूको अधिकारले बाइबलको अधिकारको पुष्टि गर्छ यदि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भने बाइबल परमेश्वरको वचन हो यदि उहाँ अगमवक्ता मात्रै हुनुहन्थ्यो भने पनि बाइबल अझै परमेश्वरको वचन हो कसैले ख्रीष्टको ईश्वरीय अधिकारलाई इन्कार गरेको खण्डमा मात्रै उचित तवरले बाइबललाई परमेश्वरको वचनको रूपमा इन्कार गर्न सक्छ जुन सम्भव छैन

. पुरा भएका भविष्यवाणीहरूले बाइबल परमेश्वरको वचन हो भनी पुष्टि गर्छन्
बाइबल परमेश्वरको वचन हो भन्नको लागि पुरा भएका भविष्यवाणीहरू अत्यधिक महत्त्वपूर्ण साक्षीहरू हुन् भविष्यवाणीको सम्बन्धमा बाइबल सबैभन्दा उदेकको साहित्यिक ग्रन्थ हो लेखक जे बार्टोन पाइनेले इन्साइक्लोपिडिया अफ बिब्लिकल प्रोफेसी नामक  आफ्नो पुस्तकमा बाइबलका ,८१७ भविष्यवाणीहरू (पुरानो करारमा ,२३९ नयाँ करारमा ५७८) को सूची तयार गरेका छन् यो मात्र एउटा यस्तो धर्मशास्त्र हो जसमा सयौँ भविष्यवाणीहरू हुबहु पुरा भएका छन् अन्य कुनै पनि प्राचीनसाथै आधुनिक पुस्तक यस्तो छैन
ख्रीष्टको जन्मको समय (दानिएल ), सहर (मीका :), स्वभाव (यशैया :१४) साथै उहाँको जीवनी, मृत्यु पुनरुत्थानलगाएत दर्जनौँ विषयहरूबारे सयौँ वर्षअगि पुरानो करारमा गरिएका भविष्यवाणीहरू उहाँको जीवनकालमा अचूक रूपले पुरा भए यहूदी राष्ट्र, यसको संस्थापक अब्राहाम (उत्पत्ति १२:; १३:१६; १५:; १७:,), तिनको उन्नति, इसहाक याकूब अनि तिनीहरूका सन्तानहरू (उत्पत्ति १२:; १३:१४,१५,१७; १५:१८२१; प्रस्थान :,१७) बारे गरिएका भविष्यवाणीहरू पनि पुरा भइसकेका छन् यसका अतिरिक्त एदोमको विनाश (ओबदिया ), बेबिलोनको सराप (यशैया १३), टुरोस (इजकिएल २६) निनवे (नहूम ) को विनाशबारे गरिएका भविष्यवाणीहरू पनि अचूक रूपले पुरा भएका छन् यी केही नमुनाहरू मात्रै हुन् संसारको अन्य कुनै पुस्तकको विषयमा यो साँचो छैन तसर्थ, नर्मन गेइस्लरको निष्कर्ष गल्तीरहित , “यसको ईश्वरीय उद्भवको यो [पुरा भएका भविष्यवाणीहरू] एउटा निश्चित चिन्ह हो ” 

. वैज्ञानिक साक्षीले बाइबल परमेश्वरको वचन हो भनी पुष्टि गर्छ
बाइबल एउटा प्राचीन पुस्तक भए तापनि यसमा आधुनिक विज्ञानको उपलब्धता तार्किक दिमागको लागि अवश्य अनौठो कुरो हो पवित्रशास्त्र बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भन्नका लागि बाइबलमा उपलब्ध उच्च स्तरीय वैज्ञानिक ज्ञानको चकित तुल्याउने मात्रा एउटा उत्कृष्ट प्रमाण हो बाइबल एउटा वैज्ञानिक पुस्तक नभए तापनि बाइबलले वैज्ञानिक विषयमा बताउँदा यो पत्यानै नसकिने गरी सही बाइबलमा उल्लेखित यी वैज्ञानिक कथनहरू आधुनिक विज्ञानको उदयभन्दा हजारौँ वर्ष अगिका हुन्
विश्वब्रम्हाण्डको आरम्भ (उत्पत्ति :), अहिले कुनै नयाँ पदार्थको सृष्टि भइरहेको छैन (उत्पत्ति :; हिब्रू :), आकाशमा ताराहरू असङ्ख्य छन् (यर्मिया ३३:२२), पृथ्वी गोलो (यशैया ४०:२२), जीवले आफ्नै प्रकारको जीवलाई जन्म दिन्छ (उत्पत्ति :२४), मानवजाति पृथ्वीको धूलोबाट बनाइएको हो (उत्पत्ति :), जीवधारीको प्राण रगतमा हुन्छ (लेवी १७:११), पृथ्वी शून्यतामा झुण्डिएको (अय्यूब २६:), पिण्ड शक्तिको संरक्षणको नियम ( पत्रुस :) आदिजस्ता आधुनिक वैज्ञानिक तथ्यहरू बाइबलमा उहिले नै लेखिसकिएका थिए यी तथ्यहरू व्यक्त गर्नको लागि विज्ञानको आधुनिक प्राविधिक शब्दहरूको प्रयोग नगरिए तापनि आजको वैज्ञानिक तथ्यसित यी पूर्णत: सहमत छन् विज्ञानको कुनै पनि पाटोबाट हेर्दा बाइबलमा एउटै वास्तविक त्रुटि नपाइनु उल्लेखनीय कुरो हो वास्तवमा बाइबलमा हामी जीवाश्म विज्ञान, खगोल विज्ञान, मौसम विज्ञान, जीवविज्ञान, मानव विज्ञान, जलविज्ञान, भूविज्ञान, भौतिक विज्ञान पाउँछौँ

. पुरातात्त्विक साक्षीले बाइबल परमेश्वरको वचन हो भनी पुष्टि गर्छ
प्राचीन समयका वस्तुहरूको अध्ययन गर्ने शास्त्रलाई पुरातत्त्वविद्या भनिन्छ पुरातत्त्वविद्याको आगमनअगि बाइबलका आलोचकहरूद्वारा बाइबलमा वर्णित घटनाहरू, ठाउँका नाउँहरू उल्लिखित पात्रहरूको अस्तित्वमाथि आशङ्का व्यक्त गरिएको थियो जस्तै: पुरानो करारमा वर्णित हित्ती भनिने जाति थिएन; इस्राएलका चर्चित राजा दाऊद एक काल्पनिक व्यक्ति थिए; अश्शूरका राजा सर्गान (यशैया २०:) अस्तित्वमा थिएनन्; येशू हुर्कनुभएको नासरत भनिने नगर काल्पनिक थियो; तेस्रो सुसमाचारसाथै प्रेरितको पुस्तकका लेखक लूकाले गल्ती गरेका छन् तर, पुरातत्त्वविद्याले आलोचकहरूको आशङ्कालाई एक प्रकाश वर्ष दूर गरी बाइबलका यी सन्दर्भ, पात्र भूगोलहरू ऐतिहासिक भएको पुष्टि गरिसकेका छन् प्रतिष्ठित यहूदी पुरातत्त्वविद् नेल्सन ग्लुकको निष्कर्षमा कुनै खोट छैन, “कुनै पुरातात्त्विक खोज बाइबलीय सन्दर्भको विरुद्धमा छैन

. बाइबलको एकत्वले यो परमेश्वरको वचन हो भनी पुष्टि गर्छ  
चालिसभन्दा बढी लेखकहरूद्वारा १५०० भन्दा बढी समय अवधि लगाएर बाइबललाई लेखियो ती लेखकहरू विभिन्न पेसा क्षेत्रका थिए तिनीहरूले फरकफरक ठाउँमा बसेर धर्मशास्त्रलाई लेखे कसैले हर्षको टाकुराबाट लेखेका छन् भने कसैले उदासीको सागरबाट कसैले युद्धको समयमा लेखेका छन् भने कसैले शान्तिको समयमा यति मात्र होइन बाइबललाई यसिया, युरोप, अफ्रिका गरी तिन ओटा महादेश हिब्रू, आरमेइक ग्रिक गरी तिनओटा भाषामा लेखियो हामी बाइबलमा कविता, ऐतिहासिक विवरण, गीत, संस्मरण, व्यङ्ग्य, जीवनी, आत्मचरित्र, कानून, भविष्यवाणी, दृष्टान्त, रूपक आदि जस्ता विभिन्न साहित्यिक शैलीहरू पाउँछौं बाइबलमा यति धेरै पृथकता देखिए पनि बाइबलको मुख्य विषयवस्तु एउटै मानवजातिको लागि परमेश्वरको छुटकारा बाइबलका लेखकहरूले सयौं विषयमा लेखेको भए तापनि उत्पत्तिदेखि प्रकाशसम्म सामञ्जस्य पाइन्छ

. बाइबलको अविनाशिताले यो परमेश्वरको वचन हो भनी पुष्टि गर्छ
          सबैभन्दा बेसी सतावट भोग्ने पुस्तकको नाउँ हो, बाइबल प्रारम्भिक रोमी सम्राट्हरूको समयदेखि कम्युनिष्ट तानाशाह, आधुनिक नास्तिकवादीहरू अज्ञेयतावदीहरूको घातक आक्रमणलाई सहेको यसले ख्रीष्टियान धर्मलाई निमिटयान्न पार्ने चुनौती दिने भोल्टेयर, बाइबलको विश्वसनीयतालाई नष्ट गर्न खोज्ने प्रोफाइरी, बाइबललाई उपहासमा उडाउने लुसियन, बाइबललाई निर्मूल पार्न खोज्ने डायोक्लिसन, पन्ध्र वर्षमा बाइबललाई मुर्दा घरमा पुर्याइदिन्छु भनी हाँक दिने रोबर्ट इङ्गरसोल, बाइबललाई इन्कार गरी यसमा गल्तीहरूको चित्रण गर्न प्रयास गर्ने थोमस पाइने सबै नै इतिहासमा मरेर गए तर बाइबल यसका आशिष्हरूलाई लिएर संसारको चारैतिर खहरे खोलाको बेगमा बगिरहेको छ   मानिसले यसको आलोचना गर्न सक्छ; यसको खिल्ली उडाउन सक्छ; यसका प्रतिहरूलाई जलाउन सक्छ तथापि यो अमर रहनेछ किनकि यसको सुरक्षाको निश्चयता परमेश्वर आफैले लिनुभएको (मत्ती :१८; २४:३५) बर्नाड र्यामले यी हरफहरू लेख्दा सही मूल्याङ्कन गरेका छन्, “[बाइबललाई जस्तै] अरू कुनै पुस्तकलाई टुक्राटुक्रा पारिएको छैन, चक्कू रोपिएको छैन, नियालेर जाँच गरिएको छैन, अनुसन्धान गरिएको छैन, निन्दा गरिएको छैन ... [तथापि] बाइबललाई अझै दसौं लाखले प्रेम गर्छन्, दसौं लाखले पढ्छन् दसौं लाखले अध्ययन गर्छन्

. बाइबलको विश्वव्यापी प्रभावले यो परमेश्वरको वचन हो भनी पुष्टि गर्छ
          साहित्य, भाषण, नीजामति कानुन, राजनीति, कला आदिमा बाइबलको अद्भूत प्रभाव देख्न पाइन्छ पाश्चात्य सभ्यता प्रत्यक्ष रूपमा बाइबल यसका शिक्षाहरूमा स्थापित संसारको पात्रो यसका प्राय: बिदाका दिनहरू बाइबलबाट प्रादुर्भाव हुन्छन् ब्रिटिस टापूहरूका रगत पिउने जङ्गलीहरूलाई शिष्टतामा उठाउने देन बाइबलले नै गर्यो मिल्टनका महानतम कृतिहरू सेक्सपिएरका कृतिहरूले बाइबलमा जरा गाडेका छन् कलाको क्षेत्रमा हेर्दा बाइबलका प्रसिद्ध दृष्यहरूको वर्णन गर्ने विश्वका बहुचर्चित चित्रहरू आजसम्म सुरक्षित छन् ती रचना गर्नेहरूमा लिओनार्दो दा भिन्ची, रेम्ब्रान्ट, राफेलर, मिखाएल एङ्गेलो आदि पर्दछन् सङ्गीतको क्षेत्रमा बाइबलले जति प्रेरणा दिएको त्यति अन्य कुनै पुस्तकले दिएको छैन लाखौँ मानिसहरूलाई अन्धकारमय जीवनबाट परिवर्तन गरी उज्यालोमा ल्याउने काम बाइबलले नै गरेको आज व्यक्ति, परिवार, समाज, प्रान्त राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्याउने काम बाइबलले नै गरेको विश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता एली विजेलले अवलोकन गरे, “प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा श्रोत हो सामाजिक नैतिक धरातलसाथै साहित्यिक सिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन
           










Leave Your Comments Here!